छोरा नपाएको भन्दै पत्नीलाई कुटपिट गरेको घटना बढ्दो

छोरा नपाएको भन्दै पतिले पत्नीलाई कुटपिट गर्ने गरेका घटना बढ्दो रहेको जिल्ला प्रहरी कार्यालयको महिला तथथा बालबालिका सेवा केन्द्रले जनाएको छ । पाँच ओटा छोरी पाएर छैठौँ बच्चा जन्माउने तरखरमा रहेकी हेटौँडा पदमपोखरीकी ३१ वर्षीया पम्फा थिङलाई पति ३३ वर्षीय सानोकान्छा लामाले छोरा नपाउने गरेको भनेर वैशाख २० गते कुटपिट…

May 11, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फापरवारी इलाका प्रहरी कार्यालयमा वैशाख ३ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ५…

April 29, 2018  
बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले काठमाडौँका २६ वर्षीय दिनेश अधिकारीलाई ६ वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश स्वीकृत पराजुलीको फागुन २८ गते बसेको इजलाशले अधिकारीलाई ६ वर्षकैद र पीडितका नाममा १५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । पीडित बालिकालाई अधिकारीले ०७३ मङ्सिर २४ गते…

March 12, 2018  
बलात्कार गरेको कसुरमा १६ वर्षकैद सजायको फैसला

१९ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ३८ वर्षीय बावुलाई १६ वर्षकैद सजायको फैसला सुनाएको छ । पीडितलाई ३५ हजार रुपियाँ आरोपितबाट क्षतिपुर्ति भराउने आदेश पनि भएको छ । जिल्ला न्यायाधीश धु्रवकुमार पियाको फागुन १३ गतेको इजलाशले बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतले…

February 26, 2018  
बलात्कार गरेको कसुरमा चार वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरको फागुन २ गते बसेको बाल इजलाशले १५ वर्षीय बालकलाई चार वर्ष कैद गर्ने फैसला गरेको छ । साथै अदालतले ४० हजार रुपियाँ पीडकबाट पीडित बालिकालाई क्षतिपूर्ति भराउने आदेश समेत गरेको छ । न्यायाधीश खडानन्द तिवारीको इजलाशले यस्तो फैसला गरेको हो…

February 16, 2018  
बालयौन दुराचार गरेको कसुरमा पाँच महिना कैदको फैसला

चार वर्षीय बालकलाई बालयौन दुराचार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले फागुन २ गते १४ वर्षीय बालकलाई पाँच महिना कैद गर्ने फैसला गरेको छ । पीडित बालकलाई पीडक बालकबाट २१ हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश भएको छ । तर, पीडकले पीडितलाई क्षतिपूर्ति दिन नसक्ने भएकाले महिला तथा बालबालिका कार्यालयबाट उक्त…

February 16, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थाहा नपा-१ का ७१ वर्षीय नन्दलाल गोपालीलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विगत ७ महिनादेखि बलात्कार गर्दै आएको र पछिल्लो पटक फागुन १ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले थाहा नपास्थित इलाका प्रहरी कार्यालयमा सोही दिन निवेदन दिएका…

February 16, 2018  
पत्नी हत्या घटनाका आरोपीविरुद्ध उजुरी

टिष्टुङ पालुङ घर भई हेटौँडा उपमहानगरपालिका-४ कर्रास्थित घरमा बसेका ५९ वर्षीय रामबहादुर लामाले ४३ वर्षीया पत्नी मिना लामाको टाउकोको पछाडी भागमा काठको गजवारले हिर्काएर हत्या गरेको भन्दै मृतकका दिदीले पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । सधैँ नै मादक पदार्थ सेवन गरेर आउने मयुरी चालक लामाले पुस…

January 7, 2018  
भीमफेदी कारागारमा झडप हुँदा ६ जना घाइते

क्षेत्रीय कारागार भीमफेदी 'ख' ब्लकका बन्दीहरूबिच पुस १३ गते झडप भएको छ । झडपमा परी ६ जना बन्दी घाइते भएका छन् । घाइतेहरूको उपचार हेटौँडास्थित अस्पतालमा भइरहेको छ । घाइतेमध्ये दिव्य श्रेष्ठको अवस्था गम्भीर रहेको छ । उनको उपचार चुरेहिल अस्पतालमा भइरहेको छ । अन्य पाँच जनाको उपचार हेटौँडा अस्पतालमा…

December 28, 2017  
भूकम्पपीडितको राहत तथा पुनर्निमाण विषयक सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले पुस ६ गते हेटौँडामा भूकम्पपीडितहरूको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका जिल्ला आयोजना कार्यान्वयन इकाई र भूकम्पीय आवास कार्यक्रमका सामाजिक विकास विशेषज्ञ इञ्जिनियर अञ्जय कँडेलले पुनर्निर्माण प्राधिकरणको तर्फबाट ५ सय ६६ भूकम्पपीडित र गैरसरकारी…

December 22, 2017