विस्थापित बालबालिकाका लागि विद्यालय अभाव
०७२ सालको भूकम्पका कारण विस्थापित हुनु पुगेका उत्तरगया गाउँपकालिकाको हाकु र डाडा गाउँका २ सय ६९ परिवारका बालबालिकाहरूका लागि अझै विद्यालयको अभाव रहेको छ । उत्तरगया गाउँपालिका–५ खाल्टेमा रहेको विस्थापित क्याम्पमा ५ सय ६० बालबालिका पढ्ने विद्यालय पुनर्स्थापना हुन नसक्दा आधारभूत शिक्षा लिनका लागि घण्टौँ हिँडेर टाढाको विद्यालयमा पुग्नुपर्छ ।…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
कालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटा माथि दुर्व्यवहार गरेको अरोपमा कालिका गाउँपालिका–२ का ३८ वर्षीय विशु ढकाललाई प्रहरीले माघ २८ गते साँझ गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका असई कासीराम बुढाले बताउनु भयो । स्वास्थ्य सेवा विभाग सरुवा भएकाले कालिका गाउँपालिकाबाट विदाइ भएर हिँडेका सापकोटा चढेको गाडी इलाका प्रहरी कार्यालय कालिकास्थान…
स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सेवाग्राही मार्कामा
नौकुण्ड गाउँपालिकाको यार्सा स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज औषधि उपचार पाउन सकेका छैनन् । कोभिड–१९ सङ्क्रमणका कारण ज्वरो आउने, छाती दुख्ने समस्याले बिरामी भएर स्वास्थ्य चौकीमा पुग्दा पारासिटामोल जस्ता सामान्य औषधि सकिएको भन्दै स्वास्थ्यकर्मीले फिर्ता पठाएको स्थानीय नोर्बु लामाले बताउनु भयो । सरकारले स्वास्थ्य संस्थाबाट ३५ प्रकारका औषधि…
बलात्कार घटनाको कसुरमा जन्मकैद सजयको फैसला
६ वर्षीया बालिकालाई बलात्कार गरेका कसुरमा नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भई हाल गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेमा बस्ने २२ वर्षीय यमप्रसाद भट्टराईलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश राजेन्द्र नेपालको पुस २९ गतेको इजलासले भट्टराईलाई जन्मकैदको फैसला सुनाएको अदालतका श्रेस्तेदार मुना अधिकारीले बताउनुभयो । बालिकालाई ०७७ पुस १८…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते सम्पन्न भयो । समीक्षा कार्यक्रममा जनप्रतिनिधि तथा सरोकारवालाहरूले मानव अधिकार उलङ्घनका घटनामा कमी देखिए पनि अपराध तथा युवा दुर्व्यसनीका घटनामा कमी नआएकोले विद्यमान ऐन कानुनका प्रावधान र मानव अधिकार शिक्षा बारे गाउँगाउँमा…
हाकु स्वास्थ्य चौकीमा औषधि अभाव
आमाछादिङमो गाउँपालिकाको हाकु स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् । ज्वरो आउने, छाति दुख्ने समस्याले बिरामी भएर स्वास्थ्य चौकीमा पुग्दा औषधि सकिएको भन्दै स्वास्थ्यकर्मीले फिर्ता पठाएको स्थानीय सेते तामाङले बताउनुभयो । सरकारले स्वास्थ्य संस्थाबाट ३५ प्रकारका औषधि निःशुल्क प्रदानगर्ने भनेपनि गाउँमा औषधि अभाव भएपछि सेवाग्राही…
भूकम्पका कारण विस्थापित पुनर्स्थापित हुन सकेनन्
विनाशकारी भूकम्पका कारण विस्थापित भएको ६ वर्ष बित्दा पनि रसुवाका विस्थापितहरूको बस्ती स्थानान्तरण हुन नसक्दा सयौँ परिवार पुनःस्थापित हुन सकेनन् । उत्तरगया गाउँपालिका–५ खाल्टेमा टिनको अस्थायी छाप्रोमा बस्दै आएका विस्थापितलाई तत्लोपैरेमा एकीकृत बस्ती निर्माणको लागि जग्गा अधिग्रहण गरिएको एक वर्ष बित्दा पनि विस्थापित बस्ती निर्माण थालनी नभएपछि सुरक्षित आवासको अधिकारबाट…
कुटपिट गरी पत्नीको हत्या, आरोपित गिरफ्तार
नौकुण्ड गाउँपालिका-५ भोर्लेकी ७१ वर्षीया कान्छी भनिने बाटुली तामाङलाई असोज ३० गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ७१ वर्षीय पति बुधे भनिने बुद्धि ग्लान तामाङलाई असोज ३१ गते गिरफ्तार गरेको छ । बाटुलीलाई आरोपितले कुटपिट गरि धकेलेपछि आँगनमा लडेर बेहोस भएको र लगत्तै नुवाकोटको त्रिशूली अस्पताल लगेपछि डाक्टरले मृत…
न्यायको लागि पहल गरिदिनु हुन इन्सेक प्रतिनिधिसँग अनुरोध
गोसाइकुण्ड गाउँपालिका– ५ दुङदीकी २८ वर्षीया कुमारी बिकलले पति २९ वर्षीय कामपासाङ तामाङले घरमा पस्न नदिइ हेला गरेको भन्दै न्यायको लागि पहल गरिदिन इन्सेकका जिल्ला प्रतिनिधिसँग अनुरोध गर्नु भएको छ । पीडित कुमारीले गाउँपालिकामा विवाह तथा दुई जना छोरीको जन्मदर्ता र माना चामल भराई पाउनको लागि निवेदन दिएको लामो समयसम्म…
विस्थापित बालबालिकाको लागि विद्यालयको अभाव
उत्तरगया गाउँपालिका–५ खाल्टेमा रहेको भूकम्पबाट विस्थापित क्याम्पमा रहेका ५ सय ६० जना बालबालिकाको लागि पढ्ने विद्यालयको अभाव छ । कोभिड–१९ को प्रभावले भएको लामो बन्दाबन्दीपछि विद्यालय खुले पनि यहाँका बालबालिकाहरू आधारभूत शिक्षा लिनका लागि दुई घण्टासम्म हिँड्नु पर्ने बाध्यता छ । यहाँका विस्थापित बालबालिकाहरू क्याम्प नजिकै विद्यालय नहुँदा नुवाकोटको बिदुर…