बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मकवानपुर जिल्ला बागमती गाउँपालिका–४, झुरझुरेका ४३ वर्षीय विमल बि.क.लाई प्रहरीले पुस १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०७७ पुस २ गते डरत्रास देखाई बलात्कार गरेको भन्दै आरोपित बि.क.विरुद्ध पीडितले पुस १० गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनु भएको थियो । आरोपितलाई…

December 28, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कोन्ज्योसोम गाउँपालिका–५, भारदेउका ६५ वर्षीय इन्द्रबहादुर तामाङलाई प्रहरीले पुस ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०७७ मङ्सिर २४ गते डरत्रास देखाई बलात्कार गरेको भन्दै आरोपित तामाङविरुद्ध पीडितका आफन्तले पुस १० गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएका थिए । आरोपितलाई पुस १२…

December 27, 2020  
हत्याको घटनाका दोषीलाई कानूनी दायरामा ल्याऊः आयोग

मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा मङ्सिर २३ गते राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्या भएको घटनाका सम्बन्धमा आयोगले २०७७ मङ्सिर २४ गते एक विज्ञप्ति जारी ध्यानाकर्षण भएको बताएको हो । कुनै पनि व्यक्तिलाई विचार…

December 10, 2020  
व्यक्तिहरूको सम्पत्ति र आवासको अधिकार सुनिश्चित गरः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले ०७७ मङ्सिर १६ गते प्रेस विज्ञप्ति प्रकाशन गरी व्यक्तिहरूको सम्पत्ति र आवासको अधिकार सुनिश्चित गर्न सरकारको ध्यानकर्षण गराएको छ । काठमाडौँ उपत्यकाको बालाजु, बानेश्वर, खोकना लगायतका क्षेत्रहरूमा सडक विस्तारका नाममा प्रहरीहरू प्रयोग गरी काठमाडौँ उपत्यका विकास प्राधिकरणले जबरजस्ती र जथाभावी घरहरू भत्काई यस क्षेत्रका व्यक्तिहरूको आवासको…

December 2, 2020  
नागरिकको जीवनको अधिकार सुनिश्चित गरः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले ०७७ मङ्सिर १० गते विज्ञप्ति प्रकाशन गरी महिला तथा बालबालिका उपर देशका विभिन्न भागमा हुने गरेका हिंसात्मक घटनाहरूबाट नागरिकको जीवनको अधिकारको रक्षा गर्न, सुरक्षा निकाय तथा नागरिकहरू सतर्क र सचेत रहन जरूरी देखिएको जनाएको छ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाकी–६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या…

November 25, 2020  
सडक बालबालिका मुक्त राष्ट्र निर्माणमा सबैको सहयोगको खाँचो छः मन्त्री श्रेष्ठ

सडक बालबालिका मुक्त राष्ट्र निर्माणमा सहयोग गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले सबैसँग आग्रह गर्नु भएको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्द्वारा ०७७ मङ्सिर ५ गते आयोजित कार्यक्रममा संवैधानिक रूपमा सुनिश्चित गरिएको बालबालिकासम्बन्धी अधिकारलाई व्यावहारिक रूपमै प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता…

November 20, 2020  
द्वन्द्व पीडितहरूको न्याय प्राप्तिको अधिकार सुनिश्चित गरः आयोग

द्वन्द्व पीडितहरूको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । विस्तृत शान्ति सम्झौताको १४ वर्ष पूरा भएको अवसरमा २०७७ मङ्सिर ४ गते प्रेस विज्ञप्ति जारी गरी आयोगले सो आग्रह गरेको हो । सङ्क्रमणकालीन न्यायका सम्बन्धमा गठित आयोगहरूले संशोधित कानुनको अभावमा द्वन्द्व पीडितहरूलाई न्यायको अनुभूति हुन…

November 19, 2020  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्न्युनिष्ट पार्टी (नेकपा) ललितपुर जिल्ला सेक्रेटरी जाजरकोट जिल्ला छेडागाढ नगरपालिका, पजेरु घर भई ललितपुर जिल्ला, ललितपुर महानगरपालिका–१६ कृष्ण मन्दिर नजिक बस्ने ३५ वर्षीया  सावित्री अधिकारीलाई प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरेको छ । अधिकारीलाई प्रहरीले गिरफ्तार गरी सोधपुछ गर्दा आफू पार्टी ललितपुर जिल्ला सेक्रेटरी…

November 2, 2020  
कुसुमखोलास्थित चेपाङ बस्तीमा भएको घटनाको स्थलगत प्रतिवेदन आयोगलाई हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले चितवनको माडी नगरपालिका–९, कुसुमखोलास्थित चेपाङ बस्तीमा भएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगमा बुझाएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेद भट्टराईलाई कात्तिक ६ गते स्थलगत अध्ययन प्रतिवेदन हस्तान्तरण गरी सार्वजनिक गरिएको इन्सेक बागमती प्रदेश कृष्ण गौतमले बताउनु भयो…

October 23, 2020  
बालिका अपहरण घटनाका आरोपितहरू गिरफ्तार

८ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले ०७७ कात्तिक ३ गते राती गिरफ्तार गरेको छ । बारा जिल्ला सिम्रौनगढ नगरपालिका घर भई महालक्ष्मी नगरपालिका बस्ने बालिकालाई ०७७ कात्तिक ३ गते साँझ अपहरण गरी शरीर बन्धक बनाई राखेको अवस्थामा आरोपितहरूलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसरका सहायक…

October 21, 2020