नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्वसमीक्षा सम्पन्न

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ मा समेटिने घटनाहरूको अर्धवार्षिक पूर्वसमीक्षा असार ३१ गते विदुरमा सम्पन्न भएको छ । इन्सेकको आयोजनामा भएको कार्यक्रममा सरकारी वकिल कार्यालयमा प्रमुख जिल्ला न्यायाधिवक्ता यामबहादुर बानियाँले पीडितको पक्षको हक अधिकारलाई सुनिश्चित बनाउन र न्याय दिलाउनको लागि परेको बताउनुभयो । न्यायाधिवक्ता बानियाँले पछिल्लो समय महिला तथा बालबालिकामाथिको…

२०८१ असार ३१, सोमबार १७:४४ गते  
यौन दुर्व्यवहार कसुरमा तीन महिना कैद सजाय

७ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा धादिङ जिल्ला कटुन्जेका ४२ वर्षीय रेशम परियार भन्ने रेशमबहादुर दर्जीलाई नुवाकोट जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले असार २६ गते दर्जीलाई तीन महिना कैद सजाय, ७ हजार रुपैयाँ जरिवाना, ३० हजार रुपैयाँ…

२०८१ असार २८, शुक्रबार १३:२३ गते  
सामुहिक बलात्कारको घटनामा चार जना दोषी ठहर

१५ वर्षीया बालिका सामुहिक बलात्कार गरेको घटनामा नुवाकोट जिल्ला अदालतले चार जनालाई दोषी ठहर गरेको छ भने एक जना बालकले भने सफाई पाएका छन् । जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको इजलासले ०८१ असार १८ गते सजाय निर्धारण गरी चार जनालाई कैद सजाय र एक जनालाई सफाई दिएको श्रेस्तेदार खेमकुमारी बस्नेतले जानकारी दिनुभयो…

२०८१ असार २०, बिहीबार ०९:४३ गते  
बलात्कार कसुर ठहर गर्दै आठ वर्ष कैदको फैसला

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले बेलकोटगढी नपा–११ का ४९ वर्षीय प्रकाश मुडवरीलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले जेठ ३२ गते कसुर ठहर गर्दै आठ वर्ष कैद सजाय र तीन लाख रूपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतकी…

२०८१ असार २, आईतवार ०९:०१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–७ का ३३ वर्षीय भूषण बोगटीलाई  जेठ २५ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २४ गते घरमा कोही नभएको बेलामा बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…

२०८१ जेष्ठ २८, सोमबार १०:१० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  १७ वर्षीय बालकलाई  वैशाख ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा वैशाख ३१ गते उजुरी दिनु भएको थियो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

२०८१ जेष्ठ २, बुधबार १०:४७ गते  
बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १४ वर्षीय बालकलाई  नौ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको इजलासले वैशाख ३१ गते बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैद, ३ लाख ५० हजार रूपियाँ जरिबाना र २० हजार रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको…

२०८१ जेष्ठ २, बुधबार १०:३४ गते  
मानव बेचबिखन घटनाका फरार कसुरदार गिरफ्तार

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कसुुरदार ठहर भई फरार रहेका नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीका ५५ वर्षीय रामबहादुर भनिने धनबहादुर तामाङलाई प्रहरीले वैशाख १२ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतले कसुरदार ठहर गरी कैद सजायको फैसला सुनाएका तामाङलाई प्रहरीले तादी गाउँपालिका–४ सातबिसेबाट गिरफ्तार गरी वैशाख १३ गते नुवाकोट जिल्ला अदालतमा…

२०८१ बैशाख १४, शुक्रबार २१:५६ गते  
बलात्कार कसुरमा १२ वर्ष ६ महिना कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले वैशाख ६ गते १६ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको इजलासले कसुर ठहर गर्दै १२ वर्ष ६ महिना कैद सजाय र ३ लाख ९६ हजार रूपियाँ जरिबानाको फैसला गरेको स्रेस्तेदार…

२०८१ बैशाख ८, शनिबार १०:२८ गते  
बलात्कार प्रयास कसूरमा ६ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसूर ठहर गर्दै जिल्ला अदालतले रसुवा जिल्ला उत्तरगया गाउँपालिका–२ का १९ वर्षीय फत्तबहादुर तामाङलाई ६ महिनाको कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले वैशाख ६ गते ६ महिना कैद सजाय र तीन हजार रूपियाँ जरिबानाको फैसला गरेको अदालतकी स्रेस्तेदार…

२०८१ बैशाख ७, शुक्रबार ०९:११ गते