प्रकाश स्मृति दिवसका अवसरमा ककनीमा वृक्षरोपण
इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्ले स्मृति दिवसको अवसरमा ०८० साउन १६ गते ककनी गाउँपालिका-५, ककनीस्थित थाईपार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । ३१ औँ स्मृति दिवसको अवसरमा ३१ ओटा विरुवा रोपिएको हो । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, ककनी गाउँपालिका-५ का वडा अध्यक्ष बुद्धराज तामाङ, इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल,…
बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद सजाय फैसला
अपाङ्गता भएकी ५४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश मदनबहादुर धामीको इजलासले ०८० असार २४ गते विदुर नगरपालिका-८ का ४८ वर्षीय शेरबहादुर खड्कालाई चार वर्ष कैद सजाय फैसला सुनाएको छ । पीडितलाई १ लाख ५० हजार रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपुर्ति र ६ हजार रुपियाँ पीडित…
अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नुवाकोटले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार ११ गते विदुरमा सम्पन्न गरेको छ । इन्सेकको आयोजनामा भएको कार्यक्रममा सरकारी वकिल कार्लालयका प्रमुख जिल्ला न्यायाधिवक्ता कृष्णबहादुर ओलीले प्रहरीले कुनै घटनाको जाहेरी लिन्न भन्न नपाउने बताउनु भयो ।…
बलात्कार गरेको कसुरमा चार महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले किस्पाङ गाउँपालिका-३ का २० वर्षीय परिमान तामाङलाई ०८० जेठ २४ गते चार महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश मदनबहादुर धामीको इजलासले गरेको अन्तिम फैसलामा आंशिक दाबी पुग्ने ठहर गर्दै चार महिना कैद सजाय, १० हजार रुपियाँ जरिबाना, २५…
मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम ०८० जेठ १२ गते विदुरमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको दुई दिने तालिममा शिवपुरी गाउँपालिका-७ सुनखानी र शिवपुरी गाउँपालिका-८ थानापतिका १५ ओटा महिला समूहका सदस्यहरू सहभागी भएका थिए । डब्लुपीडी नेपालको सहकार्यमा इन्सेकले शिवपुरी गाउँपालिका-७…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–१३ कल्याणपुरका २८ वर्षीय सागर थापालाई प्रहरीले ०८० वैशाख ११ गते गिरफ्तार गरेको छ । आरोपित थापाले ०७९ असोज २३ गते बलात्कार गरेको भन्दै पीडित महिलाले कात्तिक ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको उजुरीपछि फरार रहेका थापालाई पिताको देहान्तपश्चात…
सामुहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१५ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना आरोपितलाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको छ । किस्पाङ गाउँपालिका–५ सुकुटेखोलास्थित गोठमा बालिकालाई वैशाख ३ गते बलात्कार गरेको आरोपमा सोही वडाका १९ वर्षीय निर्मल तामाङ, २० वर्षीय अमृत तामाङ र १७ वर्षीय तीन जना बालकलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रसुवा गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २८ वर्षीय ग्याल्सन तामाङलाई प्रहरीले ०८० वैशाख ४ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलाको बालबच्चालाई विदेशका विभिन्न विद्यालयमा छात्रवृत्तिमा पढाउन पठाएर सहयोग गर्ने प्रलोभन देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी…
शिवपुरीमा सार्वजनिक सरोकारको विषयमा अन्तर्क्रिया कार्यक्रम
शिवपुरी गाउँपालिका–७ सुनखानीमा सार्वजनिक सरोकार र महिलामाथि हिंसाको विषयमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाको वडा नं. ७ र ८ मा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भईरहेको छ । सोही परियोजना अन्तर्गत इन्सेकले स्थानीय सरकार र महिलाहरूबीच…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा शिवपुरी गाउँपालिका–१ तलाखुकी सोनाम भन्ने हेरिङ डोल्मा तामाङलाई प्रहरीले ०७९ चैत २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७३ वैशाख ३ गते ललाई फकाई सिन्धुपाल्चोक राम्चेका ३४ वर्षीय कुमार तामाङसँग भारु पाँच लाखमा खरीद गरी भारतको मुनिरकास्थित जिवि रोडमा…