कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
मन्थली नगरपालिका-१२, गेलुकी ३१ वर्षीया मन्दिरा अधिकारीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा आफ्नै देवर ३० वर्षीय सन्तोषकुमार अधिकारीविरूद्ध ०८० साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले साउन ३१ गते घरायसी विवाद हुँदा विभिन्न आरोप लगाउँदै कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले सोही दिन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप नगरपालिका-८ का ३१ वर्षीय भूपेन्द्र भुजेललाई प्रहरीले ०८० साउन २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले आफ्नै घरमा लगि साउन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण साउन २५…
सिँचाई आयोजनाको काम अलपत्र पर्दा किसानको खेत बाँझै
खाँडादेवी गाउँपालिका-३, सित्खामा राज्यको ठुलो लगानीमा सञ्चालन गरिएको सिँचाइ योजनाको काम अलपत्र पारेर निर्माण व्यवसायी हिँडेपछि किसानको खेत बाँझै रहेको छ । सित्खा फाँट सिँचाइ गर्ने आयोजनाको काम अलपत्र परेपछि खेत रोप्न नपाएर किसानको खेत बाँझै रहेको हो । सुनकोसी नदीको पानी लिफ्ट गरेर खेतको माथि पोखरीमा जमाइ सिँचाई गर्ने…
अस्पतालको फार्मेसीमा औषधि नपाउँदा बिरामीहरू दोहोरो शुल्क तिर्न बाध्य
मन्थली अस्पतालको फार्मेसीमा औषधि नपाउँदो बिरामीहरू दोहोरो शुल्क तिर्न बाध्य भएका छन् । अस्पतालबाट स्वास्थ्य बिमाको औषधि लिने बिरामी हरेक पटक औषधि लिँदा दोहोरो शुल्क तिर्न बाध्य भएका हुन् । अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जाने बिरामीले नाम इन्ट्रि गर्दा स्वास्थ्य बिमाको २ सय रुपियाँ तिर्नुपर्छ । अस्पतालमा जाँच गरेर स्वास्थ्यकर्मीले…
खोलाले बगाएको कुलो बनाउन नसक्दा किसानलाई खेत रोप्नमा समस्या
खाँडादेवी गाउँपालिका-४, सुतारमा खोलाले बगाएको कुलो बनाउन नसक्दा किसानलाई खेत रोप्नमा समस्या परेको छ । खोलाले बगाएको कुलो बनाउन नसकेपछि यस वर्ष किसानहरूको खेतमा धान खेती नलाग्ने निश्चित भएको हो । आसपासमा धान रोपाइँ हुँदा सुतारका किसानहरू सुक्खा खेत हेरेर बस्न बाध्य भएको स्थानीय किसान पोषक बहादुर कार्कीले बताउनु भयो…
सरकारको निर्णय कार्यान्वयन नहुँदा दैनिक यातायात भाडामा ठगिँदै उपभोक्ता
सरकारले निर्धारण गरेको यातायात भाडा कार्यान्वयनमा ल्याउन रामेछापका यातायात व्यवसायीले अटेर गरेका कारण उपभोक्ता दैनिक ठगिएका छन् । रामेछापबाट काठमाडौँसम्म चल्ने यातायात साधनले सरकारले तोकेको भन्दा बढी भाडा लिँदै आएका छन् । यातायात साधनले बढी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक राखी सरकारले निर्धारण गरे अनुसारको भाडा…
इलाका प्रशासन कार्यालयमा ६ वर्षदेखि ताला नखुल्दा स्थानीय नागरिक मर्कामा
दुर्गमका नागरिकलाई सेवा दिन स्थापना गरिएको इलाका प्रशासन कार्यालय, लाप्चानेमा कर्मचारी नगएको कारण ६ वर्षदेखि कार्यालय नखुल्दा स्थानीय नागरिक मर्कामा परेका छन् । सो कार्यालयका कर्मचारी जिल्ला प्रशासन कार्यालयमा बसेर काम गरिरहेका छन् । जिल्लाको उत्तरी भेगको उमाकुण्ड र गोकुलगङ्गा गाउँपालिकाका नागरिक नागरिकता लगायतका कागजात बनाउन एक दिनको जोखिमपूर्ण यात्रा…
अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या
मन्थली नगरपालिका स्थित मन्थली अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र परेर जस्ताको टहरोमा सञ्चालनमा हुँदा सेवाग्राहीलाई समस्या परेको छ । अस्पताल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नसकिदिँदा टहरोमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । अस्पताल निर्माणको लागि श्री गाल्वारलाल शुभ मेन्द्रो जेभी काठमाडौँले जिम्मा लिएका थिए ।…
नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगको खोप र औषधि उपलब्ध नगराउँदा किसानमा आर्थिक क्षति
मन्थली नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगको खोप र औषधि समयमा उपलब्ध गराउन नसक्दा किसानहरूका पशु रोगका कारण बिरामी पर्नुका साथै मरेर आर्थिक क्षति व्यहोर्नु परेको छ । नगरपालिकाको पशु सेवा शाखाले खोप र औषधि उपलब्ध नगराउँदा आफूले पालेको गोरु मरेको मन्थली नगरपालिका-१ का किसान मेघराज घिमिरेले गुनासो गर्नुभयो । ‘रोग…
सुनापति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्षमाथि शिक्षकद्वारा आक्रमण
सुनापति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ध्रुव चौलागाईँमाथि बाटोमा बजेट नहालेको आरोपमा दोरम्बा शैलुङ गाउँपालिका-६, बुद्धेश्वरी आधारभूत विद्यालयका शिक्षक ३३ वर्षीय नीराजन घिसिङले ०८० असार २० गते भौतिक आक्रमण गरेका छन् । वडा अध्यक्ष चौलागाईँमाथि घिसिङले टेवलमा भएको बुद्धको मुर्तीले हान्ने क्रममा जोगाउन जानु भएका सुनापति गाउँपालिका-१, गुन्सीका ५७…