स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या

जिल्लाको खाडाँदेवी गाउँपालिको स्वास्थ्य संस्थाहरूमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा समस्या देखिएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मीहरू समायोजन भएर अन्यत्र गएपछि सेवा प्रवाहमा समस्या भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले बताउनु भयो । गाउँपालिकामा कुल १३ ओटा स्वास्थ्य संस्थामा ४१ जना स्वास्थ्यकर्मीहरूको दरवन्दी रहेकोमध्ये हाल २४ जना स्वास्थ्यकर्मीले मात्र सेवा प्रदान गरिरहेका…

March 10, 2020  
ज्येष्ठ नागरिक सम्बन्धी ऐन कागजमै सिमित भएको गुनासो

रामेछापका ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक सम्बन्धी ऐन कागजमा मात्रै सिमित भएको गुनासो गरेका छन् । मन्थली नगरपालिकाले मन्थलीमा आयोजना गरेको ज्येष्ठ नागरिक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले सो गुनासो गरेका हुन् । उनीहरूले ज्येष्ठ नागरिकको लागि आएको बजेट अन्य ठाउँमा खर्च गरिने गरेको गुनासो गरे । कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ…

March 5, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

दुई जना महिलालाई सामहिक बलात्कार गरि बेपत्ता भएका सिन्धुली जिल्ला कमलामाई नगरपालिका–६ ढुँग्रेबासका २८ वर्षिय लक्ष्मण श्रेष्ठलाई ०७६ फागुन २० गते प्रहरीले गिरफ्तार गरेको छ । श्रेष्ठलाई कोठमाडौँको कोटेश्वरबाट गिरफ्तार गरिएको रामेछापका प्रहरी प्रमुख डिएसपी बसन्त पाठकले बताउनु भयो । श्रेष्ठसँगै कमलामाई नगरपालिका–२ सिन्धुलीका पुष्कर गौतम र विजय किरिङले रामेछापको…

March 5, 2020  
एक वर्षदेखि छाप्रो र खुल्ला आकाशमुनि पढाई

भूकम्पले क्षति भएको भवनको पुनःनिर्माणको काम नसकिदा मन्थली नगरपालिका–९ पुराना गाउँको स्थानापति माविमा एक वर्षदेखि जस्ताको छाप्रो र खुल्ला आकाश मुनि पठन पाठन भइरहेको छ । भुकम्पले क्षति भएको भवनको गत सालबाट निर्माण कार्य सुरु भएको र हालसम्म सो काम नसकिएको कारण विद्यार्थीहरुलाई बाहिरै राखेर पढाउनु परेको विद्यालयका प्रधानाध्यापक रामबाबु…

February 26, 2020  
जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह

मन्थली नगरपालिका–८ चिसापानीमा रहेको स्वास्थ्य चौकीले भूकम्पको कारण जीर्ण भएको भवनबाट नै स्वास्थ्य सेवा प्रवाह गरि रहेको छ । जिर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह हुँदा सर्वसाधारणको जीवन जोखिममा रहेको स्वास्थ्य चौकीका अहेव सौगात माझीले बताउनु भयो । अहेव माझीका अनुसार २०७२ सालमा आएको भूकम्पको कारण स्वास्थ्य चौकीको भवन माथिदेखि जगसम्म…

February 26, 2020  
सीमा विवादका कारण ४५ वर्षदेखि स्थानीयले जग्गा धनी पुर्जा पाएनन्

जिल्लाको उमाकुण्ड गाउँपालिका–१ का स्थानीयले जग्गा नापी भएको ४५ वर्षसम्म पनि जग्गा धनी पुर्जा पाउन सकेका छैनन् । जग्गाको पुर्जा नपाउँदा आर्थिक अधिकार खोसिएको स्थानीय दावा नुरी शेपाले बताउनु भयो । उनीहरूले ०३१ सालमा नापी भएको जग्गाको अझैसम्म पनि जग्गाधनि पुर्जा पाएका छैनन् । यसक्षेत्रमा ०३१ सालमा जग्गा नापी गरि…

February 20, 2020  
बलात्कार घटनाको आरोपमा उजुरी

४६ वर्षिया महिलालाई ०७६ माघ १७ गते खाँडादेवी गाउँपालिका–३ को कुदुरसा जंगलमा सोही गाउँपालिका–६ का २४ वर्षिय प्रकाश बुढाथोकीले बलात्कार गरेको भनि ०७६ माघ १८ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ । फुपूको छोराको बिबाहमा जाँदै गर्दा जंगलामा एकान्तमा पारि आफूलाई बलात्कार गरेको आरोप पीडित महिलाको छ…

February 3, 2020  
एनसेल टावरमा आगजनी

दोरम्बा गाउँपालिका–७ गुन्सीमा रहेको एनसेलको टावरमा ०७६ माघ १२ गते राति आज्ञात पक्षबाट आगजनी भएको छ । जिल्ला प्रहरी रामेछापका निरीक्षक टेकेन्द्र पौडेलले राति एनसेलको टावरमा आगलागी भएको बताउनु भयो । आगजनीबाट टावरको जेनेरेटर लगायतको उपकरणमा क्षति पुगेको छ । आगजनी कस्ले गर्यो भन्ने नखुले पनि नेकपाको विप्लव समूहले गरेको…

January 27, 2020  
दरबन्दि अनुसारका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रवाभकारी हुन सकेन

जिल्लामा दरबन्दि अनुसारका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन । रामेछाप जिल्लामा रहेको एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र, ५१ स्वास्थ्य चौकी र एक उपस्वास्थ्य चौकीमा ३ सय ३ जना स्वास्थ्यकर्मी हुनु पर्नेमा २ सय ३५ जना स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । जिल्लामा ६८ जना स्वास्थ्यकर्मीहरू अपुग…

January 25, 2020  
सर्वसाधारणले निःशुल्क पाउने औषधि पाएनन्

रामेछाप जिल्लाको लुखु तामाकोसी गाउँपालिकाका बासिन्दाहरू स्वास्थ्य संस्थाबाट प्रदान गरिने निःशुल्क औषधि पाउने सेवाबाट समेत बञ्चित भएका छन् । सो गाउँपालिकाले स्वास्थ्य संस्थाहरूको लागि आवश्यक औषधि खरिद नगर्दा सर्वसाधारणहरू सेवाबाट वञ्चित भएका हुन् । सो गाउँपालिकाले यस आर्थिक वर्षमा खरिद गर्नु पर्ने औषधि हालसम्म खरिद नगरेको कारण  गाउँपालिका भरिकै स्वास्थ्यसंस्थाहरूमा निःशुल्क…

January 17, 2020