नेपाल मानव अधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा सम्पन्न

इन्सेकले प्रकाशित गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको पूर्वसमीक्षा कार्यक्रम ०७७ मङसिर २५ गते जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकले २०२१ को लागि लागि सन् २०२० मा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको…

December 10, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उमकुण्ड गाउँपालिका– ५ का २१ वर्षीय राजकुमार खड्कालाई प्रहरीले ०७७ मङ्सिर १८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताउनु भयो । बालिकालाई मङ्सिर १७ गते साँझ शौचालय गएको अवस्थामा बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपित विरुद्ध मङ्सिर १८ गते इलाका प्रहरी…

December 4, 2020  
विशेषज्ञ नहुँदा शल्यक्रिया सहितको प्रसूति सेवा प्रभावित

प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा विशेषज्ञ नहुँदा शल्यक्रिया उपलब्ध गराउनु पर्ने प्रसूति सेवा प्रभावित भएको छ । शल्यक्रिया गराउनु पर्ने खालको समस्या भएका गर्भवती महिला सुत्केरी हुन धुलिखेल वा काठमाडौँ जानुपर्ने बाध्यता रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ वर्ष अघिदेखि शिल्यक्रियाको लागि आवश्यक भौतिक सुविधा उपलब्ध भए पनि नियमित…

December 4, 2020  
तरुण दलका जिल्ला अध्यक्षद्वारा उपभोक्ता समितिका सचिव माथि कुटपिट

गोकुलगंगा गाउँपालिका–५ नामाडी निवासी नामाडी सडक उपभोक्ता समितिका सचिव  ३० वर्षीय देवराज खड्कामाथि ०७७ मङ्सिर २ गते सोही स्थान निवासी तरुण दल रामेछापका अध्यक्ष ३५ वर्षीय काजीबहादुर खड्का लगायतले कुटपिट गरेका छन् । बाग्मती प्रदेश सरकारको बजेटबाट निर्माण भइरहेको नमाडी बासे जोड्ने सडक निर्माण उपभोक्ता समितिलाई अध्यक्ष खड्काले आफ्नो डोजर…

November 18, 2020  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी समस्या पहिचान कार्यक्रम सम्पन्न

जिल्लाको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी अधिकारको समस्याको पहिचान कार्यक्रम  इन्सेककको आयोजना तथा जिल्ला स्तरीय मानवअधिकार संरक्षण सञ्जाल र मानव अधिकार समुह मन्थिलीका सहकार्यमा ०७७ कात्तिक १९ गते सम्पन्न भएको छ । कार्यक्रममा कृषि अनुदान, कृषि तथा पशु विमा, कृषि क्षेत्रको बजेट कार्यान्वयन, पशु औषधि र उपचार र उन्नत जातको…

November 4, 2020  
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको समस्या पहिचान कार्यक्रम सम्पन्न

खाँडादेवी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँग जोडिएका समस्याको पहिचान गरिएको छ । इन्सेकको आयोजनामा ०७७ कात्तिक १६ गते मानव अधिकार समूह र सरोकारवालसँग भएको छलफलमा समस्या पहिचान गरिएको हो । शैक्षिक क्षेत्रको समस्याको बारेमा भएको छलफलमा अब प्रविधिको प्रयोग नगरी शैक्षिक क्रियाकलाप सञ्चालन हुन नसक्ने देखिएको त्यस तर्फ बजेट विनियोजन…

November 2, 2020  
स्वास्थ्य मापदण्डको पालना गराउन नागरिक समाजको माग

कोभिड–१९ सङ्क्रमण दिनदिनै बढ्दा पनि स्वास्थ्य मापदण्डमा पालना नभएको प्रति नागरिक समाजले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । मानव अधिकार संरक्षण सञ्जाल, इन्सेक र मन्थली नगरपालिका स्तरीय मानव अधिकार समूहको आयोजनामा ०७७ कात्तिक ४ गते मन्थलीमा भएको नागरिक समाजको बैठकमा कोभिड–१९ सङ्क्रमण फैलिएको अवस्थामा पनि बजार क्षेत्र तथा बैंकमा भिडभाड गरी…

October 20, 2020  
प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

दोरम्बा गाउँपालिका–५ निवासी प्रतिबन्धित नेकपाका कार्यकर्ता ३५ वर्षीय कुलदिप थापामगरलाई ०७७ असोज १२ गते प्रहरीले रामेछाप कारागारको गेटबाटै गिरफ्तार गरेको छ । जिल्ला अदालत रामेछापको ०७७ असोज १२ गतेको फैसलाले जेल मुक्त हुनुभएका थापामगरलाई जेलबाट छुटेर गेटमा निस्कने बित्तिकै प्रहरीले पुनः गिरफ्तार गरेको हो । कारागारको गेटबाट निस्कन वित्तिकै मगरलाई…

September 29, 2020  
गाउँपालिका अध्यक्ष विरुद्ध बलात्कारको उजुरी दर्ता

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भदौ ७ गते लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष ४५ वर्षीय गोविन्दबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा बलात्कारको उजुरी दर्ता  भएको छ । पीडित महिलालाई आरोपितले नौ महिना अगाडि डर, त्रास र प्रलोभनमा फसाई बलात्कार गरेको पीडितको आरोप छ । खड्काविरुद्ध पीडित महिलाले बलात्कारको उजुरी…

August 24, 2020  
रामेछापमा लकडाउनको अवधिमा पाँचवटा बलात्कारका घटना

रामेछापमा लकडाउनको अवधिमा बलात्कारका पाँचवटा घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार यी मध्ये दुईवट घटना जेठ र तीनवटा घटना असार महिनामा भएका हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी बसन्त पाठकका अनुसार यस अविधिमा बलात्कार प्रयासका तीन वटा घटना भएका छन् । बाल यौन दुरुपयोगका घटना…

July 22, 2020