छोरी बेचेको आरोपमा बावु गिरफ्तार
छोरी भारतमा लगेर बेचेको आरोपमा बाबुलाई गिरफ्तार गरेको छ । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया बालिकालाई बाबुको संलग्नतामा भारतमा बेचेको आरोपमा पीडित बालिकाका बावुसहित तीन जनालाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको हो । पीडित बालिकाको बावु सहित दुप्चेश्वर गाउँपालिका–६ का २२ वर्षीय सुनिल तामाङ र सोही वडाका ३१ वर्षीय…
मानव बेचबिखन गरेको कसुरमा २० वर्ष कैदको फैसला
१८ वर्षीया युवतीलाई ललाईफकाई भारतमा लेगेर बेचेको कसुरमा दुप्चेश्वर गाउँपालिका–३ राउतवेसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई जिल्ला अदालत नुवाकोटले २० वर्षको कैद सजाय सुनाएको छ । न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले आरोपितलाई दोषी ठहर गर्दै पुस २९ गते २० वर्षको कैद सजायको फैसला गरेको हो । ०७१ कात्तिक १९ गते नुवाकोटबाट हराएकी…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिका र १८ वर्षीया युवतीलाई ललाईफकाई विक्रीको लागि भारत लैजान लागेको आरोपमा प्रहरीले तादी गाउँपालिका–२ का २५ वर्षीय कान्छा तामाङ र सोही वडाका २५ वर्षीय बुद्धिमान तामाङलाई पुस ६ गते गिरफ्तार गरेको छ । पीडित द्वयलाई रोजगारीको प्रलोभन देखाएर भारत लैजान लागेको आरोपमा गिरफ्तार गरेको प्रहरीले जनाएको छ…
बलात्कारपछि हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
५७ वर्षीया महिलालाई बलात्कारपछि हत्याको प्रयास गरेको आरोपमा प्रहरीले विदुर नगरपालिका-३ पिपलडाँडाका ५० वर्षीय रामशरण नेपालीलाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २५ गते बलात्कार गरी हत्या गर्ने उद्धेश्यले भीरबाट खसालिदिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए । घाइते भएकी पीडित महिलालाई स्थानीयले…
नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यको खाँचो
नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य भएमात्र सरकारले परिकल्पना गरेको 'सुखी नेपाल र समृद्ध नेपाल' को अभियानले सफलता हासिल गर्ने सरोकारवालाहरूले बताएका छन् । इन्सेकको आयोजनामा मङ्सिर ९ गते विदुरमा भएको 'नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौती' विषयक कार्यक्रमका सहभागीहरूले नागरिक समाज र स्थानीय सरकारबीचको सहकार्यबाट नै…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर ९ गते विदुरमा सम्पन्न गरिएको छ । कार्यक्रममा जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले सन् २०१८ को जनवरीदेखि नोभेम्वर महिनासम्मका घटनाहरू प्रस्तुत गरेका थिए । ३७ ओटा घटनामा सबैभन्दा बढी बलात्कारका घटनाहरू रहेका छन् । जिल्लामा ११…
भूकम्प पीडितको गुनासो सुनुवाइ भएन
शिवपुरी गाउँपालिका-५ महाकालीका पूर्णबहादुर थापाको गाउँमा भएका पाँच वटा घर भूकम्पले भत्किए । सरकारले पठाएको प्राविधिकलाई सबै घर देखाए । जति घर भत्केपनि एउटा मात्र घर बनाउन सरकारले अनुदान दिन्छ भन्ने सुनेका उनले एउटा घरको फोटो खिचाए । अरु घर देखाएनन् । तर, उनको नाम लाभग्राहीको सुचीमा परेन । लाभग्राहीको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यगढी गाउँपालिका–३ का २८ वर्षीय सोमबहादुर तामाङलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले कात्तिक २८ गते बलात्कार गरेको आरोपमा कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएपछि प्रहरीले आरोपितलाई कात्तिक ३० गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजाराम खड्काले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ देखि १६ वर्ष उमेर समूहका ५ जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–४ बट्टारका ३२ वर्षीय बादलमान श्रेष्ठ र २४ वर्षीय रविन थापालाई कात्तिक २९ गते गिरफ्तार गरी मुद्दा चलाएको छ । कात्तिक २१ गते राती लिखु गाउँपालिका–३ सुर्यमतिका १३ देखि १६ वर्ष उमेर समूहका ५ जना बालिकाहरूलाई…
बालिका बेच्न लगेको आरोपमा दुई गिरफ्तार, पाँच बालिकाको उद्धार
लिखु गाउँपालिका–३ सूर्यमतिका पाँच जना बालिकाहरूलाई विक्रीको लागि सुर्खेत पुर्याएको आरोपमा प्रहरीले लिखु गाउँपालिका–४ चौघडाका २४ वर्षीय विकाश प्याकुरेल र १६ वर्षीय बालकलाई गिरफ्तार गरी मानव बेचबिखन तथा ओसारपसार ऐन अन्तर्गत कात्तिक २५ गते मुद्दा दायर गरेको छ । प्रहरीले बालकलाई कात्तिक २४ गते र प्याकुरेललाई कात्तिक २५ गते गिरफ्तार…