बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमकुण्ड गाउँपालिका-३, गुप्तेश्वरका ४७ वर्षीय दिलबहादुर कार्कीलाई प्रहरीले ०८० असोज ६ गते गाउँबाटै गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर शैलेन्द्रकुमार खड्काले जानकारी दिनुभयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा घरबाट नजिकैको जङ्गलमा लगि बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका…
रामेछापमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम
संविधान दिवसको अवसरमा ०८० असोज ३ गते रामेछापमा विविध कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते मन्थलीमा र्याली सहितको प्रवचन कार्यक्रम सम्पन्न भएको छ । संविधान दिवस मूल आयोजक समितिको आयोजना, मन्थली नगरपालिकाको व्यवस्थापन तथा इन्सेक लगायतका विभिन्न नागरिक संस्थाहरू, शिक्षण संस्था, विभिन्न धार्मिक तथा पेसागत…
नगरपालिकामा विद्यालय उमेरका बालबालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित
रामेछापको जिल्ला सदरमुकाम रहेको मन्थली नगरपालिकामा विद्यालय उमेरका बालबालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित भएका छन् । मन्थली नगरपालिकालाई बालमैत्री शासन सञ्चालन भएको नगरपालिका घोषणा गर्ने तयारीको क्रममा गरिएको सर्वेक्षणमा विद्यालय उमेरका बालबालिकाहरू विद्यालय शिक्षाको अधिकारबाट वञ्चित रहेको पाइएको हो । नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीका अनुसार सो नगरपालिकामा अहिले पनि विद्यालय…
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा सचेतना र्याली
मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसको अवसरमा ०८० भदौ २० गते रामेछापको सदरमुकाम मन्थलीमा सचेतना र्याली आयोजना गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति र जिल्ला प्रशासन कार्यालयको आयोजना र इन्सेक, गैरसरकारी संस्था महासङ्घ नेपाल रामेछाप, रामेछाप बार एसोसिएसन लगायतको सहकार्यमा र्याली भएको हो । मानव…
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी जिल्लाभर मनाइएको छ । इन्सेकका जिल्ला प्रतिनिधि समेत रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको आयोजनमा ०८० भदौ १९ गते जिल्लाका विभिन्न विद्यालयहरूमा मानव बेचबिखन विरुद्धको सचेतना कक्षा सञ्चालन गरिएको छ । समितिका सदस्य तथा…
व्यक्तिको नामको जग्गाधनी पुर्जा रोकिदिएपछि नागरिकहरू सम्पत्ति माथिको अधिकारबाट वञ्चित
व्यक्तिको जग्गा सुरक्षित गरिदिनु पर्ने राज्यले ५० वर्षदेखि व्यक्तिको नामको जग्गाधनी पुर्जा रोकिदिएपछि रामेछापको उमाकुण्ड गाउँपालिका-१, भकाञ्जेका नागरिकहरू सम्पत्ति माथिको अधिकारबाट वञ्चित भएका छन् । उहाँहरूले आफ्नो जग्गालाई न आफ्नो भन्न पाउनुभएको छ, न किनबेच नै गर्न पाउनुभएको छ । भूमि माथिको अधिकार नागरिकको प्रमुख अधिकार हो । व्यक्तिको जग्गा…
रामेछाप कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु
रामेछाप कारागारमा सजाय भोगिरहेका उमाकुण्ड गाउँपालिका-६, रोटेका ८४ वर्षीय पदमबहादुर श्रेष्ठको उपचारका क्रममा ०८० भदौ ४ गते मृत्यु भएको छ । कारागार कार्यालय, रामेछापका प्रमुख रूपलाल तामाङका अनुसार भदौ ४ गते बिहान शौचालय जाने क्रममा लडेर घाइते हुनुभएका श्रेष्ठलाई तत्काल जिल्ला अस्पताल रामेछापमा भर्ना गरिएको थियो । उहाँको उपचारको क्रममा…
अपाङ्गमैत्री भौतिक संरचना नहुँदा अपाङ्गता भएकालाई समस्या
जिल्लामा अपाङ्गमैत्री भवन निर्माण नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरूले गुनासो गरेका छन् । रामेछापका स्थानीय तहका भवनहरू अपाङ्गमैत्री नबन्दा सेवा लिन जाने अपाङ्गता भएका नागरिक सोझै कार्यालय भित्र जानबाट वञ्चित भएको हो । जिल्लामा दुई ओटा नगरपालिका र ६ ओटा…
'दोरम्बा हत्याकाण्ड, मानवता विरुद्धको गम्भीर अपराध'
नेपालमा २०५२ सालदेखि २०६२ सालसम्म भएको सशस्त्र द्वन्द्वको समयमा मानव अधिकार उल्लङ्घनका थुपै घटना भए । यस्ता कतिपय घटना मानवता विरुद्धका गम्भीर प्रकृतिका छन् । तथापि त्यस्ता घटनाका सम्बन्धमा अझै सत्यतथ्य अध्ययन भएको छैन । जसले गर्दा पीडितले न्याय पाउन सकेका छैनन् । मानवता विरुद्धको द्वन्द्वकालीन घटनाको रूपमा रामेछापको दोरम्बामा…