कर्मचारी विहीन अस्पताल, सबै सेवा अवरूद्ध
कर्मचारी समायोजनको मारमा सिन्धुली अस्पताल परेको छ । जसका कारण अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मी नहुँदा सबै खालका स्वास्थ्य सेवा अवरूद्ध बनेका छन् । ५१ वेडमा सञ्चालित यो अस्पतालमा रहेका डाक्टर तथा स्वास्थ्यकर्मीहरू नहुँदा नियमित सेवा सञ्चालनमा समस्या भएको छ । अस्पतालमा कार्यरत डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरू समायोजनमा परी सबैको सरूवा…
गाउँपालिका अध्यक्षमाथि दुर्व्यवहार
तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापालाई उपकरण व्यावसायी मधु कटुवाल भनिने सिद्धिबहादुर कटुवालले कार्यकक्षमै हातपात गरेको पीडित पक्षको आरोप छ । चैत २८ गते दिउँसो साढे २ बजे कार्यकक्षमै आफूमाथि दुर्व्यवहार भएको भनी थापाले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन । गाउँपालिकाको वडा नं. १ को सडक निर्माण उपभोक्ता…
मानव अधिकार संरक्षकणको मुल दायित्व राज्यकैः सदस्य पाठक
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले राज्य नै मानव अधिकारको संरक्षक भएकाले संविधान र कानुनले अधिकार दिएका काम गर्ने दायित्व पनि राज्यको हुने बताएका छन् । चैत १४ गते सिन्धुलीका सरकारी निकायका प्रमुख, नागरिक समाज, मानव अधिकारकर्मी तथा पत्रकारहरूसँग जिल्लाको मानव अधिकारको अवस्था बारेमा छलफल गर्ने क्रममा पाठकले यस्तो…
प्रहरी र स्थानीयबीच झडप, तीनजना प्रहरी सहित चारजना घाइते
इलाका प्रहरी कार्यालय कपिलाकोटमा तोडफोड गर्न पुगेका स्थानीय र प्रहरीबीच माघ २६ गते साँझ पौने सात बजे झडप हुँदा तीन जना प्रहरीसहित चारजना घाइते भएका छन । माघ २४ गते मरिण गाउँपालिका–६ धमिलेका शिरबहादुर स्याङ्तानको विवाहमा भएको खुकुरी प्रहारको घटनामा संलग्नलाई प्रहरीले गिरफ्तार गरेपछि स्थानीयले प्रहरी कार्यालयमा तोडफोड गर्न पुगेका…
बालविवाह गर्ने र गराउनेलाई १/१ हजार रुपियाँ जरिबाना
बालविवाह गर्ने र गराउनेलाई जिल्ला अदालत सिन्धुलीले १/१ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको छ । दुधौली नगरपालिका–३ खुट्टेपानीका २१ वर्षीय सुमन भन्ने जितबहादुर कटुवाल र सोही नगरपालिकाको वडा नम्बर ६ डाँडाटोलकी १७ वर्षीया बालिकाबिचमा ०७४ फागुन ११ गते विवाह गराएको भन्दै जिल्ला अदालतमा परेको मुद्दाको फैसला गर्दै सिन्धुली जिल्ला…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय सिन्धुलीको आयोजनामा सन २०१८ मा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सिन्धुलीमाढीमा मङ्सिर १४ गते सम्पन्न गरिएको छ । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले सिन्धुलीमा सबैभन्दा बढी हिंसा घरघरमा हुने गरेको भन्दै यसलाई निर्मूल पार्न…
बाबुआमा विहीन बालिकालाई इन्सेकको सहयोग
कमलामाई नगरपालिका-१३ की ९ वर्षीया बालिकालाई इन्सेक जिल्ला कार्यालय सिन्धुलीले न्यानो कपडा तथा स्टेशनरी सहयोग गरेको छ । घरेलु हिंसाबाट पीडित भएकी पूजा वि.कको कोखबाट जन्मेकी स्वर्णिका बिक आमाको मृत्यु र बावुको अत्तोपत्तो नहुँदा अविभावक विहीन बन्न पुगेकी छिन् । बालिकालाई ओरेकका जिल्ला संयोजक सपना थापा, सामाजिक परिचालक तथा स्थानीय…
भूकम्प पछिको राहत तथा पुनःनिर्माणको सवालमा सार्वजनिक सुनुावइ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुली र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा मङ्सिर ६ गते कमलामाई नगरपालिकाको भिमानमा भूकम्पपछिको राहत तथा पुनःनिर्माणको सवालमा सार्वजनिक सुनुावइ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा भूकम्प पीडितका गुनासो सम्बोधन गर्दै कमलामाई नगरपालिका उपमेयर मञ्जु देवकोटाले पुसमा हुने परिषद्बाट बजेट नै छुट्याएर ऐलानी…
कथित बोक्सीको आरोपमा धामीद्वारा डामिएकी महिलाको उपचार हुँदै
पिशाच लागेको उपचार गर्ने भन्दै कमलामाई नगरपालिका–१२ रानीचुरीकी ३७ वर्षीया पुर्णमाया गुर्मछान मगरलाई धामीले तातो पन्युले डामेर घाइते बनाएका छन् । नियमित झारफुक गर्ने धामी दुर्गाबहादुर मगरले तातो पन्युले डाम्दा पुर्णमायाको अनुहार पुर्ण रूपले डढेको छ भने जीउमा समेत चोट लागेको छ । सामान्य काम्ने तथा अनावश्यक बोल्ने जस्तो रोग…
राज्यले उचित सम्बोधन गर्न नसक्दा भूकम्प पीडितका समस्या उस्तै
कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले भूकम्प पीडितका समस्या तीन वर्ष बितिसक्दा पनि उस्तै रहेको बताएकी छिन् । राज्यले उचित रूपमा पीडितहरूलाई सम्बोधन गर्न नसक्दा समस्या ज्यूँकात्यूँ रहेको उनले बताइन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको आयोजनामा असोज १४ गते कमलामाई नगरपालिका–२ निवुवाटारमा गरिएको भूकम्पपछिको…