अपाङ्गतासम्बन्धी लक्ष्य पूरा गर्नुपर्नेमा जोड
दिगो विकासले अवलम्बन गरेको अपाङ्गताको अधिकारसम्बन्धी लक्ष्यलाई पूरा गर्न सरकार र निजी क्षेत्रको सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका समाचार राससले जनाएको छ । २६ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ, युएनडिपीलगायतका संस्थाले मङ्सिर ३ गते आयोजना गरेको ‘अपाङ्गता र दिगो विकाससम्बन्धी दुईदिने राष्ट्रिय…
श्रम सम्झौता नगर्दा मानव अधिकार उल्लङ्घन: शर्मा
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले वैदेशिक रोजगारमा जाने मुलुकसँग सम्झौता नगर्नाले श्रमिकको मानव अधिकार हनन् भएको बताएका समाचार राससले जनाएको छ । आयोगले ललितपुरमा मङ्सिर ३ गते आयोजना गरेको ‘सुरक्षित वैदेशिक रोजगारमा सरोकारवालाको प्रभावकारी भूमिका विषयक अन्तरक्रियामा उनले सरकारकै कारण वैदेशिक रोजगारमा जाने श्रमिकको मानव अधिकार हनन् भएको…
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा प्रभातफेरी
"सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार" भन्ने मुल नाराका साथ पोखरामा प्रभातफेरी गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइएको इन्सेक कास्की जिल्ला प्रतिनिधि सङ्गीता भाटले उल्लेख गरेकी छन् । प्ररभातफेरी पछि राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत मोहन काफ्लेले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा करिब २ करोड नेपाली वैदेशिक रोजगारको असरमा रहेको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) का जुम्ला, रूकुम र लमजुङ जिल्ला प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम गरेका छन् । इन्सेक जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम जिल्ला सदरमुकाम खलङ्गामा पुस…
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस र नेपाली कामदारको अवस्था
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइरहँदा नेपालबाट वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारले विदेशमा भोग्नुपरेका समस्या समाधानतर्फ भने ठोस पहल हुन नसकिरहेको राससले जनाएको छ । वैदेशिक रोजगारीमा जाँदा लागत खर्चभन्दा अत्यधिक रकम कामदारसँग असुल्ने, भनेअनुसारको काम र तलब नपाउने, कठिनपूर्ण काममा लगाइने, करार अवधि सकिएपछि पनि घर फर्कन नदिने, अभिमुखीकरण तालिम…
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेका वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तकको नयाँ अङ्कका लागि सङ्कलित घटनाको प्रकाशन पूर्व छलफल गर्न विभिन्नि जिल्लामा पूर्व समीक्षा गरिएको छ । इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व…
तराई-मधेश आन्दोलनको प्रतिवेदन सरकारलाई हस्तान्तरण
तराई-मधेशलगायत क्षेत्रमा आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड, आगजनी आदि घटनाको छानबिन प्रतिवेदन सरकारलाई बुझाइएको राससले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘तराई-मधेश र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेका आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड, आगजनीलगायतका घटनाको सत्यतथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग-२०७३’ ले आज सो प्रतिवेदन बुझाएको हो ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओखलढुङ्गा रगनी गाउँपालिका-८ का ४५ वर्षीय सन्तोष गुरूङलाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २५ गते राति बलात्कार गरेको भनी पीडित पक्षले प्रहरीमा गरेको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।…
आप्रवासी नेपालीको मानव अधिकार संरक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जाने आप्रवासी नेपालीको मानवअधिकार संरक्षण गर्नुपर्नेमा सहभागीले जोड दिएको राससले जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले मङ्सिर २६ गते ‘नेपालमा सुरक्षित वैदेशिक रोजगार र मानव बेचबिखन नियन्त्रणको लागि सुधार गर्नुपर्ने नीतिगत’ विषयक राष्ट्रिय परामर्श बैठकमा सहभागीले वैदेशिक रोजगारमा जाने श्रमिकको मानव अधिकार हनन् भइरहेकाले त्यसलाई संरक्षण गर्नुपर्नेमा…
६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा विविध कार्यक्रम
मानव अधिकार दिवसको अवसर पारेर इन्सेक कञ्चनपुर, मानव अधिकार निगरानी समूह, कोक्याप र अपाङ्ग महिला सङ्घ कञ्चनपुरको संयुक्त आयोजनामा मङ्सिर २४ गते महेनद्रनगरमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया गरिएको इन्सेक प्रतिनिधि कोमलनिरञ्जन भाटले जानकारी दिएका छन् । ६९ औं मानव अधिकार दिवसको अवसर पारेर युवा स्वयम्सेवक समूह र अपाङ्ग महिला…