स्थानीय तहमा मानव अधिकार शिक्षा लागू गर्नुपर्छः सभामुख श्रेष्ठ
प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले स्थानीय तहमा मानव अधिकार शिक्षा लागू गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ३ कार्यालयले हेटौँडामा आयोजना गरेको मानव अधिकार आवधिक समीक्षा कार्यशाला गोष्ठीमा बोल्दै सभामुख श्रेष्ठले प्रदेश सरकारले मानव अधिकारका कानुनहरू निर्माण चरणमा रहेको बताउँदै अब स्थानीय तहमा समेत मानव अधिकार…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार गाउँपालिकाको प्राथमिकतामा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर १० गते मनहरी गाउँपालिकामा सञ्चालन गर्ने शिक्षा, स्वाथ्य, खाद्य र आवासको अधिकार सम्बन्धमा तीन वर्षे परियोजनाबारे गाउँपालिकाका जनप्रतिनिधी तथा सरोकारवालाहरूसँग परियोजनाको परिचायत्मक कार्यक्रमसम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतिले जनताको शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकार सुनिश्चितताको लागि सधैँ प्राथमिकतामा राख्ने प्रतिबद्धता…
खाने अन्न नभएपछि गिठ्ठा खोज्दै राक्सीराङका चेपाङ
मकवानपुरको पश्चिमी विकट क्षेत्र राक्सीराङका चेपाङ बस्तीमा खाने अन्नको अभाव बढ्दै गएपछि चेपाङहरू जङ्गलमा गिठ्ठा खोजेर खानेकुराको जोहो गर्ने गरेका छन् । राक्सीराङ गाउँपालिका–७ दामराङलगायत गाउँपालिकाको अधिकाँश वडामा बसोबास गर्दै आएका चेपाङहरू खानेकुराको लागि गिठ्ठाको भर पर्न बाध्य भएका हुन् । राक्सीराङ गाउँपालिकामा उत्पादन हुने मकै र कोदोले चेपाङहरूलाई वर्षको…
कारागारमा छैनन् स्वास्थ्यकर्मी , हचुवामा औषधि खान्छन् कैदीबन्दी
मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित क्षेत्रीय कारागारका कैदीबन्दी कारागारमा स्वास्थकर्मी नहुँदा हचुवामा औषधि सेवन गर्न बाध्य छन् । विभिन्न अपराधिक घटनाहरूमा अदालतबाट दिएको सजाय भूक्तान गरिरहेका कारागारका कैदी र अदालतको फैसला कुरिरहेका बन्दीलाई स्वास्थ्य समस्या देखिनासाथ कारागारमा तत्काल उपचार सुविधा छैन । कारागारमा दुईजना स्वास्थ्य सहायक (एचए) को दरबन्दी भएपनि एक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाश गाउँपालिका–२ का २० वर्षीय अनिश प्रजालाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक २४ गते इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २४ गते…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ का २८ वर्षीय जयराम रुम्बालाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरी फरार रहेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा फरार आरोपितलाई गिरफ्तार गरिएको उक्त…
एसिड प्रहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–३ की २६ वर्षीया विन्दावासिनी कंसाकारलाई एसिड प्रहार भएको घटनाका आरोपित हेटौँडा उमनपा–२ का २८ वर्षीय सञ्जय मण्डललाई प्रहरीले कात्तिक २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै कंसाकारलाई एसिड प्रहार गर्ने मुख्य आरोपित दिलिपराज केशरीलाई सहयोग गरेको अभियोग (मतियार)मा प्रहरीले मण्डललाई हेटौँडा उमनपा–४…
सामाजिक अभियन्ताहरूको सक्रियतामा बाल विवाह रोकियो
राक्सिराङ गाउँपालिका–८ चे गाउँमा हुन लागेको बाल विवाह सामाजिक अभियन्ताहरूको सक्रियतामा रोकिएको छ । स्थानीय श्री आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ७ मा अध्ययनरत १७ वर्षीया बालिकासँग कात्तिक २१ गते चेपाङ समुदायको परम्परा अनुसार केटापक्ष विवाहका लागि पोङ राख्न आएको थाहा पाएपछि अभियन्ताहरूको पहलमा विवाह रोकिएको हो । दीगो विकासका लागि…
एसिड प्रहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–३ की २६ वर्षीया विन्दवासिनी कंसाकारलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले भारत महाराजगञ्ज अमरपुर्वन–६ का ३२ वर्षीय राज भनिने दिलिपराज केशरीलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै आरोपितले ०७० वैशाख ९ गते एसिड प्रहार गरेका थिए । आरोपितलाई प्रहरीले साढे ६…
अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी
थाहा नगरपालिका-५ को कार्यालयमा अज्ञात पक्षले असोज २६ गते राति आगजनी गरेको छ । आरनडाँडामा रहेको वडा कार्यालयमा असोज २६ गते राति करिब १२ बजेतिर आगजनी भएको वडा अध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिए । आगजनी पश्चात् कार्यालयको मिटर बक्स पड्केको आवाज सुनेर गाउँलेले खबर गरेको वडा अध्यक्ष गुरुङले बताए ।…