विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा जग्गा कब्जा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नुवाकोटको दुई स्थानमा जेठ २६ गते जग्गा कब्जा गरेको घोषणा गरेका छन् । विदुर नगरपालिका-२ शेरास्थित शेरा दरबार क्षेत्रमा रहेको १ सय ८१ रोपनी जग्गा र ककनी गाउँपालिकाको ककनीमा रहेको साझा संस्था भवन र उक्त संस्थाको २ रोपनी १ आना जग्गा कब्जा गरेको…
गुनासो अझै सुनुवाइ नभएको रातमाटेबासीको गुनासो
बेलकोटगढी नपा-७ रातमाटेका नागरिकहरुले भूकम्प पीडितको गुनासो अझै सुनुवाइ नभएको गुनासो गरेका छन् । सरकारले निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन समयसीमा तोकेपछि गुनासोको अझै सुनुवाइ नहुँदा लाभग्राहीको सूचीमा नपरेकाहरूमा सरकारको राहत रकम नआउने पो हो कि भन्ने लाग्न थालेको बताएका छन् । जेठ १६ गते इन्सेकको आयोजना र बेलकोटगढी नपा-७…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका-५ का ४४ वर्षीय रामबाबु घिमिरेविरूद्ध जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लालबाबु साहले जानकारी दिए । आरोपितलाई प्रहरीले जेठ…
स्वास्थ्य चौकीमा औषधि अभाव, सेवाग्राही मर्कामा
ककनी गाउँपालिका-८ मा रहेको थानसिङ स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा सेवा प्रभावित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र गाउँपालिकाको कार्यालयले आवश्यक औषधि नपठाउँदा औषधि अभाव भएको स्वास्थ्य चौकीका इञ्चार्ज सुरेश गैरेले बताए । इञ्चार्ज गैरेका अनुसार स्वास्थ्य चौकीमा नियमित हुनु पर्ने ११ प्रकारका औषधि अभाव भएको छ । स्वास्थ्य…
भूकम्प पीडित तीन वर्षदेखि टहरोमै
भूकम्प गएको तीन वर्षबितेपनि नुवाकोटमा भूकम्प पीडितहरू अझै पनि टहरामै रहेका छन् । जिल्लामा भूकम्प पीडितहरूको एक तिहाई घर पनि पुनर्निर्माण नभएको तथ्याङ्क रहेको छ । अधिकांश भूकम्प पीडितहरू अहिले पनि टहरामै रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नुवाकोटका निमित्त प्रमुख बेदप्रसाद गौडेलले बताए । सरकारले भूकम्प पीडितको पहिलो किस्ता अनुदान सम्झौताको…
विकासका लागि नागरिक समाज र सञ्चारजगतबिच सहकार्य अपरिहार्य
विकासका लागि नागरिक समाज र सञ्चार जगतबिचको सहकार्य विषयक अन्तरक्रिया नुवाकोटमा वैशाख १० गते सम्पन्न भएको छ । इन्सेकको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले नागरिक सङ्घ संस्था र सञ्चार जगतबिचको सहकार्य अपरिहार्य रहेको बताए । नागरिक समाज र सञ्चारजगतको सहकार्य भएमा विकासले गति लिने, नागरिक समाजको गतिविधि र सरकारी निकायका गतिविधिहरू…
मानव बेचबिखन गरेको कसुरमा ३७ वर्षकैदको फैसला
मानव बेचबिखन गरेको कसुरमा दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीका वडा अध्यक्ष ४९ वर्षीय सुनबहादुर तामाङलाई जिल्ला अदालत नुवाकोटले ३७ वर्षकैद फैसला गरेको छ । साथै तामाङलाई २ लाख ५० हजार रुपियाँ जरिबानाको फैसला पनि गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको इजलासले चैत ८ गते उक्त फैसला गरेको हो । भारतमा बेचिएकी…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया विवाहित युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला राजापुर-३ का २१ वर्षीय बुद्धिराम दहितलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपित दहितले चैत ३ गते बलत्कार प्रयास गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई चैत ३ गते नै गिरफ्तार गरिएको प्रहरीले जनायो । पीडित…
बेलकोटमा सार्वजनिक सुनुवाइ सम्पन्न
बेलकोटगढी नपा-११ का बासिन्दाहरूले निर्माण सामग्रीको महङ्गीले गर्दा भूकम्पपछिको पुनर्निर्माणमा समस्या भएको बताएका छन् । बेलकोटगढी नपा-११ को वडा कार्यालय अमारेमा इन्सेकको आयोजनामा चैत १ गते भएको भूकम्प पछिको पुनर्निर्माणको सवाल विषयक कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामहरी पाण्डेले निर्माण सामग्रीको महङ्गीको कारण भूकम्प पीडितहरूलाई समस्या परेको बताए । पुनर्निर्माणको अवस्था…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिती भएकी २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चकन्या गाउँपालिका-४ थप्रेकका ४८ वर्षीय महेन्द्र बिकलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य…