भूकम्प पीडितहरूको राहत र पुनःस्थापनाका विषयमा सार्वजनिक सुनुवाइ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरको आयोजनामा मङ्सिर १३ गते हेटौँडामा भूकम्प पीडितहरूको राहत तथा पुनःस्थापनाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिविस मकवानपुरका योजना अधिकृत किसान न्यौपानेले ऐलानी जग्गामा बसेका, विदेशमा रहेका पीडितलगायतका कारणले झण्डै ११ हजार लाभग्राहीहरूसँग अनुदानका निम्ति सम्झौता हुन नसकेको बताए । '१९…
घरजग्गाको स्वामित्वविहिन पीडितहरू अनुदानबाट वञ्चित
भूकम्पले घर भत्केकेा छ । उनीहरू १८ महिनादेखि टहरामा बस्दै आएका छन् । भूकम्पपीडितको रातो परिचयपत्र पनि उनीसँग छ । एक धुर पनि आफ्नो नाममा जग्गा नभएकाले भूकम्प प्रतिरोधी भवन निर्माण गर्न सरकारले उपलब्ध गराएको पहिलो किस्ताको अनुदान रकम हाँडीखोला गाविस-७ का धोवे वनकरियाले पाउन सकेका छैनन् । उनी अनुदान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फापरवारी गाविस-१ का १८ वर्षीय मौसम गोलेलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १९ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय फापरवारीमा कात्तिक २० गते पीडित पक्षले उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १९ गते…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय एक बालकलाई प्रहरीले कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई कात्तिक ६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा कात्तिक ७ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ८ गते…
बलात्कार गरेको ठहर गर्दै ११ वर्षकैदको फैसला
अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै भैंसे गाविस-२ का ६३ वर्षीय अर्जुन भनिने भक्तबहादुर रानामगरलाई जिल्ला अदालत मकवानपुरले ११ वर्षकैद गर्ने फैसला सुनाएको छ । अदालतले पीडित बालिकालाई पीडकबाट २ लाख रुपियाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाको असोज १२ गते बसेको इजलासले…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
हेटौँडा उमनपा-१० की अम्बिका विष्टको उजुरीका आधारमा ३८ वर्षीय पति रामकुमार क्षेत्री र हेटौँडा उमनपा-४ की ३५ वर्षीया आशा श्रेष्ठलाई प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ । पीडित महिलाले असोज ३ गते जिल्ला प्रहरी कार्यालय हेटौडामा पति रामकुमारले आशासँग बहुविवाह गरेको आरोपमा उजुरी गरेपछि अनुसन्धानका लागि उनीहरूलाई गिरफ्तार गरिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छतिवन गाविस–३ का ३९ वर्षीय अमरबहादुर घिसिङलाई भदौ २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय हेटौंडामा भदौ २८ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २९ गते…
भवन अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएकाको जेल जीवन कष्टकर
क्षेत्रीय कारागार भीमफेदी, मकवानपुर अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएका बन्दी विवेक खड्काले कष्टकर जेल जीवन बिताइरहेका छन् । हिँड्न नसक्ने भएकाले उनी शौचालयमा समेत जान सक्तैनन् । आफ्नो कोठामा सुत्ने बन्दी साथीलाई अनुनय विनय गरेर मात्रै शौचालय जाने गरेको उनले बताए । लागु औषधको कारोवारमा जेल परेका हेटौँडा हटियाका खड्का तीन…
भूकम्पका कारण ३ हजार ३ सय ८२ जना बालबालिका उच्च जोखिममा
भूकम्पका कारण मकवानपुरका १८ वर्षमुनिका ३ हजार ३ सय ८२ जना बालबालिका जोखिममा रहेको युनिसेफ र बालकल्याण समाज मकवानपुरले गरेको एक अध्ययनले देखाएको छ । संरक्षणको दृष्टिकोणले जिल्लाका १ हजार ६ सय बालक र १ हजार ७ सय ८२ बालिका जोखिममा रहेका छन् । 'जोखिममा रहेका बालबालिका कुनै पनि बेला…
बलात्कार गरेको ठहरमा पाँच वर्षकैदको फैसला
अपाङ्गता भएकी २५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौंडा उमनपा-८ का ३७ वर्षीय गणेश दवाडीलाई पाँच वर्षकैदको फैसला गरेको छ । उक्त फैसलामा पीडकवाट पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउन पनि भनिएको छ । न्यायाधीश दयाराम ढकालको भदौ १५ गते बसेको इजलासले उक्त फैसला गरेको अदालतले…