बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय झड्केलो बावुलाई असार २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १५ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले असार २५ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा असार २६ गते…
बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका-१० का २१ वर्षीय कान्छा भन्ने राजेन्द्र रूम्बा र २० वर्षीय छिरिङ घिसिङलाई जनालाई जनही १० वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश खडानन्द तिवारीको असार ४ गते बसेको इजलासले कसुरदारबाट जनही ४० हजार रुपियाँ क्षतिपूर्ति भराउनसमेत आदेश गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ २३ गते ईन्द्रसरोवार गाउँपालिका–३ का २७ वर्षीय राजकुमार रानालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय पालुङमा जेठ २३ गते उजुरी दिएको थियो । आरोपित राना जिल्ला प्रहरी कार्यालय…
भूकम्प गएको तीन वर्षमा ५ हजार ४ सय ८३ घरमात्र पुनर्निर्माण
भूकम्प गएको तीन वर्षबितिसक्दा पनि मकवानपुरमा ५ हजार ४ सय ८३ घरमात्र पुनर्निर्माण भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले जेठ २३ गते हेटौँडामा आयोजना गरेको भूकम्पपीडितहरूको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सोमराज तिमल्सिनाले जानकारी गराए…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ११ वर्षीय बालकलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय फापरबारीमा जेठ ९ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १५ गते हेटौँडा अस्पतालमा गरिएको छ…
बलात्कार घटनाका अदालतबाट दोषी करार व्यक्ति ३३ वर्षपछि गिरफ्तार
बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेको तर ३३ वर्षदेखि फरार रहेका गढी गाउँपालिका-४ का ५० वर्षीय रामशरण थापालाई प्रहरीले जेठ १ गते गिरफ्तार गरेको छ । थापालाई २०४२ जेठ ९ गते जिल्ला अदालत मकवानपुरले बलात्कार गरेको ठहर गर्दै सात वर्षकैद गर्ने फैसला गरेको थियो । २०४० सालमा थापाले हाडनाता पर्ने…
वहुविवाह घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका-१२ का ३६ वर्षीय रामबहादुर थोकर र हेटौँडा उपमहानगरपालिका-१५ की २६ वर्षीया जानुका लामालाई वहुविवाह गरेको आरोपमा वैशाख २७ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितद्वयले ०७४ कार्तिक २० गते विवाह गरेका थिए । विवाह गरेर थोकर दम्पति घर जाँदा उनकी जेठी पत्नी साहिली थोकरले ०७५ वैशाख २४ गते…
छोरा नपाएको भन्दै पत्नीलाई कुटपिट गरेको घटना बढ्दो
छोरा नपाएको भन्दै पतिले पत्नीलाई कुटपिट गर्ने गरेका घटना बढ्दो रहेको जिल्ला प्रहरी कार्यालयको महिला तथथा बालबालिका सेवा केन्द्रले जनाएको छ । पाँच ओटा छोरी पाएर छैठौँ बच्चा जन्माउने तरखरमा रहेकी हेटौँडा पदमपोखरीकी ३१ वर्षीया पम्फा थिङलाई पति ३३ वर्षीय सानोकान्छा लामाले छोरा नपाउने गरेको भनेर वैशाख २० गते कुटपिट…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फापरवारी इलाका प्रहरी कार्यालयमा वैशाख ३ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ५…
बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले काठमाडौँका २६ वर्षीय दिनेश अधिकारीलाई ६ वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश स्वीकृत पराजुलीको फागुन २८ गते बसेको इजलाशले अधिकारीलाई ६ वर्षकैद र पीडितका नाममा १५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । पीडित बालिकालाई अधिकारीले ०७३ मङ्सिर २४ गते…