निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ३ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका-५ का विष्णु कार्की, सोही ठाउँका मोहन राउत, सोही ठाउँका युवराज थापा रहेका छन् । त्यसैगरी कालिकोट जिल्लाको…
स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा कार्यतालिका सार्वजनिक
विभिन्न कारणले रिक्त भएका स्थानीय तहमा उपनिर्वाचनको लागि सरकारले मिति तय गरेपछि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि राजनीतिक दल दर्ताको अवधि असोज १० गतेदेखि १६ गतेसम्म तोकेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार असोज २०…
संसदको चालु अधिवेशन अन्त्य, पाँच विधेयक पारित
संसदको चालु अधिवेशन भदौ ३१ गते मध्यरातिबाट अन्त्य भएको छ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा ५३ दिनमा ५६ पटक बैठक बसेको संसद सचिवालयले जनाएको छ संसदको यो अधिवेशनमा प्रतिनिधिसभामा आठ ओटा सरकारी, एउटा गैरसरकारी विधेयक दर्ता भए । जसमध्ये पाँच…
स्थानीय तहमा रिक्त पदका लागि मङ्सिरमा उप-निर्वाचन, बागमती प्रदेशका सात ठाउँमा निर्वाचन हुने
निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहमा निर्वाचनका लागि सरकारलाई सिफारिस गरेकै दिन मन्त्रीपरिषदको बैठकले ०८१ मङ्सिर १६ गते रिक्त रहेका स्थानीय तहमा निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले भदौ ३० गते सरकारलाई स्थानीय तहमा रिक्त रहेका पदमा निर्वाचन गर्नका लागि मिति सिफारिस गरेको थियो । नेपालको संविधान तथा…
टिआरसी ऐनले पूर्व बालसेनालाई न्याय नगर्ने भन्दै सर्वोच्चमा रिट दायर
सङ्क्रमणकालीन न्यायसम्बन्धी तेस्रो संशोधन विधेयकले पूर्व बालसेनालाई नसमेटेको भन्दै माओवादीका पूर्व बाल सेना लेनिन बिष्टले भदौ २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेको बताउनु भएको छ । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक-२०८१ ले पूर्व बाल लडाकुलाई सम्बोधन नगरेको हुँदा सोको सम्बोधनका लागि सशोधनको…
पाँचथर बम विस्फोट घटनाका बारेमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
फालेलुङ गाउँपालिका-५ डाँडागाँउमा भदौ १३ गते विष्फोट हुँदा दुई वर्षीया बालिका र ११ वर्षीय बालकको मृत्यु र अन्य दुई बालकहरू घाइते भएको घटनाका बारेमा इन्सेक र सिविनले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षणपत्रमा "सिविन नेपाल र इन्सेकले संयुक्तरूपमा गरेको तथ्य संकलनका आधारमा पाँचथर घटनामा आहत ४ जना…
सङ्क्रमणकालीन न्यायको सफल कार्यान्वयनका लागि निरन्तर निगरानी आवश्यकः इन्सेक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ भदौ १९ गते एक विज्ञप्ति प्रकाशन गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट समेत बहुमतकासाथ पारित भई भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै १८ वर्ष…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणित
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) (तेस्रो संशोधन) विधेयक २०८१, राष्ट्रपति रामचन्द्र पौडेलले ०८१ भदौ १३ गते प्रमाणित गर्नु भएको छ । संघीय संसदको दुवै सदनबाट पारित भएको सो विधेयक सभामुख देवराज घिमिरेले प्रमाणिकरणको लागि भदौ १२ गते राष्ट्रपतिको कार्यालयमा पठाउनु भएको थियो । राष्ट्रपतिबाट प्रमाणित उक्त विधेयक…
इन्सेक र सिटिइभिटीबिच मानव अधिकारसम्बन्धी पाठ्यक्रम निर्माणका लागि सम्झौता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी) बिच मानव अधिकारसम्बन्धी पाठ्यक्रम निर्माणका लागि सम्झौता भएको छ । यस अघि इन्सेक र सिटिइभिटीबीच २०८० साउन १९ गते मानव अधिकारसम्बन्धी तालिमका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी कार्यान्वयनका क्रममा पाठ्यक्रम निर्माणका लागि इन्सेक र सिटिइभिटी बीच २०८१…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरेको छ। राष्ट्रिय सभाको भदौ ६ गते बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सभाबाट सर्वसम्मतिले पारित…