नेकपाका १६ जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताले ०७८ फागुन ४ गते नेपाल बन्द भन्दै बजार तथा सार्वजनिक यातायात अवरोध गरेको अरोपमा प्रहरीले १६ जनालाई गिरफ्तार गरेको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको खारेजीको माग गर्दै नेपाल बन्द सफल पार्न खटिएका नेकपाका कार्यकर्तालाई प्रहरीले सिन्धुलीमाढीका विभिन्न स्थानबाट गिरफ्तार गरेको हो । ढुङग्रेबासचोक स्थित…
बलात्कार घटनाका फरार कसुरदार कारागार चलान
१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा सहयोग पुर्याएको कसुरमा सजाय तोकेपछि फरार रहेकी रिहरपुरगढी गाउँपालिका–३ की ४३ वर्षीया बुद्धिमाया घिसिङलाई प्रहरीले माघ २६ गते कैद भुक्तानको लागि कारागार चलान गरेको छ । सुस्त मनस्थितिकी बालिकालाई ०७६ कात्तिक १६ गते बुद्धिमायाको घरमा बलात्कार गरेको र सो घटनामा सहयोग गरेको कुसुरमा जिल्ला अदालतबाट ०७७…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २१ गते सिन्धुलीमाढीमा सम्पन्न भएको छ । मानव अधिकारकर्मी तथा जेष्ठ नागरिक रामबहादुर हायुको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले नागरिक समाजको खबरदारिले मानव अधिकारको अनुभुति दिलाउन सकिने…
घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार
कमलामाई नगरपालिका–७ की ५० वर्षीया सानुमाया तामाङलाई कुटपिट गरी घाइते तुल्याएको आरोपमा पति ५५ वर्षीय शुभलाल टिङ्लाई प्रहरीले पुस १२ गते गिरफ्तार गरेको छ । पीडित सानुमायालाई पुस ११ गते राति घरायसी वादविवाद हुँदा पतिले कुटपिट गर्नुका साथै चिरपट र सावेल प्रहार गरी घाइते तुल्याएकोमा पुस १२ गते बिहान स्थानीयले…
घर निकाला भएकी महिलाको इन्सेकको पहलमा उद्धार
कमलामाई नगरपालिका–७ पानिट्याङ्कीकी ६३ वर्षीया लक्ष्मी गुरुङ्गलाई पुस २ गते इन्सेकको पहलमा उद्धार गरी सेफ हाउसमा राखिएको छ । सोही ठाउँका महेश भुषाल, चुडाकुमारी गौतम र धनमाया प्रधानले ब्याजमा दिएको ऋण असुलीका लागि जिल्ला अदालतमा दिएको आदेशमा घर खाली गराउन पुगेको प्रहरीले पुस २ गते घर खालि गरी सरसमामान निकालिदिएपछि…
बलत्कार प्रयास घटनामा आरोपित गिरफ्तार
४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मरिण गाउँपालिका–४ कपिलकोटका सुभाष भनिने ३३ वर्षीय शुक्रबहादुर स्याङ्तानलाई प्रहरीले मङ्सिर २७ गते खारखोलाबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई खारखोलाको बगरमा मङ्सिर ३ गते बलत्कार प्रयास गरेको भन्दै पीडितले मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपित स्याङतानविरुद्ध प्रहरीले…
पठनपाठन बन्द गरेर विद्यालयमा कांग्रेसको प्रदेश अधिवेशन
दुधौली नगरपालिका–४ मा रहेको ज्ञानकुञ्ज माध्यमिक विद्यालय बाँसबारी पचरुखी बन्द गरेर नेपाली कांग्रेस पार्टीको कार्यक्रम गरिएको छ । कांग्रेसले विद्यालयको पठनपाठन नै प्रभावित गरेर मङ्सिर ३ गते सिन्धुली क्षेत्र नं. १ ‘क’ को प्रदेश अधिवेशन गरेको हो । पढ्न भनेर विद्यालय हिँडेका विद्यार्थीहरू विद्यालय नपुग्दै नेताहरूको भीड देखेर घर फर्किएका…
पार्क उद्घाटनका विषयमा दलीय सहमति नजुट्दा निषेध आदेश जारी
कमलामाई नगरपालिका–६ मा निर्माण गरिएको पार्क वरपर जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कात्तिक २४ गते बिहान ११ बजेदेखि राति १२ बजेसम्मका लागि निषेध आदेश जारी गरेको छ । शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति सिन्धुलीको सिफारिसमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा जारी सूचनामा निषेध आदेशबारे उल्लेख छ । प्रशासनले…
सामूहिक बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
कमलामाई नगरपालिका–५ मा भएको सामूहिक बलत्कार घटनामा संलग्न फरार पाँच जना आरोपितहरू तथा उनीहरूलाई भगाउन सहयोग गर्ने ६ जना व्यक्तिहरूलाई प्रहरीले विभिन्न स्थानबाट गिरफ्तार गरेको छ । १५, १६ र १७ वर्षीया तीन जना बालिकालाई असोज ३० गते कमलामाई नगरपालिका–५ मा नौ जनाले सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४, १६ र १७ वर्षीया बालिकाहरूलाई असोज ३० गते नौ जनाको समूहले बलात्कार गरेको आरोपमा प्रहरीले असोज ३१ गते कमलामाई नगरपालिका–५ बोझेका २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई गिरफ्तार गरेको छ । अन्य ‘फरार’ आरोपितको खोजी भइरहेको र घटनाको आवश्यक अनुसन्धान थालिएको प्रहरीले…