निर्वाचन चिन्ह अङ्कित टोपी, टी–शर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शन गर्न निषेध

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिन्ह अङ्कित टोपी, स्टीकर, टि–शर्ट, झोला, ट्याटु, गम्छाजस्ता साङ्केतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको राससले जनाएको छ । मङ्सिर १० र २१ हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले निर्वाचन चिन्ह अङ्कित…

२०७४ कार्तिक ५, आईतवार १९:३८ गते  
उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सुरू

पहिलो चरणमा आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्ण रूपमा सुरु भएको राससले जनाएको छ । उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका…

२०७४ कार्तिक ५, आईतवार १३:०८ गते  
बत्तीस जिल्लामा आइतबार मनोनयन दर्ता

आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कात्तिक ५ गते आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ ओटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारको…

२०७४ कार्तिक ४, शनिबार २१:०० गते  
दुई मतपत्र बनाउन कठिन छः डा यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम ज्यादै कठिन र अप्ठेरो रहेको बताएको राससले जनाएको छ । निर्वाचन आयोगमा कात्तिक ३ गते पत्रकारसँग कुरा गर्दै उनले भने-“यो विषयलाई गम्भीरतापूर्वक लिएर आयोगले छलफल गरिरहेको छ । राजनीतिक दलहरूकै सल्लाह र सुझावका आधारमा आयोगले…

२०७४ कार्तिक ४, शनिबार २०:५४ गते  
निर्धारित मितिमै निर्वाचनः आयोग

निर्वाचन आयोगले मङ्सिर १० र २१ गतेका लागि तय प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन निर्धारित मितिमै हुनेमा ढुक्क हुन आग्रह गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले कात्तिक १ गते आयोगको कार्यालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन हुँदैन कि भन्ने आशङ्का अब कसैले पाल्नु नपर्ने…

२०७४ कार्तिक १, बुधबार २१:४८ गते  
समाजको विकाश एवम् परिवर्तनमा समाजिक संस्थाहरूको भूमिका महत्वपुर्णः सरोकारवाला

समाजको विकाश एवम् परिवर्तनमा समाजिक संस्थाहरूको भूमिका महत्वपुर्ण रहेको ललितपुर र काठमाडौँमा आयोजित एकै विषयको छुट्टाछुट्टै कार्यक्रमका वक्ताहरूले बताएका छन् । युएसएआइडी र एफएचआई ३६० को सहयोग तथा गैरसरकारी संस्था महासङ्घ जिल्ला शाखाको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आयोजित समाजिक संस्थाको सुशासन एवम् जबाफदेहितासम्बन्धी कार्यक्रममा विचार…

२०७४ कार्तिक १, बुधबार २१:४६ गते  
अध्यादेशमार्फत माग सम्बोधनको आश्वासनपछि डा. केसीले अनसन तोडे

त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले आगामी ६ कात्तिकमा बस्ने मन्त्रीपरिषद बैठकले माथेमा आयोगको प्रतिवेदन तथा आफूले उठाएका अधिकाश माग समेट्ने गरी सरकारले अध्यादेशमार्फत राष्ट्रिय चिकित्सा ऐन २०७४ ल्याउने प्रतिबद्धता जनाएपछि कात्तिक १ गते अनसन तोडेका छन् । १३ औँ पटक अनसन बसेका केसीले १४ औँ दिनमा…

२०७४ कार्तिक १, बुधबार २१:४५ गते  
मानव अधिकारको सम्मान र संरक्षण हुनेमा आयोग विश्वस्त

राष्ट्रिय मानव अधिकार आयोगले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित भएकोमा खुशी व्यक्त गरेको छ । आयोगले असोज ३१ गते विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियाको क्रममा नेपाल सरकारको कुटनीतिक पहलको सरहाना गर्दै नेपाललाई निर्वाचित गराउन सहयोग पुर्‍याउने राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूप्रति आभार प्रकटसमेत गरेको छ । मानव अधिकार…

२०७४ आश्विन ३१, मंगलवार २१:१० गते  
इन्सेकद्वारा मानव अधिकारप्रतिको प्रतिबद्धता पूरा हुनेमा विश्वास व्यक्त 

संयुक्त राष्ट्रसङ्घको ७२ औँ महासभाले नेपाललाई मानव अधिकार परिषद्मा निर्वाचित गरेकोमा इन्सेकले नेपाल सरकार र सम्पूर्ण नेपालीमा हार्दिक बधाई ज्ञापन गरेको छ । साथै इन्सेकले मानव अधिकारप्रतिको प्रतिबद्धता पूरा हुनेमा विश्वास व्यक्त गरेको छ । 'संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रमध्ये कुल ४७ देशका प्रतिनिधि रहने मानव अधिकार परिषद्मा नेपाललगायत १५ नयाँ…

२०७४ आश्विन ३१, मंगलवार १५:३९ गते  
राष्ट्रसङ्घको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसङ्घको ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको राससले जनाएको छ । विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । असोज ३० गते सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषद्मा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । एशिया–प्रशान्त क्षेत्रको चार खाली सदस्यमा…

२०७४ आश्विन ३१, मंगलवार १३:५२ गते