नागरिक समाज र सञ्चार जगत्को सहकार्य आवश्यक
विकासको लागि नागरिक समाज र सञ्चार जगत्को सहकार्य सधैं आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत इन्सेकको आयोजनामा माघ ९ गते विदुरमा सञ्चालन भएको ‘विकासका लागि नागरिक समाज र सञ्चार जगत्बीच सहकार्य’ विषयक अन्तक्र्रियामा सहभागीहरूले यी दुवै एक अर्काका परिपूरक भएकाले विकासको लागि सहकार्यको खाँचो रहेका बताएका…
प्रतिवन्धित नेकपाका जिल्ला सचिव गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नुवाकोटका जिल्ला सचिव ककनी गाउँपालिका वडा-२ का ३२ वर्षिय अशोक भनिने विन्तोष सिलवाललाई प्रहरीले ककनी गाउँपालिका–४ बाट पुस २२ गते गिरफ्तार गरेको छ । सिलवालले प्रहरीले सोधपुछ गर्न खोज्दा प्रहरीलाई नै अभद्र व्यवहार गरेका थिए । उनलाई सार्वजनिक शान्ति, हित, स्वास्थ्य, सुरक्षा, सुविधा…
यौन दुर्व्यवहार गरेको १६ महिना कैदको फैसला
१३ वर्षिया बालिकालाई यौन दुर्व्यवहार कसुरमा जिल्ला अदालत नुवाकोटले १७ वर्षिय बालकलाई पुस १३ गते १ वर्ष ४ महिना कैद सजाय सुनाएको छ । न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले पुस १३ गते १ वर्ष ४ महिना कैद सजायको फैसला भएको श्रेस्तेदार शिवप्रसाद बन्जाराले जानकारी दिनुभयो । बालकले ०७५ पुस २ गते…
बलत्कार गरेको कसुरमा १७ वर्ष कैद सजायको फैसला
६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विदुर नपा–५ का ४० वर्षीय चन्द्रबहादुर सुनारलाई जिल्ला अदालतले १७ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले पुस १ गते आरोपित सुनारलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको हो । बलात्कार कसुरमा १२ वर्ष र बालिका पनि भएकाले थप…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
२४ वर्षीया दृष्टिविहीन युवतीलाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका किस्पाङ गाउँपालिका–३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई जिल्ला अदालतले दोषी ठहर गर्दै १० वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासले तामाङको कसुर कायम गरी मङ्सिर २५ गते १० वर्ष कैद सजाय र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…
बेचबिखन प्रयास गरेको कसुरमा पाँच वर्ष कैदको फैसला
२३ वर्षीया युवतीलाई ललाइफकाई विक्रीको लागि भारतमा लैजाँदै गरेको अवस्थामा गिरफ्तार भएका चार जनालाई जिल्ला अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ । न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले मङ्सिर २४ गते दुप्चेश्वर गाउँपालिका–१ का १८ वर्षीय कुमार तामाङ, २८ वर्षीय राजु तामाङ, १८ वर्षीय अर्जुन तामाङ र झापा गौरीगञ्ज…
नुवाकोटमा १६ दिने अभियानअन्तर्गत कार्यक्रम सम्पन्न
‘समानाताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने नाराको साथ मङ्सिर २४ गते अन्तरक्रियात्मक कार्यक्रम गरी समापन गरिएको छ । विदुर नगरपालिका, महिला तथा बालबालिका संरक्षण सञ्जाल, इन्सेकलगायत संस्थाहरूले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रदेश ३ की उपसभामुम राधिका तामाङले लैङ्गिक हिंसा न्युनिकरणको लागि प्रदेश सरकारले रचनात्मक क्रियाकलाप गर्दै आएको जानकारी दिँदै…
इन्सेकले गर्यो नुवाकोटका नागरिक सङ्घसंस्थासँग छलफल
इन्सेकले सञ्चालन गरिरहेको पारस्पारिक जाबाफदेहिता परियोजना अन्तर्गत मङ्सिर ६ गते नुवाकोटका नागरिक सङ्घसंस्थाको भूमिका, कार्यसञ्चालनको परिवेश तथा स्थानीय चुनौती र सम्भावना विषयक अन्तरक्रिया गरिएको छ । कार्यक्रममा इन्सेकका निर्देशक श्रीराम बजगाईले कार्यक्रमको उद्देश्यमाथि जानकारी गराउनुभएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष मीनकुमार केसीले नागरिक सङ्घसंस्थासम्बन्धी स्थानीय सरकारहरू स्पष्ट नहुँदा…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले मङ्सिर ४ गते लिखु गाउँपालिका–३ स्थित ढिकुरेबाट गिरफ्तार गरेको छ । ककनी गाउँपालिका–१ का ६३ वर्षीय कृष्णहरि घिमिरे र रामेछाप जिल्ला सुनपानी गाउँपालिका–३ घर भएका ३१ वर्षीय रामदल श्रेष्ठलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले जानकारी…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई विवाह गरेर घरमा भित्र्याउन लागेको बेलामा प्रहरीले तादी गाउँपालिका–२ का २१ वर्षीया उसन जिम्बा तामाङसहित बालिकालाई पनि कात्तिक २९ गते गिरफ्तार गरेको छ । कानुनले बालविवाहलाई निषेध गरेकाले बालविवाहमा संलग्न दुवै जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु फुँयालले बताए । बाल विवाह भएको थाहा पाएर…