तीनपाटनका ज्येष्ठ नागरिकले पाएनन् सामाजिक सुरक्षा भत्ता
तीनपाटन गाउँपालिकाका ज्येष्ठ नागरिकहरूले दशैँको समयमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । जिल्लाका अन्य स्थानीय तहले दशैँको लागि भन्दै दशैँ अगावै सामाजिक सुरक्षा भत्ता वितरण गरे पनि यहाँका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएका हुन् । अघिल्लो वर्ष सामाजिक सुरक्षा भत्ताले दशैँ मानेका ज्येष्ठ नागरिक र लक्षित…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
कमलामाई नगरपालिका–२ भद्रकालीका ८३ वर्षीय लालबहादुर लामाको हत्या गरेको आरोपमा भारतको उत्तर प्रदेश घर भई हाल कमलामाई नगरपालिका–६ माडिबजारमा मागी हिड्ने ३५ वर्षीय अशोककुमार जैसवाल र १८ वर्षीय कृष्ण जैसवाललाई प्रहरीले ०७८ भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित लालबहादुरको शव भदौ ३० गते बिहान कमलामाई नगरपालिका–६ बसपार्क छेउको…
स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित
सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब सुरु गर्न माग राखेर ०७७ माघ १२ सुनकोशी गाउँपालिका घेराउ गर्दै ढुङ्गामुढा गर्दा पालिकाले उपलब्ध गराउने सेवा प्रभावित भएको छ । स्थानीयवासीले सिन्धुलीगढी, नागी, मतनवास, बन्दीपुर, काफ्लेचौर, नेत्रकाली, तालढुङ्गा ग्रामीण…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११ बजे शेरबहादुरले टाउकोमा बन्चरो प्रहार गरेका थिए । टाउकोमा चोट लागि गम्भीर घाइते भएकी राममायालाई राति नै उपचारका लागि हेटौँडा…
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
सिन्धुलीमा पुस १० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२० भित्र जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा समीक्षा गरिएको थियो । कार्यक्रममा सरोकारवालाले घरको शिक्षा (स्कुलिङ) राम्रो भएमा मात्र मानवअ धिकार उलङ्घन तथा ज्यादतीका…
कोभिड-१९ को सङ्क्रमण नियन्त्रणमा सिङ्गो समाज परिचालित हुनुपर्छ: संयोजक गौतम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेश संयोजक कृष्ण गौतमले नागरिक समाज, गैह्रसरकारी सङ्घसंस्थाहरू तथा सञ्चार क्षेत्रको सकारात्मक खबरदारी, सचेतनामूलक अभियान र सहकार्यले राज्यलाई कोभिड–१९ को सङ्क्रमण नियन्त्रण, व्यवस्थापन र पूर्व तयारीमा सहयोग पर्याएको बताउनु भएको छ । युएसएआइडी तथा एफएचआईको सहयोग र इन्सेकको आयोजनामा सिन्धुलीमाढीमा कात्तिक २६ गते आयोजित…
कैदी बन्दीमा कोभिड–१९ को असर नपरोसः आयोग
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले कोभिड–१९ का कारण कारागारमा रहेका कैदी बन्दीहरू समस्यामा पर्न नहुने बताउनु भएको छ । जिल्लामा असोज २२ गते कोभिड–१९ सङ्क्रमणको समयमा मानव अधिकारको अवस्थाको बारेमा सरोकारवालासँग छलफल गर्दै सदस्य पाठकले सो कुरा बताउनु भएको हो । उहाँले कारागारमा रहेका कैदी बन्दीमा कोभिड–१९ को…
खरका छाना हटाउने निर्णय कार्यान्वयनका लागि नगरपालिकाद्वारा जस्तापाता वितरण
कमलामाई नगरपालिकाले खरका छाना विस्तापित गर्ने योजना कार्यान्वयनका लागि जस्तापाता वितरण अभियान सुरु गरेको छ । जसका कारण कमलामाई नगरपालिकाका १४ वटै वडामा यो आर्थिक वर्षमा घर परालका छाना हट्ने भएका छन् । नगरपालिकाले वडा/वडाबाट खरका छाना भएका घरहरूको तथ्याङ्क सङ्कलन गरी जस्तापाता अनुदानमा उपलब्ध गराउन थालेको हो । नगरपालिकाले…
कोभिड–१९ का कारण बन्द भएको आइसीयू सञ्चालनमा
कोभिड–१९ का कारण बन्द भएको सिन्धुली अस्पतालको शिशु आइसीयू ०७७ असोज १८ गतेदेखि सञ्चालनमा आएको छ । हरेक महिना करिब १ सयको हाराहारीमा शिशु जन्मिने यो अस्पतालमा जन्मेका शिशुमा आउने जटिल स्वास्थ्य समस्यालाई मध्यनजर गरी चार बेडको आइसीयू सञ्चालनमा ल्याइएको बाल रोग विशेषज्ञ डाक्टर अभयचन्द्र यादवले बताउनु भयो । बाल…
एसईईमा कम नम्बर दिएको आरोपमा शिक्षकमाथि कुटपिट
सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अङ्ग्रेजी विषयका शिक्षक चित्रबहादुर भण्डारीमाथि एसईईमा कम नम्बर दिएको आरोपमा ०७७ भदौ १५ गते कुटपिट भएको छ । विद्यालयका एसईईमा सहभागी एक छात्रा सहितका ६ जना विद्यार्थीहरूले कार्यालयमा आई प्रधानाध्यापक सुनुवारलाई मुखमा मुक्काले हिर्काएको र अर्का शिक्षक भण्डारीलाई लछारपछार गरेका…