हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापन पत्र बुझाएका…

March 23, 2023  
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने फैसला सुनाएको चितवन अदालतका श्रेष्तेदार ईश्वर आचार्यले बताउनु भयो । ०७९ असोज २ गते बाल यौन दुरुपयोग गरेको भनी पीडितको…

March 23, 2023  
आन्तरिक विवादले नीलकण्ठमा दलित छात्रवृत्ति रोकियो

नगरपालिकाको वेवास्था र दलितहरूको आन्तरिक विवादका कारण बजेट विनियोजन गरेर पनि दलित छात्रवृत्ति रोकिएको छ । तीन वर्ष देखि दलितहरूको उच्च शिक्षामा पहुँच पुर्‍याउन नीलकण्ठ नगरपालिकाले बजेट विनियोजन गर्दै आएको भएपनि अझैसम्म वितरण गर्न नसकेको सामाजिक अभियनता श्याम मगरातीले जानकारी दिनुभयो । उच्च शिक्षासम्म निशुल्क शिक्षा पाउनुपर्ने दलितको अधिकार सुनिश्चित…

March 23, 2023  
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गिरफ्तार गरेका तीन युवालाई चैत ८ गते पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी वृत्त तिनकुनेलाई अनुमति दिएको…

March 23, 2023  
दलित समुदायमाथिको विभेद र उत्पीडन अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रियसभाबाट पारित

दलित समुदायमाथि विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न राष्ट्रियसभामा पेश भएको सङ्कल्प प्रस्ताव पारित भएको छ । राष्ट्रियसभाको ०७९ चैत ८ गते बसेको बैठकले अहिले भइरहेका कानुनको प्रभाव कार्यान्वयनका लागि सरकार जिम्मेवार बनाउनका लागि सङ्कल्प प्रस्ताव पारित गरेको हो । राष्ट्रिय सभाको चैत ८ गतेको बैठकमा राष्ट्रियसभा…

March 22, 2023  
बलात्कार गरेको कसुरमा जन्मैकद सजाय फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ३३ वर्षीय आफ्नै बुबालाई चितवन जिल्ला अदालतले जन्मकैद सजाय हुने फैसला सुनाएको छ । चितवन जिल्ला अदालतका न्यायाधीस उद्धवप्रसाद भट्टराईको ०७९ चैत ७ गतेको इजलासले आफ्नै छोरीलाई घरमै बलात्कार गर्दै आएको बुबालाई जन्मकैद सजाय र एक लाख रुपैयाँ क्षतिपुर्ति हुने फैसला सुनाएको जिल्ला अदालतका…

March 22, 2023  
समसामयिक मानव अधिकार अवस्थाका बारेमा इन्सेकको टोलीद्वारा सशस्त्र प्रहरी महानिरीक्षकसँग छलफल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले चैत ८ गते सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा भेट गरी समसामयिक मानव अधिकार अवस्थाका बारेमा छलफल गरेको छ । सशस्त्र प्रहरी बलले मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि काम गर्दै आएको र मानव अधिकारको संरक्षणका लागि गर्नु पर्ने…

March 22, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका-१ श्री राम जानकी बालआश्रम संरक्षक रहेकी सावित्री टण्डनको पति कृष्ण टण्डनविरुद्ध पीडितले ०७९ चैत ७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी छिन् । आश्रममा ‘बुबा’ भनी मानेको व्यक्तिबाटै आफू यौन दुर्व्यवहारको शिकार बनेपछि बालिकाले आफै उपस्थित भएर चैत ७ गते…

March 22, 2023  
जातीय छुवाछूत तथा भेदभावमुक्त वातावरणको सुनिश्चित गर्न आयोगको आग्रह

जातीय विभेदका सबै घटनाका सूक्ष्म अनुसन्धान गरी दोषीहरूलाई कानुनी दायरामा ल्याउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । समाजमा दैनिक जसो घट्ने गरेका जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनालाई निर्मूल गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गरिएको ०७९ चैत ७ गते जारी विज्ञप्तिमा उल्लेख छ । साथै,…

March 21, 2023  
जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकको माग

कुनै न कुनै रूपमा नेपालमा आज पनि विद्यमान जातीय विभेद तथा छुवाछुतको सम्पूर्ण रूपमा अन्त्य गरी शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकले माग गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा चैत ७ गते जारी विज्ञप्तिमा नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको प्रतिबद्धता, संविधान र कानुनअनुसार दलित समुदायको मानव अधिकार, आत्मसम्मान…

March 21, 2023