खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा कृषि ज्ञान केन्द्र रामेछापका शाखा अधिकृत ऋषिराज सुवेदीले खाद्य प्रवर्धनका लागि कृषि ज्ञान केन्द्रबाट सञ्चालन भएका कार्यक्रमको बारेमा जानकारी…

February 26, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पीडित बालिकाका परिवारले फागुन १२ गते इलाका प्रहरी कार्यालय धोबीमा आरोपित खत्रीले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी गरेपछि…

February 26, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका–५ सुनारपानीका २७ वर्षीय सविन केसीलाई ०७७ माघ ३० गते प्रहरीले गिरफ्तार गरेको छ । माघ २९ गते आफूलाई आरोपितले बलात्कार गरेको आरोपमा पीडितले माघ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको आधारमा केसीलाई गिरफ्तार गरिएका गरेका जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर श्रीशंकर श्रेष्ठले…

February 14, 2021  
खाँडादेवीमा शिक्षा अधिकारको विषयमा अन्तरक्रिया

इन्सेकको आयोजनामा खाँडादेवी गाउँपालिकामा शिक्षा अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम ०७७ माघ १५ गते सम्पन्न भएको छ । अभिभावक, शिक्षक, विद्यार्थी तथा गाउँपालिको शिक्षा शाखाको प्रतिनिधि समेतको संलग्नतामा भएको अन्तरक्रिया कार्यक्रममा शिक्षा शाखाका प्रमुख कृष्ण घिमिरेले गाउँपालिकाको शिक्षा शाखा मार्फत प्रवाह भएको सेवाको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले शिक्षा शाखाले…

January 30, 2021  
स्वास्थ्य अधिकारको विषयमा अन्तरक्रिया सम्पन्न

इन्सेकको आयोजनामा खाँडादेवी गाउँपालिकामा स्वास्थ्यको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ माघ १४ गते सम्पन्न भएको छ । गाउँपालिकामा भएको स्वास्थ्य सेवा प्रवाहको अवस्था तथा स्वास्थ्य अधिकारको विषयमा मानव अधिकार समूह र सरोकारवालाहरूबीच छलफल कार्यक्रम आयोजना गरिएको हो । खाँडादेवी गाउँपालिका–६ का वडाअध्यक्ष पुष्कर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक…

January 28, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते  प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ । पीडित महिलाले ०७७ माघ १ गते बलात्कार गरेको भन्दै आरोपित बोहोराविरुद्ध माघ २ गते भक्तपुरको महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी…

January 24, 2021  
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा शिक्षाको अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम ०७७ माघ ९ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी, अभिभावक तथा नागरिक अगुवा र सरोकारवालको सहभागिता रहेको सो कार्यक्रममा मन्थली नगरपालिकाको शिक्षा शाखाका प्रमुख उपसचिव हेमन्त बुढाथोकीले मन्थली नगरपालिकामा कक्षा…

January 23, 2021  
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ । नगरपालिका र जिल्लाका सरोकारवालाको सहभागिता रहेको सो कार्यक्रममा मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख केशव फुयाँलले मन्थली नगरपालिकामा कोरोना रोकथाम तथा…

January 21, 2021  
लिखुतामाकोसी गाउँपालिका अध्यक्ष पुनः गिरफ्तार

लिखुतामाकोसी गाउँपालिका अध्यक्ष ४४ वर्षीय गोविन्दबहादुर खड्कालाई ०७७ पुस १७ गते  प्रहरीले जिल्ला अदालत रामेछापको परिसरबाट पुनः गिरफ्तार गर्‍यो । उच्च अदालत पाटनको आदेशमा थुनामुक्त हुनुभएका खड्कालाई प्रहरीले अदालतले छाड्ने बित्तिकै पुनः गिरफ्तार गरेको हो । जबरजस्ती करणी, मानव बन्धक तथा ठगीको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका खड्कालाई उच्च अदालतले…

January 2, 2021  
नेपाल मानव अधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा सम्पन्न

इन्सेकले प्रकाशित गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको पूर्वसमीक्षा कार्यक्रम ०७७ मङसिर २५ गते जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकले २०२१ को लागि लागि सन् २०२० मा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको…

December 10, 2020