कुटपिट घटनाका आरोपित शिक्षकलाई कारबाहीको माग

बकैया गाउँपालिका–३ स्थित बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी १४ वर्षीय सागर थिङलाई पुस २३ गते कुटपिट गरी घाइते बनाएको भन्दै शिक्षक ३७ वर्षीय योगबहादुर राईविरुद्ध पुस २५ गते पीडित विद्यार्थीका अभिभावक र विद्यार्थी सड्गठनले कारबाहीको माग गरेका छन् । साथै कुटपिट घटनाको विषयलाई लिएर अनेरास्ववियु मकवानपुरले पुस २५…

January 9, 2022  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) मकवानपुरको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२२ को लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व समीक्षा कार्यक्रम पुस २२ गते हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले देशमा भएका विभिन्न आन्दोलनले व्यवस्थाहरू परिवर्तन भए पनि समाजमा देखिने…

January 6, 2022  
महिला माथि हुने हिंसाविरुद्ध स्थानीय सरकार र महिलाबीच सम्वाद कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाको आयोजनामा पुस १२ गते मनहरी गाउँपालिका स्तरिय मानव अधिकार र महिलामाथि हुने हिंसासम्बन्धी स्थानीय सरकार र महिलाबीच सम्वाद कार्यक्रम सम्पन्न भएको छ । इन्सेकले सञ्चालन गरेको ‘आर्थिक तथा सामाजिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम’ (रिन्यु परियोजना) अन्तर्गत महिलामाथि हुने हिंसाविरुद्ध स्थानीय सरकारले…

December 28, 2021  
मानव अधिकार रक्षकलाई कोभिड–१९ महामारीको चुनौती

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद शर्मा ढुङ्गेलले कोभिड–१९ महामारीमा मानव अधिकार रक्षकलाई सहज ढङ्गले काम गर्न चुनौती बढेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजना तथा गैसस महासङ्घ प्रदेश समितिको सहकार्यमा ०७८ मङ्सिर २५ गते मानव अधिकार रक्षकको घोषणापत्र…

December 13, 2021  
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न

७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम सहित मङ्सिर २४ गते मनाइएको छ । “जीवन मर्यादा समानता र स्वतन्त्रताको अधिकारः दीगो शान्ति र समृद्धिको आधार” भन्ने मुल नाराका साथ ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सम्पन्न भएको हो । यसै गरी ‘विधिको शासन कायम गरौ, मानव अधिकारको सम्मान गरौँ‘…

December 11, 2021  
महामारीमा नागरिक समाजलाई हेर्ने नजर परिवर्तन भएनः अध्यक्ष लामा

गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष जीतराम लामाले राज्यले महामारीको समयमा नागरिक समाजलाई हेर्ने नजर परिवर्तन गर्न नसकेको बताउनु भयो । इन्सेक बागमती प्रदेशको आयोजना तथा गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेश समितिको सहकार्यमा मङ्सिर ९ गते हेटौँडामा आयोजना गरेको महामारी र विपद्ले नागरिक समाजमा पारेको असर सम्बन्धमा गरिएको अध्ययनउपर छलफल…

November 26, 2021  
इन्सेकद्वारा मनहरीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर ८ मनहरी गाउँपालिकामा सरोकारवालाहरूसँग शिक्षा, स्वास्थ्य एवम् खाद्यलगायतका अधिकारको विषयमा सार्वजनिक सुनुवाइ गरेको छ । डब्लुपीडी नेपालको सहयोगमा अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत संस्थाले गाउँपालिकाभित्र भइरहेका समस्या एवम् समाधानका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको हो । उक्त कार्यक्रममा गाउँपालिकाका कार्यालयबाट प्रदान…

November 26, 2021  
अपरिचित व्यक्तिहरूको समूहद्वारा स्काभेटरमा आगजनी

अपरिचित व्यक्तिहरूको समूहले राक्सीराङ गाउँपालिका–४ गिङ्गु खानीमा एउटा स्काभेटरमा आगजनी गरेको छ भने दुई ओटामा तोडफोड भएको छ । राक्सिराङ गाउँपालिकास्थित मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिको भवन अगाडि पार्किङमा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगका तीन ओटा स्काभेटरमध्ये प्रदेश ३–०१–००३ बा ५७३४ नम्बरको स्काभेटरमा साँझ ६ बजे आगजनी हुँदा स्काभेटर जलेर पूर्णरूपमा क्षति…

November 15, 2021  
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजना एवम् मानव अधिकार समूह हेटौँडा उपमहानगरपालिकाको संयोजनमा ०७८ असोज १५ गते हेटौँडामा खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. २ का वडा महेशमान श्रेष्ठले खाद्य अधिकारका विषयमा उपभोक्ता चनाखो हुन जरुरी रहेको बताउनुभयो । उहाँले उपभोक्तले…

October 2, 2021  
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा समस्या पहिचान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा हेटौँडा उपमहानगरपालिकास्तरीय मानव अधिकार समूहले असोज १४ गते हेटौँडामा नागरिकको मौलिक हक अन्तर्गतको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा समस्या पहिचान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मानव अधिकार प्रवर्धन र संरक्षणका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले हेटौँडा…

September 30, 2021