पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षण सम्बन्धी अभिमुखीकरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम मङ्सिर ६ गते सम्पन्न भएको छ । कार्यक्रममा निर्वाचन आचारसंहिता, पर्यवेक्षणको उद्धेश्य, पर्यवेक्षकका काम, कर्तव्य एवम् दायित्वका विषयमा जानकारी गराइएको थियो । निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनको लागि निर्धारण गरिएका प्रक्रिया र मापदण्डहरूको…
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न पार्टीका कार्यकर्ता गिरफ्तार
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विभिन्न जिल्लाबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता तथा उदयपुरबाट माओवादी मजदुर पार्टीका केन्द्रिय अध्यक्ष सुनकोशी गाँउपालिका ५ स्थायी घर भई हाल त्रियुगा नपा-११ मा बस्दै आएका ५० वर्षीय हिमालसिंह राईलाई गिरफ्तार गरेको छ । इन्सेक उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार राईसँगै…
अन्तर्राष्ट्रिय कानुन र सर्वोच्चको आदेश अनुसार सङ्क्रमणको व्यवस्थापन गर्न इन्सेकको आग्रह
इन्सेकले शान्ति सम्झौता भएको ११ वर्ष पूरा भएको अवसरमा मङ्सिर ५ गते एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले २०७० पुस १८ गते गरेको परमादेश पूर्ण पालना गर्दै अन्तर्राष्ट्रिय मानव अधिकार कानुन अनुरूप संशोधन गर्न माग गरेको छ । 'शान्ति सम्झौता भएको ११ वर्ष पूरा भएको यो समयमा हामी नेपाल सरकार…
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेकपाका कार्यकर्ता गिरफ्तार
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार गरेको छ । इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई विष्फोटक पदार्थसहित प्रहरीले मङ्सिर ४ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा पर्वत जिल्ला पैयुँ-३ का दिवस…
समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक
मङ्सिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फराजनीतिक दलहरूले पेश गरेका उम्मेदवारहरूको अन्तिम बन्दसूची निर्वाचन आयोगले मङ्सिर ३ गते सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको बन्दसूचीमा प्रतिनिधि सभा सदस्यतर्फ २ हजार २ सय ७३ उम्मेदवार कायम रहेका छन् ।…
सुरक्षा व्यवस्थालाई प्रभावकारी तुल्याउन आयोगद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रिय मानव अधिकार आयोगले राज्यका सबै सुरक्षा व्यवस्थालई प्रभावकारी तुल्याई शान्ति पूर्ण र भयरहित वातावरणमा जनप्रतिनिधि छान्न पाउने नागरिकको नैसर्गिक अधिकारको सुनिश्चित् गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । मङ्सिर १० र २१ गते गरी दुई चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका क्रममा चुनावी कार्यक्रमलाई लक्षित…
निर्वाचन सम्पन्न गर्न नागरिक समाजलगायत सबैको सहयोग आवश्यकः डा. यादव
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरूपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको सहयोग आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा नागरिक समाजका अगुवासँग आयोगले मङ्सिर ३ गते गरेको अन्तरक्रिया कार्यक्रममा सबै मिलेर निर्वाचनलाई सफल तुल्याउने कर्तव्य र दायित्व पूरा गर्नुपर्ने…
बम आतङ्क अन्त्य र सुरक्षाको प्रत्याभुत गर्न अपिल
केही दिनयता मुलुकका विभिन्न भागमा दैनिक रुपमा भएका उम्मेदवार तथा आमनागरिक लक्षित बम आक्रमण तथा एम्बुस बिष्फोटनका घटनाप्रति जबाफदेहीता निगरानी समितिले निन्दा तथा भर्सना गरेको छ । 'नागरिक लक्षित यस प्रकारका घट्ना अपराधिक कृयाकलाप हुन् । यसले लोकतन्त्रका मुल्यमान्यता तथा नागरिकका आधारभुत अधिकारको उपहास गरेको छ । यो कानुनी शासन र आमनागरिकको शान्तिपूर्ण बाच्न पाउँने अधिकारको बर्खिलापमा छ ।'- निगरानी…
निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा नेकपा कार्यकर्ता गिरफ्तार
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि हुन गइरहेको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको समाचार जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इञ्चार्ज लालबहादुर बिसीलाई मङ्सिर ३ गते नारायणगढ बजार…
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको छ । इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । हिमा गाउँपालिकामा स्थित बुअ प्रहरी चौकीले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई मङ्सिर १ गते साझ गिरफ्तार…