मानव अधिकार कार्ययोजना मस्यौदा समिति सदस्यमा इन्सेक प्रतिनिधि चयन
कालिका गाउँपालिका स्तरिय मानव अधिकार कार्ययोजनासम्बन्धी मस्यौदा समितिको सदस्यमा इन्सेकका जिल्ला प्रतिनिधि हेमनाथ खतिवडा चयन हुनु भएको छ । स्थनीय तहको कार्ययोजना तयार गर्ने गरी सरोकारवालाहरूको सहभागितामा कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेको संयोजकत्वमा ०७८ भदौ १९ गते ११ सदस्य रहेको मस्यौदा समिति गठन भएको हो । समितिमा पालिकाका पाँचै वडाका वडा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ र १५ वर्षीया दुई बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित कालिका गाउँपालिका–३ धारापानीका २० वर्षीय नवराज न्यौपानेलाई प्रहरीले ०७८ भदौ १६ गते घरबाट गिरफ्तार गरेको छ । सोही घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका २४ वर्षीय सन्तोष लामिछानेलाई प्रहरीले ०७८ साउन ५ गते घरैबाट गिरफ्तार गरेको थियो । पीडित…
भूकम्पले भत्केको विद्यालय अझै बनेन, भवन अभावले विद्यार्थी टहरामा
२०७२ को विनाशकारी भूकम्पका कारण विस्थापित भई उत्तरगया गाउँपालिका–५ खाल्टेमा रहेको क्याम्पमा बस्तै आएका ५ सय ६० बालबालिकाकालागि पढ्ने विद्यालय नहुँदा समस्यामा परेका छन् । नेपालको संविधानले आवासको हक नागरिकको मौलिक हकका रूपमा समेटिए पनि भूकम्पका कारण विस्थापित २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा बालबिलका अझैसम्म अस्थायी टहरामै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका–३ धारापानीका २७ वर्षीय रमेश अधिकारीलाई प्रहरीले ०७७ माघ ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई माघ २४ गते विद्यालयबाट घर फर्कंदै गर्दा बाटो छेकेर यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले माघ २९ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी कार्यालय कालिकास्थानमा उजुरी दिनु भएको छ । घर नजिकै आफ्नो बारीमा बाख्रा नचराउन भनेपछि आरोपितद्वयले गाली गलौज गर्दै लछारपछार गरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–६ का २२ वर्षीय यामप्रसाद भट्टराईलाई प्रहरीले पुस २५ गते धुन्चेबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २५ गते बिहान १० बजे आफ्नै कोठामा लगि बलात्कार गरेको भन्दै पीडितकी आमाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा आरोपित भट्टराईविरुद्ध उजुरी दिएको डिएसपी इन्द्र सुवेदीले…
कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा समस्यामा
कारागार शाखा धुन्चेमा क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा स्वास्थ्य परीक्षण, खानेपानी, शौचालय जस्ता अत्यावश्यक सेवामा समस्या रहेको छ । ‘ङ’ श्रेणीको जिल्ला कारागारको क्षमता २५ जनाको छ । तर हाल यस कारागारमा १ सय १५ जना कैदी र ११ जना थुनुवा गरी १ सय २६ जना छन् । जसमा महिला…
मानव अधिकारको संरक्षण र सम्बर्धनका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेः सरोकारवाला
७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस, ७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार रक्षक दिवस तथा भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा रसुवामा इन्सेकालगायत सामाजिक संस्थाहरूले मङ्सिर २४ गते एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सामुदायिक विकास केन्द्र नेपाल र मानवअधिकार तथा सामुदायिक विकास स्रोत केन्द्रको संयुक्त आयोजनामा सरोकारवालाहरूले…
६ वर्षीया बालिकाको शव फेला, अपहरणपछि हत्या गरेको आरोपमा एक जना गिरफ्तार
कालिका गाउँपालिका–१ ग्राङकी ६ वर्षीया सुमिना तामाङको शव मङ्सिर २३ गते गाउँ नजिकै ओढारमा मृत अवस्थामा भेटिएको छ । घटनास्थल नजिकै स्कुल ड्रेस, झोला, र चाउचाउ समेत भेटिएको थियो । ग्राङ आधारभूत विद्यालयमा अध्ययनरत बालिका मङ्सिर २१ गतेदेखि विद्यालयबाट हराइरहेकोमा अपहरण गरेको आशङ्कामा नुवाकोट जिल्ला, किस्पाङ गाउँपालिका–५ की १९ वर्षीया…
द्वन्द्व पीडितले राहत नपाएको गुनासो
दशवर्षे सशस्त्र द्वन्द्वको क्रममा घाइते तथा अङ्गभङ्ग भएका द्वन्द्व पीडितले राहत नपाएको गुनासो गरेका छन् । सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएर द्वन्द्व पीडित परिचय पत्र प्राप्त गरेका तर अहिले आफू जस्ता धेरैको राहत पाउने सूचिबाट नाम हटेको द्वन्द्व पीडित उत्तरगया गाउँपालिका–२ का ३५ वर्षीय सन्तोष अधिकारीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो…