मानव बेचविखनको कसुरमा २५ वर्ष कैद सजायको फैसला
दुई जना महिलालाई भारतको दिल्लीमा लगेर बिक्री गरेको कसुरमा जिल्ला अदालतले दुप्चेश्वर गाउँपालिका–१ की ३३ वर्षीया सरस्वती तामाङ भन्ने जेर्कुमेन्दो तामाङलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले वैशाख ८ गते दुई फरकफरक मानव बेचविखनको मुद्दामा उक्त फैसला गरेको हो । २३ वर्षीय महिलालाई…
लक्षित वर्गले एक वर्ष अघिकाे सामाजिक सुरक्षा भत्ता अझै पाएनन्
पञ्चकन्या गाउँपालिका वडा नं. २ का ज्येष्ठ नागरिक, अपाङ्रगता भएका, एकल महिला तथा दलित बालबालिकाले एक वर्ष अघिकाे सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् । उक्त वडाका ३ सय १४ जना ज्येष्ठ नागरिक, ४७ जना ज्येष्ठ दलित, ७६ जना एकल महिला, ७७ जना विधवा, १२ जना क वर्गको अपाङ्रगता…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
६१ वर्षीया वृद्धालाई बलात्कार र ज्यान मार्ने प्रयास गरेको कसुरमा म्यागङ गाउँपालिका–३ का ४४ वर्षीय विष्णु सुनारलाई जिल्ला अदालतले गर्दै १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले चैत २० गते उक्त फैसला गरेको हो । फैसलामा २ लाख ४० हजार रुपैयाँ जरिवाना समेत भराउन…
जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैंगिक हिंसासम्बन्धी तालिम’ फागुन २१ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मन्जु केसीसहित आठ ओटै वडाका वडाअध्ययक्ष, वडा सदस्य लगायतका जनप्रतिनिधि र गाउँपालिकाका विषयगत शाखाका प्रमुखहरूको सहभागिता तालिम ‘अधिकार तथा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई एकैदिन फरक फरक समयमा बलात्कार गरेको आरोपमा प्रहरीले फागुन ८ गते शिवपुरी गाउँपालिका–७ का २४ वर्षीय राजु तामाङ र ४२ वर्षीय सुजन गुरुङलाई गिरफ्तार गरेको छ । आरोपितद्वयमध्ये तामाङले फागुन ७ गते दिउँसो र गुरुङले फागुन ७ गते साँझ बलात्कार गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शिवपुरी गाउँपालिका–८ का २७ वर्षीय जीवन श्रेष्ठलाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले फागुन ४ गते मुद्दाको अन्तिम फैसला गर्दै १० वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिवाना भराउन फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–३ का २२ वर्षीय परिमान तामाङलाई प्रहरीले ०७८ माघ १३ गते गिरफ्तार गरेको छ । बालिकालाई माघ १२ गते बलात्कार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएपछि आरोपित तामाङलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जनार्दन घिमिरेले जानकारी दिनुभयो…
बलात्कार कसुरमा एक वर्ष तीन महिना कैद सजायको फैसला
१५ वर्षिया बालिका बलात्कार कसुरमा विदुर नगरपालिका–४ का २१ वर्षीय मोहन असरपतीलाई एक वर्ष तीन महिना कैदको सजाय फैसला सुनाएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले पुस २२ गते आरोपितलाई आंशिक कसुरदार ठहर गर्दै एक वर्ष तीन महिना कैद फैसला, पीडितलाई ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र १५ हजार…
सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शिवपुरी गाउँपालिकामा पुस २२ गते सार्वजनिक सुनुवाई कार्यक्रम सम्पपन्न गरेको छ । गाउँपालिकामा खाद्य, शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिका अधिकारको विषयमा सरोकारवालाहरूसँग सार्वजनिक सुनवाई गरेको हो । शिवपुरी गाउँपालिका वडा नं. ७ सुनखानी र वडा नं. ८ थानापतिमा डब्लुपीडी नेपालको सहयोगमा ‘अधिकार तथा…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समीक्ष सम्पन्न
जिल्ला सरकारी वकिलको कार्यालयमा प्रमुख जिल्ला न्यायाधिवक्ता टेकराज भुषालले मानव अधिकारको संरक्षण र सम्बर्धनको लागि सरोकारवाला निकायहरूको भूमिका प्रभावकारी हुनु पर्ने बताउनु भएको छ । इन्सेक नुवाकोटले पुस ९ गते विदुरमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा समेटिने घटनाहरूको वार्षिक पूर्व समीक्षा कार्यक्रममा जिल्ला न्यायाधिवक्ता भुषालले उक्त…