बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा-९ लामाटारका ५५ वर्षीय गोपी सुनारलाई ०७४ माघ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको र पछिल्लो पटक माघ २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि…

२०७४ फाल्गुन १, मंगलवार १२:२५ गते  
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ प्रकाशन पूर्व समीक्षा सम्पन्न

जिल्लामा मानव अधिकार हनन्का घटनाहरूलाई न्यूनीकरण गर्न तथा भएका घटनाहरूलाई कानुनी दायरामा ल्याउन जिल्लामा मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरूको सञ्जाल बनाउनु पर्ने सरोकारवालाहरूले बताएका छन् । पुस १३ गते विदुरमा इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रममा सहभागी वक्ताहरूले जिल्लाका गाउँगाउमा…

२०७४ पुष १३, बिहीबार २१:२६ गते  
भूकम्पपीडितको राहत सामग्री गोदाममा कुहिँदै

भूकम्पपीडितहरूलाई वितरण गर्नको लागि विभिन्न दाताहरूले दिएको राहत सामग्री जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदाममा कुहिएको छ । समितिले विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा थन्क्याएको करोडौँको सामग्री अलपत्र परेको हो । अलपत्र सामग्रीलाई समितिले व्यवस्थापन गरी सडेका सामग्री नष्ट गर्ने र काम लाग्ने सामग्री छुट्याएर आवश्यकता हेरेर वितरण गरिने योजना बताएको…

२०७४ पुष १२, बुधबार २०:०७ गते  
भूकम्पपीडितको मागः निर्माण सामग्री सहज रूपमा पाउँ

भूकम्पपछिको निजी आवास निर्माणले गति लिन नसक्नुमा सहज रूपमा निर्माण सामग्री उपलब्ध नहुनु नै रहेको भूकम्प पीडितहरूले बताएका छन् । पुस ५ गते विदुर नगरपालिका-१२ साविकको चारघरे गाविसमा इन्सेकको आयोजनामा भएको 'भूकम्पपछिको पुनर्निर्माणको सवाल' विषयक सार्वजनिक सुनुवाइमा सहभागीहरूले घर बनाउनको लागि बालुवा र गिटीको सहज आपूर्ति गर्न नपाउँदा समस्या भएको…

२०७४ पुष ६, बिहीबार ११:५० गते  
नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

तारकेश्वर गाउँपालिका-२ तारूकाकी २२ वर्षीया सविना अधिकारी र उनका २३ वर्षीय देवर विनोद अधिकारीलाई नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले मङ्सिर १३ गते गिरफ्तार गरेको छ । नवजात शिशुको मङ्सिर १२ गते जन्मिनासाथ हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाश भट्टराईले जानकारी दिए ।

२०७४ मंसिर १३, बुधबार २१:०८ गते  
निर्वाचन कार्यालयमा सकेट बम

जिल्ला निर्वाचन कार्यालय विदुरमा मङ्सिर ७ गते सकेट बम फेला परेको छ । उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । सकेट बम कसले राख्यो भन्ने पहिचान नभएको र अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बसन्तबहादुर कुँवरले बताए । निर्वाचनको सामग्री वितरण भइरहेको बेलामा बिहान बम राखेको…

२०७४ मंसिर ७, बिहीबार २०:०७ गते  
नुवाकोटको ढिकुरे निषेधित क्षेत्र, चुनाव अघिका सबै कार्यक्रम प्रभावित

जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका-१ ढिकुरे बजारलाई मङ्सिर ७ गतेका सभा जुलुस गर्न नपाईने गरी निषेधित क्षेत्र घोषित गरेको छ । प्रशासनले स्थानीय प्रशासन ऐन-२०२८ को दफा ६ को उपदफा ३ बमोजिम पूर्वमा चौघडा, पश्चिममा वर्राफेदी डाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघडा चारकिल्ला भित्र पर्ने ढिकुरे बजारमा मङ्सिर ७…

२०७४ मंसिर ७, बिहीबार २०:०६ गते  
काङ्ग्रेस कार्यकर्ताको घरमा बम, सेनाद्वारा डिस्पोज 

शिवपुरी गाउँपालिका-४ सिक्रेका नेपाली काङ्ग्रेस कार्यकर्ता तथा शिवपुरी गाउँपालिकाका सदस्य उद्धव थापाको घरमा राखिएको दुई ओटा सुतली बम नेपाली सेनाले मङ्सिर ६ गते निष्क्रिय पारेको छ । घरको आँगनमा भेटिएको शङ्कास्पद वस्तुको पहिचान गर्न तथा विष्फोटक पदार्थ भएमा निष्क्रिय बनाउन श्रीनाथगण देवीघाटबाट खटिएको नेपाली सेनाको टोलीले सो बम निष्क्रिय पारेको…

२०७४ मंसिर ६, बुधबार २०:३८ गते  
काङ्ग्रेस कार्यकर्ताद्वारा वाम गठबन्धनका कार्यकर्तामाथि कुटपिट

किस्पाङ गाउँपालिका-२ फिकुरीमा मङ्सिर ३ गते राति वाम गठबन्धनका कार्यकर्ताहरूलाई नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले कुटपिट गरी घाइते बनाइदिएका छन् । कुटपिटबाट वाम गठबन्धन आबद्ध किस्पाङ-२ फिकुरीका ३७ वर्षीय माधव न्यौपाने, ३८ वर्षीय उमाकान्त भट्ट र २७ वर्षीय दीपक भट्ट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाश भट्टराईले बताए । तीनै…

२०७४ मंसिर ४, सोमबार २१:१७ गते  
उम्मेदवारलाई लक्षित गरी एम्बुस विष्फोट, पाँच जना घाइते

काङ्ग्रेस नेता तथा नुवाकोट क्षेत्र नं-१ का उम्मेदवार डा. रामशरण महत र प्रदेश (ख) का काङ्ग्रेस उम्मेदवार रमेशकुमार महतलाई लक्षित गरी अज्ञात समूले मङ्सिर १ गते ककनी गाउँपालिका-५, डाँडागाउँ शिकारीचौरमा एम्बुस विष्फोट गराएको छ । सडकमा गाडेर राखेको 'प्रेसरकुकर बम' विष्फोट हुँदा गाडीमा सवार पाँच जना घाइते भएका छन् ।…

२०७४ मंसिर १, शुक्रबार २१:०७ गते