बलात्कारको कसुरमा २९ वर्ष ६ महिना कैद सजाय

६ वर्षिया छोरीलाई बलात्कार गरेको कसुरमा ३६ वर्षीय बुबालाई जिल्ला अदालतले २९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । न्यायधीश उमेशप्रसाद लुइटेलको ०७८ भदौ ३१ गते इजलासले आरोपितले गरेको कसुरमा दोषी ठहर गर्दै उक्त सजायको फैसला गरेको अदालतका तहसिलदार मानबहादुर श्रेष्ठले बताउनु भयो । अदालतले बलात्कारको कसुरमा २५ वर्ष…

September 18, 2021  
अस्पतालद्वारा स्वास्थ्य बिमाको सेवा बन्द

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले स्वास्थ्य बिमाका सम्पूर्ण सेवा बन्द गर्दा स्वास्थ्य बिमा कार्यक्रममा सहभागी बिरामीहरू उपचार नलिई फर्किन बाध्य भएका छन् । सरकारले बिमाका बिरामीको लागि निशुल्क उपलब्ध गराउने औषधि खरिदको रकम नपठाएको भन्दै अस्पतालले बिमाका विरामीले पाउँदै आएको निशुल्क औषधि उपलब्ध गराउने सेवा ०७८ भदौ…

September 18, 2021  
जेष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

कमलामाई नगरपालिका–२ भद्रकालीका ८३ वर्षीय लालबहादुर लामाको हत्या गरेको आरोपमा भारतको उत्तर प्रदेश घर भई हाल कमलामाई नगरपालिका–६ माडिबजारमा मागी हिड्ने ३५ वर्षीय अशोककुमार जैसवाल र १८ वर्षीय कृष्ण जैसवाललाई प्रहरीले ०७८ भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित लालबहादुरको शव भदौ ३० गते बिहान कमलामाई नगरपालिका–६ बसपार्क छेउको…

September 18, 2021  
स्वास्थकर्मीलाई कुटपिट गर्ने विरुद्ध प्रहरीमा उजुरी दर्ता

हेटौँडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तले कुटपिट गरेको भन्दै अस्पताल प्रशासनले दोषीविरुद्ध कारबाहीको माग गर्दै ०७८ भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई भदौ ३० गते उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । उपचारका लागि कारमा आएका घाइतेलाई अस्पतालको इमर्जेन्सी…

September 18, 2021  
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १ गते)

असोज १ गते १ हजार ८६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८३ हजार ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज १ गते परीक्षण गरिएकामध्ये १३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४…

September 18, 2021  
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ३१ गते)

भदौ ३१ गते १ हजार १ सय ६५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८१ हजार ९ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ ३१ गते परीक्षण गरिएकामध्ये १० प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको…

September 17, 2021  
यौन दुर्व्यवहारको घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

बकैया गाउँपालिका–२ का ३२ वर्षीय गोपाल सापकोटालाई सोही ठाउँमा ३४ वर्षीय मङ्गलमान बलले यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा ०७८ भदौ २९ गते उजुरी दिए । आफूलाई भदौ २६ गते साँझ छिमेकीको बारीमा काम गरिरहेको अवस्थामा आरोपितले मार्ने धम्की दिई मलद्वारमा जबरजस्ती गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका…

September 16, 2021  
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी बिरामीले पनि औषधि निशुल्क पाउँदैनन्

सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका बिरामीले पनि अस्पतालबाट निशुल्क औषधि पाउन छाडेका छन् । विगत ६ महिनादेखि नै अत्यावश्यक र महंगो औषधि पाउन छाडेको भक्तपुर अस्पतालमा उपचारका लागि आएका सूर्यविनायक नगरपालिका–८ सिपाडोलका शर्मिला लामाले गुनासो गर्नुभयो । बिमा सुविधाका कारण यहीँ अस्पतालमा उपचारको लागि आएको बताउदै उहाँले अस्पतालमा…

September 16, 2021  
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ३० गते)

भदौ ३० गते १ हजार ३ सय ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८० हजार ८ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ ३० गते परीक्षण गरिएकामध्ये ११ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको…

September 15, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापा हल्दिबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वर्कमा र मोरङ जिल्ला उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय  निदिप धिमाललाई प्रहरीले ०७८ भदौ २८ गते धुलिखेल नपा–७ बाट गिरफ्तार गरेको छ । पीडितलाई भदौ २६ गते बनेपा नपा–१२ जनागालमा बलात्कार गरेको भन्दै आरोपितद्वय विरुद्ध पीडितका आफन्तले…

September 15, 2021