करारमा नियुक्तिका लागि दरबन्दी थप्न आयोगको असहमति

त्रिभुवन विश्वविद्यालयले करारमा दरबन्दी थपका लागि मागेको सहमति दिन निर्वाचन आयोगले अस्वीकार गरेको राससले जनाएको छ । उक्त विश्वविद्यालयमा कार्यरत आङ्शिक प्राध्यापकलाई  करारमा नियुक्तिका लागि १ हजार ४ सय २० दरबन्दी थप गर्न सहमति माग भएको थियो । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको आज बसेको बैठकले निर्वाचन आचारसंहिता लागू भइरहेको…

२०७४ मंसिर ९, शनिबार १९:३९ गते  
एमाले उम्मेदवार अधिकारीसँग आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रविन्द्र अधिकारीसँग मङ्सिर ९ गते २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले मङ्सिर १० गते हुने प्रथम चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मौन अवधिमा उम्मेदवार रवीन्द्र अधिकारीले सामाजिक सञ्जाल ट्वीटरको…

२०७४ मंसिर ९, शनिबार १९:३६ गते  
आचारसंहिता विपरीत काम गरेको भन्दै इयुका दुई जना पर्यवेक्षक फिर्ता

निर्वाचन आयोगले चुनावी अनुगमनका लागि कञ्चनपुर जिल्लामा खटिएका, युरोपेली सङ्घ (इयु)का दुई जना पर्यवेक्षकलाई आचारसंहिता विपरीत कार्य गरेको भन्दै फिर्ता बोलाउने निर्णय गरेको बीबीसीले जनाएको छ । पहिलो र दोस्रो संविधानसभा चुनावमा समेत अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू खटिएको भएपनि आचारसंहिता उल्लङ्घन गरेको आरोपमा फिर्ता बोलाइएको यो पहिलो घटना भएको आयोगले जनाएको छ…

२०७४ मंसिर ९, शनिबार १२:०३ गते  
उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री कमल थापासँग स्पष्टीकरण माग

निर्वाचन आयोगले उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री कमल थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न मङ्सिर ८ गते निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिले निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री थापाले आफ्नो पार्टीको पक्षमा मत मागेकाले स्पष्टीकरण सोधिएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए…

२०७४ मंसिर ८, शुक्रबार २०:१५ गते  
काज सरुवा गर्ने निर्णयको सक्कलै फाइल २४ घण्टाभित्र पेश गर्न निर्देशन

गृह मन्त्रालयले रा.प. द्वितीय श्रेणीका ६ जना कर्मचारीको काज सरूवा गरी निर्वाचन आयोगको सहमतिका लागि पत्र लेखी पठाएकोमा आयोगले सहमति प्रदान नगर्ने निर्णय गरेको छ । साथै आयोगले मङ्सिर ७ गते नै गृह मन्त्रालयलाई पत्र पाएको २४ घण्टाभित्र सक्कलै फाइल उपलब्ध गराउन निर्देशन दिएको छ । गृह मन्त्रालयले काज सरूवा…

२०७४ मंसिर ७, बिहीबार २१:३७ गते  
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट शिक्षकहरूसहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार गरेको छ । इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले भगवती मावि इलाममा कार्यरत शिक्षक खिनमाया परियारलाई गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट…

२०७४ मंसिर ७, बिहीबार २०:११ गते  
विभिन्न जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन, रोक्न आग्रह

निर्वाचनको मिति नजिकिएसँगै विभिन्न जिल्लामा राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरेको इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार उम्मेदवारहरूले निर्वाचन आचारसंहित विपरीत चुनावी प्रचारप्रसार गरेको विषयमा मानव अधिकार सञ्जाल नेपालगञ्जले ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा लागेका राजनीतिक दललाई अबिलम्व कानुनी दायरामा…

२०७४ मंसिर ७, बिहीबार २०:०९ गते  
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको छ । इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार शिवपुरी गाउँपालिका-३ लिखुस्थित महेन्द्र माविका शिक्षक ४३ वर्षीय मधुसुदन पौडेललाई प्रहरीले मङ्सिर ६ गते राति घरबाट गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द…

२०७४ मंसिर ७, बिहीबार १५:२२ गते  
निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई विभिन्न जिल्लाबाट गिरफ्तार गरेको छ । इन्सेक पर्वत जिल्ला प्रतिनिधि किशोर सापकोटाका अनुसार निर्वाचन बिथोल्न सक्ने आरोपमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सहइञ्चार्ज ढकबहादुर क्षेत्रीलाई प्रहरीले मङ्सिर ५ गते फलेवास नपा-१ कार्कीनेटाबाट गिरफ्तार गरेको छ ।…

२०७४ मंसिर ६, बुधबार २०:५३ गते  
प्राचार्य डा. खरेललाई दुई दिनभित्र स्पष्टीकरण पेश गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले रत्नराज्य उच्च माध्यमिक विद्यालय, बानेश्वर, काठमाडौँकी प्राचार्य डा. गीता शिवाकोटी खरेलसँग दुई दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको निर्वाचन प्रसारप्रसारमा सहभागी भएको भन्दै आयोगले मङ्सिर ६ गते उनलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । खरेलले सामाजिक सञ्जाल युट्यूवमार्फत काठमाडौं क्षेत्र…

२०७४ मंसिर ६, बुधबार २०:४० गते