बिरामीसहितका परिवारलाई नियन्त्रणमा लिएर हिरासतमा राख्दा बिरामीको मृत्यु भएको आरोप

बकैया गाउँपालिका-१ की मुटु रोगको बिरामी ५६ वर्षीया चिरमाया लोलाई परिवारले ०८० असोज १४ गते काठमाडौँबाट घरतर्फ लैजाँदै गर्दा प्रहरीले एम्बुलेन्समा आएका बिरामीसहितका परिवारलाई नियन्त्रणमा लिएर हिरासतमा राख्दा बिरामी महिलाको मृत्यु भएको आरोप लागेको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज…

October 3, 2023  
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन गरी समूहमार्फत महिलाहरूको अधिकार सहित आर्थिक सशक्तीकरणको लागि समाजमा सचेतना बढाउने काम भएको इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले बताउनु…

September 30, 2023  
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम

स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम ०८० असोज १२ गते सम्पन्न भएको हो । डब्लुपिडि नेपाल र…

September 30, 2023  
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा आरक्ष नजिक गाउँ भएकाले मनहरी गाउँपालिका-३, ढेडुवाखोलाका किसानहरूले लगाएको बाली वर्षेनी जङ्गली जनावरले क्षति पुर्‍याउने गरेको भन्दै किसानहरूले सरोकारवाला समक्ष…

September 29, 2023  
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका-३, बसामाडी लेवटस्थित भुलन टोलमा बुबा ७३ वर्षीय रामजी मैनाली, आमा ६५ वर्षीया माया मैनाली र भाइ ४० वर्षीय केदार मैनालीको अंशको विषयलाई लिएर भएको घरायसी विवादमा कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा ५० वर्षीय बद्रीनाथ मैनालीलाई प्रहरीले ०८० असोज ११ गते गिरफ्तार गरेको छ । आरोपित मैनाली विरुद्ध…

September 28, 2023  
सिफारिस संयन्त्रसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ मा रिन्यु परियोजना अन्तर्गत सिफारिस संयन्त्रसम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज १० गते सम्पन्न भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ३ मा डब्लुपीडी नेपालको सहकार्यमा इन्सेकले सञ्चालन गरिरहेको अधिकारी तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु…

September 28, 2023  
मनहरी गाउँपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकार समूहको स्थानीय स्तरमा रहेका समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० असोज ९ गते सम्पन्न भएको छ । उक्त बैठकमा शिक्षा क्षेत्रमा देखिएका समस्यामा, विद्यालयको शैक्षिक सुधार गर्न शिक्षकको दरवन्दी कम भएको, विद्यालयले विद्यालय सञ्चालनका लागि शुल्क लिने…

September 26, 2023  
बागमती प्रदेशः आन्दोलित शिक्षकहरूका कारण सामुदायिक विद्यालय बन्द हुँदा बालबालिकाको पठनपाठन प्रभावित

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि नेपाल शिक्षक महासङ्घले पेश गरेको सुझावलाई समावेश नगरिकन सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा पेस गरेको भन्दै आन्दोलित शिक्षकका कारण बागमती प्रदेशका सामुदायिक विद्यालय बन्द भएका छन् । शिक्षकहरूको विरोध प्रदर्शनका कारण बालबालिकाको पठनपाठन प्रभावित भएको छ । दोलखा जिल्ला प्रतिनिधि…

September 22, 2023  
गाउँपालिकाले पत्रकार सम्मेलनको लागि बोलाएर शरीर बन्धक बनाएको आरोप

मनहरी गाउँपालिकाले पत्रकार सम्मेलनको लागि बोलाएर पत्रकारहरूको शरीर बन्धक बनाएको पत्रकारहरूले आरोप लगाएका छन् । केही दिन अघि अनलाइन पत्रिकामा '१६ करोड राजस्व हिनामिना' सम्बन्धी समाचारको खण्डन तथा गाउँपालिकाले आफ्नो भनाई राख्न भन्दै ०८० भदौ ३० गते मनहरी गाउँपालिका-३, लामिटारमा बोलाएको पत्रकार सम्मेलनमा पुगेका पत्रकारलाई अध्यक्ष रञ्जन कालाखेतीले जबर्जस्ति कार्यक्रम…

September 17, 2023  
बागमती प्रदेशसभा भवन अगाडि डाक्टर कुटपिट घटनाको विरोध प्रदर्शन

हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत ३३ वर्षीय डा. प्रसान्त बिडारी र ३७ वर्षीय डा. विकास थापामाथि अस्पतालमा ड्युटीमा खटिरहेको बेला कुटपिट भएको घटनाको विरोधमा चिकित्सकहरूले ०८० भदौ ३० गते बागमती प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेका छन् । प्लेकार्ड बोकेर जम्मा भएका चिकित्सकहरूले सुरक्षाको माग गर्दै घटनाका दोषीमाथि…

September 16, 2023