सम्पूर्ण नागरिकको स्वास्थ्यसम्बन्धी हकको सुनिश्चितता गरः आयोग

सरकारले अबदेखि कोभिड–१९ का बिरामीहरूको उपचार खर्च नव्यहोर्ने, सङ्क्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन समेत नगर्ने र सम्बन्धित व्यक्ति वा परिवारले आफैँ शव व्यवस्थापन गर्नुपर्ने भन्ने समाचारहरू प्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ बाट सङ्क्रमितहरूको सङ्ख्या पछिल्लो समय दिन प्रतिदिन तीव्र गतिमा बढ्दै…

October 20, 2020  
हत्या गरेको आरोप लागेका व्यक्तिहरूलाई प्रहरीले गोली हानी हत्या: आयोग

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ काँडाघारी बस्ने बालक ११ वर्षीय निशान खड्काको अपहरण पश्चात हत्या गरेको आरोप लागेका व्यक्तिहरूलाई प्रहरीले गोली हानी हत्या गरेको जनाएको छ । आयोगले ०७७ असोज ३० गते जारी गरेको प्रेस नोटमा सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङलाई  प्रहरीले ०७५ साउन २१ गते नियन्त्रणमा लिई…

October 16, 2020  
२ सय ८६ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली सार्वजनिक

राष्ट्रिय मानव अधिकार आयोगले विगत २० वर्षमा गरेका सिफारिसहरूको कार्यान्वयन अवस्था प्रतिवेदनबाट २ सय ८६ जना मानव अधिकार उल्लङ्घनकर्ताहरूको नाम सार्वजनिक गरेको छ । आयोगले यस अवधिमा गरेका १ हजार १ सय ९५ ओटा सिफारिसहरूको आधारमा यो तथ्य सार्वजनिक गरेको असोज २९ गते आयोजित प्रतिवेदन सार्वजनिक समारोहमा जानकारी दिइएको हो…

October 16, 2020  
डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति सरकार गम्भीर भएनः आयोग

अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बन्दै गइरहेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भदौ २९ गतेदेखि अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गएकोप्रति गम्भीर ध्यानकर्षण भएको आयोगले असोज २१ गते एक विज्ञप्ति जारी उल्लेख गरेको छ । आयोगले विज्ञप्तिमा डाक्टर केसीसँग यस…

October 7, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका–२३, धापाखेलका ६३ वर्षीय उत्तम गिरीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले ०७७ असोज १९ गते गिरफ्तार गरेको छ । बालिकालाई असोज ६ गते आरोपितले डरत्रास देखाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले असोज ७ गते महानगरीय प्रहरी वृत सातदोबाटोमा उजुरी दिएका थिए ।…

October 7, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तनहुँ जिल्ला भानु नगरपालिका–३ घर भई ललितपुर महानगरपालिका–१५, खुमल्टार बस्ने ३० वर्षीय मनिष नेपाललाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले ०७७ असोज १८ गते गिरफ्तार गरेको छ । बालिकालाई असोज १७ गते आरोपितले डरत्रास देखाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले असोज १८ गते प्रहरी वृत सातदोबाटोमा…

October 6, 2020  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४९ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा महानगरीय प्रहरी वृत्त चापागाउँले भदौ २९ गते बागमती गाउँपालिका–२, माल्टाका ४४ वर्षीय दिनेश जिम्बा तामाङलाई गिरफ्तार गरेको छ । पीडितले भदौ २९ गते डरत्रास देखाइ बलात्कार प्रयास गरेको आरोपमा तामाङ विरुद्ध उजुरी आरोपितलाई सोही दिन साँझ गिरफ्तार गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका…

September 15, 2020  
हत्या घटनाका आरोपित गिरफ्तार

ललितपुर महानगरपालिका–२२, बुंगमती घर भई अल्का अस्पताल जावलाखेलमा हाउस किपिङ्ग पदमा कार्यरत ३९ वर्षीया गीता केसीको हत्या घटनामा संलग्न भएको आशङ्कामा सोही वडाको चुनिखेलका ४२ वर्षीय निर्मल केसीलाई भदौ २० गते प्रहरीले गिरफ्तार गरेको छ । मृतक केसी भदौ १७ गते घरबाट अस्पताल जाने भनेर निस्किएपछि सम्पर्कमा नआएकोले खोजीका लागि…

September 5, 2020  
निषेधाज्ञा उल्लङ्घन गर्दै रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबिच झडप

ललितपुरको पुल्चोकमा कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रणा र रोकथामको लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गर्दै  स्थानीय युवाको एक समूहले रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भदौ १८ गते प्रहरीसँग झडप हुँदा सात जना प्रहरी र एक जना युवा घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका सहायक प्रवक्ता एवम् डिएसपी सन्तोस…

September 3, 2020  
नागरिक संस्थाहरूका समस्यालाई समाधानका लागि एकीकृतरूपमा पहल गर्नु पर्नेमा जोड

नागरिक संस्थाहरूका समस्यालाई एकीकृतरूपमा समाधानका लागि पहल गर्नु पर्नेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा २०७७ भदौ १५ गते बागमती प्रदेशका गैरसरकारी संस्था र इन्सेक प्रतिनिधिहरूको सहभागिता रहेको भर्चुअल कार्यक्रमका सहभागी वक्ताहरूले सो धारणा राखेका हुन । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नागरिक संस्थाहरूको संयुक्त…

August 31, 2020