इन्सेकले गर्‍यो नुवाकोटका नागरिक सङ्घसंस्थासँग छलफल

इन्सेकले सञ्चालन गरिरहेको पारस्पारिक जाबाफदेहिता परियोजना अन्तर्गत मङ्सिर ६ गते नुवाकोटका नागरिक सङ्घसंस्थाको भूमिका, कार्यसञ्चालनको परिवेश तथा स्थानीय चुनौती र सम्भावना विषयक अन्तरक्रिया गरिएको छ । कार्यक्रममा इन्सेकका निर्देशक श्रीराम बजगाईले कार्यक्रमको उद्देश्यमाथि जानकारी गराउनुभएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष मीनकुमार केसीले नागरिक सङ्घसंस्थासम्बन्धी स्थानीय सरकारहरू स्पष्ट नहुँदा…

२०७६ मंसिर ७, शनिबार ०६:०९ गते  
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले मङ्सिर ४ गते लिखु गाउँपालिका–३ स्थित ढिकुरेबाट गिरफ्तार गरेको छ । ककनी गाउँपालिका–१ का ६३ वर्षीय कृष्णहरि घिमिरे र रामेछाप जिल्ला सुनपानी गाउँपालिका–३ घर भएका ३१ वर्षीय रामदल श्रेष्ठलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले जानकारी…

२०७६ मंसिर ५, बिहीबार ११:३६ गते  
बालविवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई विवाह गरेर घरमा भित्र्याउन लागेको बेलामा प्रहरीले तादी गाउँपालिका–२ का २१ वर्षीया उसन जिम्बा तामाङसहित बालिकालाई पनि कात्तिक २९ गते गिरफ्तार गरेको छ । कानुनले बालविवाहलाई निषेध गरेकाले बालविवाहमा संलग्न दुवै जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु फुँयालले बताए । बाल विवाह भएको थाहा पाएर…

२०७६ मंसिर १, आईतवार ०७:३२ गते  
गाउँपालिकाका स्वास्थ्य चौकीमा औषधि अभाव

तारकेश्वर गाउँपालिकाले समयमा औषधि खरिद नगर्दा गाउँपालिकाभरका पाँच ओटा स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । सरकारले स्वास्थ्य संस्थामा निःशुल्क औषधि वितरण गर्ने प्रावधान भएपनि गाउँपालिकाले समयमा औषधि खरिद नगर्दा औषधि अभाव भएको तारकेश्वरगाउँपालिका–४, नेवारपानीका बुधसिङ स्वाथ्य चौकीमा इञ्चार्ज मिश्रीलाल यादवले बताए । ‘आँखाको ड्रप, कानको ड्रप, बेटाडिन, एमोम्सिलिनलगायत केही…

२०७६ कार्तिक ३०, शनिबार ०४:२७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते बलात्कार गरेको भनी पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु फुँयालले जानकारी दिए ।   पीडित बालिकाको स्वास्थ्य…

२०७६ कार्तिक २१, बिहीबार २२:०१ गते  
तीन वर्षीय भदा भाइको हत्या गरेको आरोपमा फूपु गिरफ्तार

बेलकोटगढी नपा–१२ देउराली लामाटोलका तीन वर्षीय सुजन रानामगरको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीया फूपु पार्वती रानामगरलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । घरमा कोही नभएको बेलामा आफ्नै भाइ नवराजको छोरा सुजनको घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु फुयाँलले जानकारी दिए । बालकको मृत्यु…

२०७६ कार्तिक १६, शनिबार १६:२० गते  
नागरिक समाज र सञ्चारजगतबिच सहकार्यसहित सक्रिय हुन आवश्यक

नागरिक समाज र सञ्चार जगत् सहकार्यसहित सक्रिय भएमा सुशासन कायम हुने र जबाफदेहिताको बृद्धि गराउन सकिने सरोकारवालाहरुले बताएका छन् । जिल्लामा सबै स्थानीय सरकारहरुलाई  नीतिगत रुपमा सवल, जबाफदेही, पारदर्शी, उत्तरदायी बनाउनको लागि नागरिक संघसंस्था र सञ्चार जगतको सहकार्यको खाँचो अपरिहार्य भएको बताएका हुन् । कात्तिक ३ गते विदुरमा इन्सेकको आयोजनामा…

२०७६ कार्तिक ५, मंगलवार ११:५४ गते  
घर बनाउन योग्य जग्गा अभावका कारण विस्थापितहरू अझै मर्कामा

घर बनाउन योग्य जग्गा अभावका कारण भूकम्प पीडितको सूचीमा परेका सुकुम्बासी र भूमिहीनहरू  अझै सम्म पनि विस्थापित भएरै बस्न बाध्य भएका छन् । संविधानमा नागरिकको सुरक्षित आवासको हक अनुरूप भूकम्पका कारण थातथलोबाट विस्थापित भएका सुकुम्बासी र भूमिहीनहरूलाई सरकारले जग्गा खरिदको लागि थप अनुदान दिने भए पनि जग्गा अभावकै कारण भूकम्प…

२०७६ आश्विन २५, शनिबार २०:५५ गते  
बलत्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

६ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा पुर्पक्षको लागि सुधार गृहमा रहेका १४ वर्षीय बालकले कसुर गरेको ठहर गर्दै जिल्ला अदालतले असोज ९ गते ६ महिना कैदको सजाय सुनाएको छ । न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले कसुर ठहर गर्दै ६ महिना कैद सजायको फैसला गरेको हो । पीडित बालिकालाई आरोपितले ०७५ साल…

२०७६ आश्विन ११, शनिबार १४:०७ गते  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी ३३ वर्षीया सरस्वती भन्ने जेर्कु मेन्दो तामाङलाई भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७० फागुन ७ गते विभिन्न प्रलोभन देखाइ भारत पुर्‍याएर बेचेको पीडित पक्षको आरोप रहेको छ । पीडित पक्षले आरोपितविरूद्ध ०७१ साउन २ गते…

२०७६ आश्विन २, बिहीबार २०:४८ गते