हत्या प्रयास घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

राक्सिराङ गाउँपालिका-३, सानो देवकोटका ३६ वर्षीया देबिमायाँ थोकरको घरायसी विवादमा चिरपट प्रहार गरी हत्या प्रयास गरेको आरोपमा ३० वर्षीय सागर योन्जन विरुद्ध ०८० कात्तिक ७ गते इलाका प्रहरी कार्यालय, मनहरीमा उजुरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीका अनुसार आरोपितले कात्तिक ६ गते घरायसी विवाद हुँदा पत्नीलाई…

२०८० कार्तिक ८, बुधबार २०:१२ गते  
बागमती प्रदेशसभाका सभामुखसमक्ष नागरिक सम्मेलनद्वारा पारित घोषणापत्र बुझाइयो

बागमती प्रदेश सभाका सभामुख समक्ष नागरिक सम्मेलनद्वारा पारित घोषणा पत्र ०८० असोज २४ गते बुझाइएको गरिएको छ । नागरिक सम्मेलनले पारित गरेको १३ बुँदे घोषणा पत्र गैसस महासङ्घ बागमती प्रदेश अध्यक्ष आरती पाठकले प्रदेश सभामुख भुवनकुमार पाठकलाई बुझाउनु भएको हो । राज्य सञ्चालनको विद्यमान अवस्थामा आइपुग्दा देश र आम नागरिकहरूले भोग्नु…

२०८० आश्विन २५, बिहीबार ०७:५३ गते  
ज्येष्ठ नागरिक हत्या प्रयास घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

हेटौँडा उपमहानगरपालिका-१३, मुस्कान टोलका बुबा ६५ वर्षीय जित बहादुर मोक्तानको घरायसी विवादमा कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा ३५ वर्षीय दिपक मोक्तान विरुद्ध ०८० असोज २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश साहका अनुसार आरोपितले असोज १९ गते घरायसी विवाद हुँदा बुबालाई…

२०८० आश्विन २२, सोमबार १४:३५ गते  
गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेशद्वारा चौथो वार्षिक साधारण सभा तथा बृहत नागरिक सम्मेलन सम्पन्न

गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेशद्वारा चौथो वार्षिक साधारण सभा तथा बृहत नागरिक सम्मेलन ०८० असोज २१ गते हेटौँडामा सम्पन्न भएको छ । उक्त सम्मेलनमा बागमती प्रदेश सभाका सभामुख भुवनकुमा पाठकले नागरिक समाज संस्थाहरूले मानव अधिकार संरक्षण तथा विकास साझेदारको रूपमा महत्वपूर्ण कार्य गरेको बताउनु भयो । उहाँले नागरिक समाजले गरेको…

२०८० आश्विन २१, आईतवार २२:४४ गते  
श्री पशुपति माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४, मसिनेस्थित श्री पशुपति माविको विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ असोज १८ गते हस्तान्तरण गरेको छ । श्री पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्यले इन्सेकले दिएको रकमबाट विद्याथीले विद्यालयमा अतिरित क्रियाकलाप सञ्चालन गर्ने बताउनु…

२०८० आश्विन १८, बिहीबार १४:२६ गते  
राष्ट्रिय रोटरी माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-७ स्थित राष्ट्रिय रोटरी माविको विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज १७ गते हस्तान्तरण गरेको छ । इन्सेकद्वारा विद्यालयमा गठन गरेको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नेको लागि कोष रकम…

२०८० आश्विन १८, बिहीबार १४:१६ गते  
मानव अधिकार समूहको स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकार समूहको स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० असोज १६ गते सम्पन्न भएको छ । उक्त बैठकबाट राक्सिराङ गाउँपालिकामा रहेका समस्याहरूको बारेमा पहिचान गरिएको छ । जस अन्तर्गत शिक्षा क्षेत्रमा देखिएका समस्यामा विद्यालय परिसरभित्र सरसफाइको अभाव…

२०८० आश्विन १७, बुधबार १२:५५ गते  
श्री प्रजा माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, चैनपुरस्थित श्री प्रजा माविको विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ असोज १५ गते हस्तान्तरण गरेको छ । इन्सेकद्वारा विद्यालयमा गठन गरेको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नेको लागि कोष रकम सहयोग…

२०८० आश्विन १७, बुधबार ०९:३९ गते  
श्री सुर्योदय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गरेको राक्सिराङ गाउँपालिका-३, पलासे स्थित श्री सुर्योदय माविको विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज १५ गते हस्तान्तरण गरेको छ । इन्सेकद्वारा विद्यालयमा गरिएको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलापको लागि कोष रकम हस्तान्तरण गरिएको…

२०८० आश्विन १७, बुधबार ०९:३० गते  
बिरामीसहितका परिवारलाई नियन्त्रणमा लिएर हिरासतमा राख्दा बिरामीको मृत्यु भएको आरोप

बकैया गाउँपालिका-१ की मुटु रोगको बिरामी ५६ वर्षीया चिरमाया लोलाई परिवारले ०८० असोज १४ गते काठमाडौँबाट घरतर्फ लैजाँदै गर्दा प्रहरीले एम्बुलेन्समा आएका बिरामीसहितका परिवारलाई नियन्त्रणमा लिएर हिरासतमा राख्दा बिरामी महिलाको मृत्यु भएको आरोप लागेको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज…

२०८० आश्विन १६, मंगलवार ०७:४४ गते