बलात्कार घटनाका आरोपित गिरफ्तार 

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फापरवारी गाविस-१ का १८ वर्षीय मौसम गोलेलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १९ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय फापरवारीमा कात्तिक २० गते पीडित पक्षले उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १९ गते…

२०७३ कार्तिक २२, सोमबार १०:१० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय एक बालकलाई प्रहरीले कात्तिक ७ गते  गिरफ्तार गरेको छ । पीडित बालिकालाई कात्तिक ६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा कात्तिक ७ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ८ गते…

२०७३ कार्तिक ८, सोमबार १४:४७ गते  
बलात्कार गरेको ठहर गर्दै ११ वर्षकैदको फैसला

अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै भैंसे गाविस-२ का ६३ वर्षीय अर्जुन भनिने भक्तबहादुर रानामगरलाई जिल्ला अदालत मकवानपुरले ११ वर्षकैद गर्ने फैसला सुनाएको छ । अदालतले पीडित बालिकालाई पीडकबाट २ लाख रुपियाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाको असोज १२ गते बसेको इजलासले…

२०७३ आश्विन १२, बुधबार १५:१८ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

हेटौँडा उमनपा-१० की अम्बिका विष्टको उजुरीका आधारमा ३८ वर्षीय पति रामकुमार क्षेत्री र हेटौँडा उमनपा-४ की ३५ वर्षीया आशा श्रेष्ठलाई प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ । पीडित महिलाले असोज ३ गते जिल्ला प्रहरी कार्यालय हेटौडामा पति रामकुमारले आशासँग बहुविवाह गरेको आरोपमा उजुरी गरेपछि अनुसन्धानका लागि उनीहरूलाई गिरफ्तार गरिएको…

२०७३ आश्विन १२, बुधबार १५:१५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छतिवन गाविस–३ का ३९ वर्षीय अमरबहादुर घिसिङलाई भदौ २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय हेटौंडामा भदौ २८ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २९ गते…

२०७३ भाद्र ३०, बिहीबार १५:०४ गते  
भवन अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएकाको जेल जीवन कष्टकर

क्षेत्रीय कारागार भीमफेदी, मकवानपुर अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएका बन्दी विवेक खड्काले कष्टकर जेल जीवन बिताइरहेका छन् । हिँड्न नसक्ने भएकाले उनी शौचालयमा समेत जान सक्तैनन् । आफ्नो कोठामा सुत्ने बन्दी साथीलाई अनुनय विनय गरेर मात्रै शौचालय जाने गरेको उनले बताए । लागु औषधको कारोवारमा जेल परेका हेटौँडा हटियाका खड्का तीन…

२०७३ भाद्र २१, मंगलवार ०६:३७ गते  
भूकम्पका कारण ३ हजार ३ सय ८२ जना बालबालिका उच्च जोखिममा

भूकम्पका कारण मकवानपुरका १८ वर्षमुनिका ३ हजार ३ सय ८२ जना बालबालिका जोखिममा रहेको युनिसेफ र बालकल्याण समाज मकवानपुरले गरेको एक अध्ययनले देखाएको छ । संरक्षणको दृष्टिकोणले जिल्लाका १ हजार ६ सय बालक र १ हजार ७ सय ८२ बालिका जोखिममा रहेका छन् । 'जोखिममा रहेका बालबालिका कुनै पनि बेला…

२०७३ भाद्र १९, आईतवार १५:०४ गते  
बलात्कार गरेको ठहरमा पाँच वर्षकैदको फैसला

अपाङ्गता भएकी २५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौंडा उमनपा-८ का ३७ वर्षीय गणेश दवाडीलाई पाँच वर्षकैदको फैसला गरेको छ । उक्त फैसलामा पीडकवाट पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउन पनि भनिएको छ । न्यायाधीश दयाराम ढकालको भदौ १५ गते बसेको इजलासले उक्त फैसला गरेको अदालतले…

२०७३ भाद्र १५, बुधबार १४:३८ गते  
असोजको पहिलो सातासम्म भूकम्पपीडितलाई पहिलो किस्ता उपलब्ध गराइने

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले हेटौंडामा भदौ १३ गते 'भूकम्पपीडितहरूको अवस्था र पुनःनिर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिविस मकवानपुरका योजना अधिकृत किसान न्यौपानेले असोजका पहिलो सातासम्म सबै भूकम्पपीडितरूलाई पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भदौको २२ गतेसम्म लाभग्राहीहरूसँग अनुदान…

२०७३ भाद्र १३, सोमबार १५:४१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई बलात्कार गरी गर्भधारण गराएको आरोपमा रौतहट जिल्ला बगई गाविस-३ घर भई हेटौँडा उपमहानगरपालिका-४ मा बस्दै आएका २३ वर्षीय धीरज ठाकुरलाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई गत वैशाख ५ गते ठाकुरले बलात्कार गरेको आरोप छ । पीडितका अभिभावकले ०७३ भदौ ३ गते जिल्ला अस्पताल…

२०७३ भाद्र ६, सोमबार ०६:५३ गते