भारतीय सुरक्षाकर्मीद्वारा गिरफ्तार गरिएका देवनारायणको रिहाइको माग गर्दै प्रदर्शन
भारतीय सुरक्षाकर्मीद्वारा गिरफ्तार गरिएका सप्तरीका देवनारायण यादवको बिना शर्त रिहाइका लागि पहल गर्न सरकारलाई दबाव दिने उद्धेश्यले मानव अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले असोज १७ गते काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शन कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले देशभक्तिपूर्ण व्यवहार गरेकै कारण रिसिइवी साँधेर…
१ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता कायम
आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदातालाई मतदान गर्ने अधिकार प्राप्त भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा असोज १७ गते बसेको बैठकले उक्त निर्वाचनका लागि तयार गरिएको अन्तिम मतदाता सङ्ख्या स्वीकृत…
समानुपातिक निर्वाचन प्रणालीको मतपत्र आजदेखि छापिँदै
निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ असोज १७ गतेदेखि सुरु गर्ने भएको राससले जनाएको छ । मतपत्र छपाइको व्यवस्थापन गर्न निर्वाचन आयोगबाट जनशक्ति खटिइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । मतपत्रको छपाइ कडा सुरक्षा घेरामा भक्तपुरको सानोठिमीस्थित…
ज्येष्ठ नागरिकका अनुभव अनुकरण गर्न राष्ट्रपतिको आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई मर्यादित एवम् सम्मानित गर्दै उहाँहरूको अनुभवको अनुकरण गर्न सबैसँग आह्वान गरेको राससले जनाएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सम्पूर्ण ज्येष्ठ नागरिकको सुख, शान्ति एवम् सम्मानजनक जीवनयापनका लागि शुभकामना व्यक्त गरेकी हुन् । “जीवनका अधिकांश समय…
निर्वाचनलाई पर्वका रुपमा मनाउनुपर्छ– प्रमुख आयुक्त डा. यादव
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आगामी मङ्सिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको व्यवस्थापकीय तयारीमा आयोग जुटिसकेको बताएको राससले जनाएको छ । आज काठमाडौँमा आयोजित साक्षात्कारमा प्रमुख आयुक्त यादवले मङ्सिरमा हुने निर्वाचनको लागि आवश्यक कानुन र ऐन प्राप्त भएपछि अन्य व्यवस्थापकीय तयारीको काम भइरहेको जानकारी दिए…
निर्वाचन आचारसंहिता पालनाप्रति सरकार उदासिन - निर्वाचन आयोग
निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय फिर्ता बोलाइएको विषयलाई निर्वाचन आचारसंहिता पालनाप्रति सरकार उदासिन रहेको घटनाका रुपमा लिएको राससले जनाएको छ । निर्वाचन आचारसंहिताको विषयमा उठेका प्रश्नका बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्नरगराउन सरकार र राजनीतिक दलको…
कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गर्नेलाई कारबाहीको माग
महिला मानव अधिकार रक्षक तथा महिला हिंसा विरूद्धको अभियानकी अभियन्ता राजकुमारी उपाध्यायलाई कथित बोक्सीको आरोप लगाई कुटपिटका साथै दुर्व्यवहार गरेको विरोधमा असोज १० गते काठमाडौँमा अधिकारकर्मीले विरोध र्याली प्रदर्शन गरेका छन् । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल, महिला दबाव राष्ट्रिय अभियान, राष्ट्रिय महिला अधिकार मञ्च, महिलाका निम्ति महिला मञ्च…
गणपूरक नपुग्दा महत्वपूर्ण विधेयकको कार्यसूची दसैँपछि
व्यवस्थापिका-संसद्को आजको बैठकमा आवश्यक सङ्ख्या नपुग्दा महत्वपूर्ण विधेयकको कार्यसूची दसैँपछिका लागि सारिएको राससले जनाएको छ । बडादसैँ तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सांसद् व्यस्त हुन थालेपछि आजको पहिलो बैठकका कार्यसूचीमा रहेकामध्ये तीन विधेयक मात्र पारित भएका छन् । सांसद्को पातलो उपस्थिति भएपछि अब दसैँपछि अर्थात् यही असोज २० गते…
स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारको आग्रह
सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक सङ्घलाई आग्रह गरेको छ । असोज ९ गते मन्त्रिपरिषद्को आकस्मिक बैठकमा सङ्घले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय…
नन्दप्रसाद अधिकारीको शव दहन अहिलेसम्म किन भएन ?: सभापति श्रेष्ठ
व्यवस्थापिका संसदको असोज ९ गतेको बैठकमा सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन, २०७२/०७३ को समीक्षा प्रतिवेदन पेश गरेका छन् । प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन सो प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्न आवश्यक रहेको प्रतिवेदन प्रस्तुत गर्दै सभापति श्रेष्ठले लामो समयपछि आयोगको प्रतिवेदन सदनसमक्ष…