निषेधित क्षेत्र प्रवेश गर्न खोजेको आरोपमा प्रहरीद्वारा लाठी चार्ज, १२ जना घाइते
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले मङ्सिर ५ गते बचत रकम फिर्ता गराउन दबाब दिन काठमाडौँको विभिन्न स्थानबाट गरेको आन्दोलनका क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले लाठी चार्ज गर्दा १२ जना घाइते भएका छन् । मªसिर ५ गते साढे ११ बजे उपत्यकाका विभिन्न ५ स्थानमा भेला भइ दबाबमूलक…
शान्ति सम्झौताका १८ वर्ष: कानुन संशाेधन भएसँगै पलाएको आशा
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट समेत बहुमतकासाथ पारित भई भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै सङ्क्रमणकालीन न्यायको विषयमा आशा पलाएको इन्सेकले जनाएको छ । शान्ति सम्झौता भएको १८ औँ वर्षको अवसरमा ०८१ मङ्सिर…
उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगको निर्देशन
यही मङ्सिर १६ गते हुने स्थानीय तहको निर्वाचनका बेला निर्वाचनलाई सहयोग हुने गरी आवश्यक तयारीमा रहन निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई आठ बुँदे निर्देशन दिएको छ । आयोगले मङ्सिर ३ गते एक विज्ञप्ति जारी गर्दै भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन दिएको…
कीर्तिपुरको कार्यवाहक मेयरको कार्यकक्षमा वडाध्यक्षद्वारा तोडफोड
कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य(सुनिता)को कार्य कक्षमा वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कात्तिक ३० गते शुक्रबारर तोडफोड गर्नु भएको आरोप छ । वडा नम्बर ३ का वडाध्यक्ष महर्जनले शुक्रबार दिउँसो कार्यवाहक उपमेयरको कार्यकक्षमा तोडफोड गर्नु भएको कार्यवाहाक मेयर शाक्यको आरोप छ । कर्मचारीहरुले वडाको काममा ढिलासुस्ती गरिदिएको…
उपनिर्वाचनका लागि ४ सय ७ जना चुनावी मैदानमा
मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर ४ सय ७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा भित्र ४२ पदका लागि विभिन्न राजनीतिक दलबाट २ सय ८६ र स्वतन्त्रबाट…
अधिकारकर्मी ढुङ्गानाको निधनप्रति इन्सेकद्वारा दुःख व्यक्त
मानव अधिकारकर्मी एवम् लोकतन्त्रका अग्रज पूर्वसभामुख दमननाथ ढुङ्गानाको ८३ वर्षको उमेरमा ०८१ मङ्सिर २ गते उपचारको क्रममा निधन भएको खबरले दु:खी भएको इन्सेकले जनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा मङ्सिर ३ गते जारी शोक वक्तव्यमा भनिएको छ- 'नेपालको संसदीय इतिहासमा उहाँले देखाउनु भएको मार्गदर्शन, मानव…
स्थानीय तहको उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू
यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको मङ्सिर १ गतेको बैठकले मङ्सिर २ गतेदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल…
व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक ३० गते काठमाडौँमा व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डीसीएसँगको सहकार्यमा इन्सेकले गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसाय र मानव अधिकार विषयक कार्यपत्र प्रस्तुत गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव गगनसिंह विष्टले आगामी आर्थिक वर्षदेखि नीति तथा कार्यक्रममा…
सङ्क्रमणकालीन आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीको माग
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीले माग गरेका छन् । सिफारिस समितिले कार्य प्रारम्भ गरेता पनि दुवै आयोगमा पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र गम्भीरतापूर्वक अगाडि बढ्न नसकेकोप्रति अधिकारकर्मीले गम्भीर ध्यानाकर्षण भएको…
निर्वाचन आयोगले देशका विभिन्न ठाउँमा तोक्यो निर्वाचन अधिकृत
स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । मङ्सिर १६ गतेका लागि तोकिएको उपनिर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीश, ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकिएको आयोगले जनाएको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि हुने निर्वाचनका लागि जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईलाई तोकिएको छ…