बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० वैशाख ५ गते सन् २०२३ को पहिलो तीन महिना (जनवरी देखि मार्चसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बागमती प्रदेशको अभिलेख अनुसार सन् २०२३ को पहिला तीन महिनाको अवधिमा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय २१…

२०८० बैशाख ५, मंगलवार १६:५४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा बकैया गाउँपालिका–६, सुधाका ७७ वर्षीय दुध बहादुर बम्जनलाई प्रहरीले ०८० वैशाख २ गते गिरफ्तार गरेको छ । आरोपितले वैशाख २ गते पीडित महिलाको घरमै पुगेर बलात्कार गरेको भनी पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय हात्तीसुढेमा उजुरी दिए । पीडित महिलाको स्वास्थ्य…

२०८० बैशाख ३, आईतवार १९:२७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-८ का ४१ वर्षीय नेपाली कांग्रेस निकट पत्रकार इन्द्र प्रसाद बन्जरालाई प्रहरीले ०७९ चैत ३० गते गिरफ्तार गरेको छ । आरोपित बन्जराले चैत २९ गते आफूमाथि जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा चैत ३० गते लिखित उजुरी दिएकी थिइन् ।…

२०८० बैशाख २, शनिबार १३:४९ गते  
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना र कार्यान्वयनको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको सहकार्यमा मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना र कार्यान्वयनको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि जिल्लामा गठन गरिने समितिहरू गठन नभएको र गठन भएका समेत निश्कृय…

२०७९ चैत्र २५, शनिबार २२:३५ गते  
प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहको गठन सम्पन्न

बागमती प्रदेशमा मानव अधिकारको रक्षा, तथा पैरवी गर्ने उद्देश्यसहित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहको गठन भएको छ । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडामा ०७९ चैत २१ ग्ते भएको भेलाले बिमला गोपाली(मकवानपुर) संयोजक र खिलप्रसाद शर्मा (चितवन) सहसंयोजक रहेको सात सदस्यीय प्रदेशस्तरीय मानव अधिकार…

२०७९ चैत्र २२, बुधबार १०:१६ गते  
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मकवानपुरको दुई पालिकामा महिलामाथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया कार्यक्रम गरेको छ । इन्सेकले अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकाको वडा नं. १, ३, ४ र हेटौँडा उपमहानगरपालिकामा ०७९ चैत १६, १७, १९ र २०…

२०७९ चैत्र २१, मंगलवार १२:०८ गते  
समस्या पहिचानतथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम सम्पन्न

मनहरी गाउँपालिका वडा नं. ३ र ४ मा समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम सम्पन्न भएको छ । अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भइरहेको मनहरी गाउँपालिकामा ०७९ चैत १४ र १५ गते भएको तालिममा महिला, मोटिभेटर तथा बाल समूहका पदाथिकारी तथा…

२०७९ चैत्र २१, मंगलवार १०:२२ गते  
शहीदको अभिलेखमा नाम समावेश गर्न निवेदन

मनहरीका भक्तबहादुर रेग्मीले शहीदको अभिलेखमा नाम छुट भएको भन्दै मकवानपुर जिल्ला प्रशासनसमक्ष निवेदन दिएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–४ (साबिक हाडीखोला गाविस–७) निवासी रेग्मीकी पत्नी अञ्जुको माओवादी द्वन्द्वकाल ०५९ कात्तिक १८ गते पेट्रोल बमको प्रहारबाट निधन भएको थियो । उक्त दिन हेटौँडाबाट सिरहाको सिरहामाडरतर्फ जाने क्रममा सोही जिल्लाको सासापुर गाविस–१…

२०७९ चैत्र १९, आईतवार ११:५६ गते  
बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजाय फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बागमती गाउँपालिका-१ बस्ने १९ वर्षीय सन्तोष परियारलाई मकवानपुर जिल्ला अदालतले ०७९ चैत १४ गते २५ वर्ष कैद सजाय हुने फैसला गरेको छ । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले परियारलाई २५ वर्ष कैद सजाय, पाँच हजार जरिवाना र दुई हजार आठ सय रुपैयाँ क्षतिपुर्ति भराउने फैसला…

२०७९ चैत्र १५, बुधबार १६:४१ गते  
हिंसा पीडितको उजुरी प्रहरीले लिन मानेन

मकवानपुरगढी गाउँपालिका-६ अजिङ्गरेका ४१ वर्षीय टेकप्रसाद न्यौपानेलाई कुटपिट गरि अङ्गभङ्ग गर्ने ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाई विरुद्धको उजुरी प्रहरीले लिन नमानेको पीडितले गुनासो गर्नुभएको छ । ०७९ चैत १३ गते आफ्नै बारीमा मकै छर्न पुग्नु भएको न्यौपानेमाथि स्थानीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाईले कुटपिट गरेको पीडितको भनाई छ…

२०७९ चैत्र १४, मंगलवार २०:१४ गते