छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकहरूलाई कारबाही नभएको भन्दै विद्यार्थीद्वारा विद्यालयमा प्रदर्शन र तोडफोड
छात्राहरूमाथि यौन दुर्व्यवहारको आरोप लागेका तीन जना शिक्षकलाई कारबाही नभएको भन्दै बागमती गाउँपालिका–८ मा रहेको जनता मावि फापरबारीका विद्यार्थीले ०७८ चैत २२ गते विद्यालयमा विरोध प्रदर्शन र तोडफोड गरेका छन् । विद्यालयका शिक्षकहरू रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकले कक्षाकोठामा रहँदा गलत नियतले संवेदनसील अङ्गहरूमा छुने, अपशब्द बोल्ने गरेको…
निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरूलाई आयोगको ६० बुँदे निर्देशन
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न राजनीतिक दलहरूलाई चैत २२ गते ६० बुँदे निर्देशन दिएको छ । स्थानीय निर्वाचन २०७९ मा भाग लिन राजनीतिक दलका प्रतिनिधिलाई आयोगले कार्यालयमै बोलाएर निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि ६० बुँदे निर्देशन सहितको प्रतिज्ञापत्रमा हस्ताक्षर गराएर राजनीतिक दलहरूको प्रतिवद्धता लिएको हो । आयोगले…
बाल सुधार गृहलाई बाल मैत्री सुधार गृह बनाउन पहल गर्छुः प्रमुख जिल्ला अधिकारी पाण्डे
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बाल सुधार गृहलाई बाल मैत्री सुधार गृह बनाउन पहल गर्ने बताउनु भएको छ । हेटौँडा उपमहानगरपालिका–१९ स्थित थानाभर्याङमा रहेको बाल सुधार गृहको अनुगमनका लागि चैत १३ गते गएका इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारी, एडभोकेसी फोरमका कार्यकारी निर्देशक ओमप्रकाश सेन ठकुरी, अधिवक्ता कुमारप्रसाद…
बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ०७८ चैत ११ गते हेटौँडा उपमहानगरपालिका—११ का ३९ वर्षीय विमल लामालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले कसुरदार लामालाई १८ वर्ष कैद सजायको साथै पीडितलाई पीडकबाट एक लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउन…
सबैको सहकार्यबाटै लैङ्गिक हिंसा अन्त्य हुनसक्नेः उपाध्यक्ष मनिला विष्ट
मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टले सबैको सहकार्यबाटै लैङ्गिक हिंसा अन्त्य हुनसक्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा०७८ फागुन २६ गतेबाट सुरु भएको दुई दिने जनप्रतिनिधिहरूका तालिमका प्रमुख अतिथि विष्टले कसैको एकल प्रयासलेमात्रै हिंसाको अन्त्य नहुने भन्दै सबैको सहकार्य र लगावले मात्रै लैङ्गिक हिंसाको अन्त्य गर्न सकिने…
११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न
११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते हेटौँडामा मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरूले संयुक्त रूपमा र्याली सहित कोण सभा सिहत सम्पन्न भएको छ। ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगाएतका सङ्घसंस्थाहरूले संयुक्त रूपमा…
११२ औँ अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा अन्तरसम्वाद सम्पन्न
११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ‘लैंगिक समानता सामाजिक समावेसिकरण नीति विषयक’ अन्तरसंवाद कार्यक्रम ०७८ पुस २३ गते हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य तथा सामाजिक विकास मन्त्रालयका पूर्वराज्य मन्त्री जुनेली श्रेष्ठले अझै पनि समाजमा महिला हिंसाको समस्याहरू रहेको बताउनुभयो । आफूले महिला हकहितको…
मानव अधिकार वर्ष पुस्तक २०२२ का सन्दर्भमा सरोकारवालाँंग भेटघाट
मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकपछि पुस्तक र मानव अधिकारका समसामयिक विषयहरूमा छलफलको लागि इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बागमती प्रदेशस्तरिय सरोकारवाला व्यक्तिहरूसँग ०७८ फागुन २२ गते भेटघाट गर्नुभएको छ । इन्सेक कार्यकारी निर्देशक गौतम र इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा…
१६ बुँदे घोषणापत्र सार्वजनिक गर्दै मानव अधिकार रक्षकको प्रादेशिक सम्मेलन सम्पन्न
हेटौँडामा १६ बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षकको प्रादेशिक सम्मेलन फागुन २१ गते सकिएको सम्पन्न भएको छ । बागमती प्रदेशमा मानव अधिकार रक्षकको अवस्था नाजुक रहेको निर्क्यौल गर्दै फागुन २० गतेबाट सञ्चालित दुई दिने सम्मेलन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको उपस्थितमा २१ गते सम्पन्न भएको हो । सम्मेलनले…
बजार तथा पसल बन्द गर्ने तथा सवारी साधन तोडफोड गरेका घटनाका आरोपित गिरफ्तार
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा नेत्र विक्रम चन्दको नेकपासिहत ६ ओटा कम्युनिष्ट मोर्चाले ०७८ फागुन १६ गते गरेको नेपाल बन्द आह्वानको बागमती प्रदेशमा सामान्य प्रभाव परेको छ । अन्य दिनको तुलनामा लामाे तथा छोटो दूरीका यातायात सञ्चालनका केही कमी रह्यो भने बजार तथा पसल बन्द गर्ने तथा…