बाल अधिकार चेतना समूह गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ स्थित अमर माविमा बाल अधिकार चेतना समूह गठन गरिएको छ । विद्यालयमा माघ ८ गते इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमको प्रमुख आतिथ्यतामा भएको बाल अधिकार सचेतना समुह…
तेस्रोलिङ्गी हत्या घटनाका आरोपित गिरफ्तार
तेस्रोलिङ्गी महिला २९ बर्षीया अजिता भुजेलको हत्याको आरोपमा मकवानपुर प्रहरीले ५ जनालाई गिरफ्तार गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरकी भुजेलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले माघ ७ गते ५ जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता इन्सपेक्टर ललनप्रसाद कुर्मीले जानकारी दिनुभयो । प्रहरीले मोबाइल कल…
पत्नि हत्याको कसुरमा आरोपित पति गिरफ्तार
हेटौंडा उपमहानगरपालिका–१८ दियावतीकी २५ बर्षीया मिना अधिकारीको हत्याको आरोपमा मकवानपुर प्रहरीले उनका पति २८ वर्षीय यज्ञराज अधिकारीलाई गिरफ्तार गरेको छ । माघ ५ गते बिहान घर नजिक खोल्सामा मिनाको शव भेटिएपछि मिनाको माइती पक्षले यज्ञराजले नै हत्या गरेको भनी जिल्ला प्रहरी कार्यालयमा माघ ५ गते उजुरी दिएपछि प्रहरीले माघ ५ गते नै घरैबाट यज्ञराजलाई…
शिक्षकको हत्या गरेकाे आराेपमा जन्मकैदको फैसला
हेटौँडा उपमहानगरपालिका-११ घर भइबुद्ध माविमा कार्यरत ३८ वर्षीय शिक्षक मनोहर ढकालको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका- ११ का १९ वर्षीय प्रविण वाइवा र २० वर्षीय अनमोल पुडासैनीलाईजन्मकैद र डाँका मुद्धामा ३९ वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश डिल्लीरत्न श्रेष्ठको माघ २ गते बसेको इजलासले यस्तो…
बागमती प्रदेशमा मानव अधिकारबिरुद्वका घटना बढ्याे
बागमती प्रदेशमा सन् २०१९ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती कार्यालयले पुस २९ गते हेटौंडामा आयोजना गरेको बागमती प्रदेशको मानव अधिकार अवस्थाबारे अन्तरक्रिया यस्तो उक्त तथ्याङ्क सार्वजनिक गरिएको छ । कार्यक्रममा सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म संकलित मानव अधिकार उल्लङ्घनका…
परिवार विरूद्ध कानुनी उपचार खोज्दैनन् पीडित महिलाहरू
परिवारको सदस्यबाट हिंसाको शिकार भएका अधिकांश पीडित महिलाहरू कानूनी उपचारको बाटो नखोज्ने गरेको पाइएको छ । घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ ले घरेलु हिंसा गर्ने मानिसलाई दण्ड सजायँ हुने व्यवस्था गरेको छ । पारिवारिक सम्बन्धकै व्यक्तिबाट हिंसाका घटना हुने भएकाले पीडितले न्यायको खोजी गर्न समेत कठिनाई भोग्ने गरेको…
मौलिक हक सुनिश्चितताको लागि स्थानीय तहलाई अधिकार आवश्यक
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले संबिधान प्रदत्त मौलिक हक सुनिश्चितताको लागि स्थानीय तहलाई अधिकार आवश्यक भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा भएको परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै उपप्रमुख लामाले यस्तो बताउनुभएको हो । अधिकार नहुँदा उपमहानगरपालिकामा सुकुम्बासीको समस्या…
प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा नाम बागमती
प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा दुई तिहाईभन्द बढी मतका साथ पारित भएको छ । प्रदेश सभामा पुस २७ गते भएको मतदान प्रक्रियामा प्रदेश सभाका कुल एकसय १० सदस्यमध्ये हेटौंडाको पक्षमा एकसय पाँच मत खसेको छ । हेटौंडाको विपक्षमा जम्मा ३ मत परेको छ । प्रदेश ३ को स्थायी…
स्थानीय तहकाे प्रयासमा रोकिए १२ ओटा बालविवाह
मकवानपुरको पश्चिमी क्षेत्रमा रहेकाे मनहरी गाउँपालिकाले एकबर्षमा १२ वटा बालविवाह हुनबाट रोकेको छ । बालमैत्री स्थानीय शासन निर्माण गरी गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने अन्तिम चरणमा रहेको मनहरी गाउँपालिकाले २०७५ मङ्सिरदेखि ०७६ पुसको २० गतेसम्म १२ वटा बालविवाह रोकेको हो । बाल सञ्जालको सक्रियतामा २०७६ पुस ११ गते मनहरी गाउँपालिका–६…
शुल्क बृद्धिको विरोधमा क्याम्पसमा ताला
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनले शुल्क वृद्धि फिर्ता लिन माग गर्दै क्याम्पसको प्रशासन शाखा, सहायक क्याम्पस प्रमुखको कार्य कक्ष र स्टाफ कक्षमा पुस २२ गते ताला लगाइदिएका छन् । साथै सञ्चालक समितिलाई थप दबाब सिर्जना गर्न पुस २२ गते दिउँसोदेखि नै स्ववियु सभापति कुमार केसी,…