तीन हप्ताभित्र भक्तपुरमा तीन वटा बलात्कार घटना
तीन हप्ता भित्र भक्तपुरमा दुई बालिका र एक महिला बलात्कार घटनाबाट पीडित भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार १६ वर्षीया बालिकालाई २०७४ माघ १९ गते दाङ जिल्ला बबई गाउँपालिका-३ हंसपुर घर भई हाल चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने २० वर्षीय सुरेश घर्ती मगरले बलात्कार गरेको आरोपमा माघ २० गते…
भूकम्प पीडितले अहिलेसम्म पनि पहिलो किस्ता अनुदान नपाएको गुनासो
भक्तपुरका भूकम्प पीडितले अझै अनुदान नपाएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भक्तपुरको गुण्डुमा गरेको भुकम्प पीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल विषय सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडितहरूले भवन निर्माण अन्तर्गतको पहिलो किस्ता अनुदान र राहत रकम अहिलेसम्म पनि नपाएको गुनासो गरेका हुन् । कार्यक्रममा…
भक्तपुरमा ३४ ओटा मतदानस्थल सम्वेदनशील
भक्तपुर जिल्लाका ३४ ओटा मतदानस्थल सुरक्षाका दृष्टिले सम्वेदनशील रहेको छ । जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भक्तपुरका ७८ मतदानस्थलमध्ये ३४ ओटा मतदानस्थल सम्वेदनशील रहेको जानकारी दिए । बाँकी ४४ ओटा मतदानस्थल सामान्य रहेको उनले जानकारी दिए । सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत…
आचारसंहिता विपरीत राखिएका चुनावी सामग्री हटाउन निर्देशन
मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले दलका प्रतिनिधीहरू एवम् उम्मेदवारहरूलाई २४ घण्टा भित्र आचारसंहिता विपरीत राखिएका सबै प्रचार सामग्री हटाउन निर्देशन दिएका छन् । भक्तपुर जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्सिर १० गते आयोजना गरेको आचार संहितासम्बन्धी छलफल कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् । भक्तपुरको विभिन्न स्थानमा…
विकासमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण
विकासमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा मङ्सिर १ गते आयोजित विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अर्न्तक्रिया कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन् । कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले जिल्लाको विकासमा…
सिटिइभिटी सम्बन्धन महाशाखा प्रमुखलाई मोसो दलेर दुर्व्यवहार
केहीदिन अघि सिटिइभिटीले नर्सिङलगायत स्वास्थ्यका विभिन्न विषयमा प्रमाणपत्र तहमा अर्को शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्ने गरी सम्बन्धन दिएको विरोधमा विद्यार्थीले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई असोज २५ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सम्बन्धन दिएको भएपनि…
नागरिक समाजको सुव्यवस्था र आन्तरिक सुशासनसम्बन्धी अर्न्तक्रिया सम्पन्न
नागरिक समाजको सवलीकरणमा स्थानीय सरकार सकारात्मक रूपमा आगाडि बढ्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् । नागरिक समाज, साझा जबाफदेहिता, नेपालमा नागरिक समाज सवलीकरणका लागि पहल कार्यक्रम परियोजना अन्तर्गत भदौ ११ गते इन्सेक भक्तपुरको आयोजनामा सम्पन्न नागरिक समाजको सुव्यवस्था र आन्तरिक सुशासनसम्बन्धी अर्न्तक्रिया तथा छलफल कार्यक्रममा यस्तो बताइएको हो । कार्यक्रममा जिल्ला…
भूकम्प पीडितको गुनासो- 'हामीले कहिले पाउने अनुदान ?'
भक्तपुरका भूकम्प पीडितले अझैसम्म पनि अनुदान नपाएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले भेलुखेलमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडितहरूले भवन निर्माण अन्तर्गतको पहिलो किस्ता अनुदान र राहत रकम अहिलेसम्म पनि नपाएको गुनासो गरेका हुन् । भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएको र अहिलेसम्म भाडामा…
भक्तपुरका पत्रकारद्वारा सुरक्षाको चिन्ता
भक्तपुरका क्रियाशील पत्रकारहरूले निष्पक्ष रूपमा गरिने समाचार सङ्कलनका क्रममा सुरक्षा चुनौती थपिँदै आएपछि सुरक्षाको माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, काठमाडौँ, नेपाल पत्रकार महासङ्घ भक्तपुर र क्रियाशील पत्रकार मञ्च भक्तपुरले असार १३ गते आयोजना गरेको "पत्रकार र सुरक्षा" विषयक मिडिया साझेदारी बैठकमा सहभागी पत्रकारहरूले सुरक्षाको…
बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड
उपचारका लागि आएका बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ । दोलखा भीमेश्वर नगरपालिका-५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षीया उषा बस्नेतको उपचारका क्रममा गएराति मृत्यु भएको विषयलाई लिएर असार ७ गते अस्पतालमा तोडफोड हुँदा अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो । मृतकका आफन्तले घुम्न…