निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राजनीतिक दलहरूलाई राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको राससले जनाएको छ । दीपावली तथा छठ पर्वका अवसरमा असोज ३० गते राष्ट्रपति निवास (शीतल निवास)मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि हुन गइरहेको पहिलो प्रतिनिधि सभा र…
सूची नबुझाउने दलको मत बदर !
प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका ८८ दलमध्ये ३३ दलको निर्वाचन चिन्हमा मत आए बदर हुने भएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये ५५ दलले मात्र समानुपातिक निर्वाचन प्रयोजनका लागि दलहरूका तर्फबाट…
समानुपातिकतर्फ ५२ ओटा दलद्वारा उम्मेदवारको बन्दसूची पेश
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ ओटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेको राससले जनाएको छ । कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरूले उम्मेदवारको बन्दसूची पेश गरेको आयोगले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको हो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा.…
विभिन्न आयोग गठनसम्बन्धीलगायतका १० विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम असोज २९ गते १० ओटा विधेयक प्रमाणीकरण गरेको राससले जनाएको छ । व्यवस्थापिका-संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, २०७४, स्थानीय सरकार सञ्चालन विधेयक, २०७४, थारु आयोग विधेयक, २०७४, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा…
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचन आयोगले पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा असोज २९ गते बसेको आयोगको बैठकले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । सरकारले प्रतिनिधि सभा र प्रदेस सभाको…
घोषणापत्रमा मानव अधिकारको विषय समावेश गर्न आग्रह
आगामी मङ्सिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानव अधिकारको विषय समावेश गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । 'नागरिकहरूको अधिकार प्राप्तिको सुनिश्चितताको लागि संविधानले विभिन्न १२ ओटा नीतिहरू अवलम्बन गर्दै मौलिक हक तथा…
निर्वाचन आयोगद्वारा सरकारलाई २७ बुँदे निर्देशन
निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारलाई २७ बुँदे निर्देशन जारी गर्ने निर्णय गरेको राससले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा असोज २८ गते बसेको बैठकले उक्त निर्देशन कार्यान्वयनका लागि मुख्य सचिवमार्फत सरकारसमक्ष…
निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न आग्रह
निर्वाचन आयोगले सरकार हेरफेर वा मन्त्रिमण्डल सदस्य थपघटलगायतका कारणबाट निर्वाचनको मितिलाई कुनै पनि तवरबाट प्रभावित नगर्नरनगराउन आग्रह गरेको राससले जनाएको छ । आगामी मङ्सिर १० र २१ गते हुने निर्वाचनलाई पूर्णतः स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन अनुकूल वातावरण सिर्जना गर्न नेपाल सरकार, राजनीतिक दलहरूलगायत सम्बन्धित सरोकारवाला सबैको पुनः…
निर्वाचन आचारसंहिता पाल्ना गर्ने राजनीतिक दलद्वारा आयोग समक्ष प्रतिबद्धता व्यक्त
निर्वाचन आयोगले अगामी प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउने उद्धेश्यले विभिन्न राजनीतिक दलका प्रमुख एवम् पदाधिकारीहरूसँग छलफल गरेपछि दलहद्वारा प्रतिबद्धता व्यक्त गरेका छन् । असोज २७ गते आयोगको कार्यालय आयोजित छलफलमा प्रमुख राजनीतिक दलका साथै साना दलहरूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।…
कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरिएको घटनाप्रति महिला आयोगको ध्यानाकर्षण
बीरगञ्ज महानगरपालिका-८ पानीट्याङ्कीकी ५५ वर्षीया राजकुमारी उपाध्यायलाई असोज ८ गते आफ्नै घरको कोठा भाडामा बस्ने सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारी तथा निजका परिवारका सदस्यसमेतले कथित बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गरेको घटनाप्रति राष्ट्रिय महिला आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महिला आयोगले असोज २६ गते जारी गरेको विज्ञप्तिमा यस…