मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम ०८० जेठ १२ गते विदुरमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको दुई दिने तालिममा शिवपुरी गाउँपालिका-७ सुनखानी र शिवपुरी गाउँपालिका-८ थानापतिका १५ ओटा महिला समूहका सदस्यहरू सहभागी भएका थिए । डब्लुपीडी नेपालको सहकार्यमा इन्सेकले शिवपुरी गाउँपालिका-७…

May 28, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–१३ कल्याणपुरका २८ वर्षीय सागर थापालाई प्रहरीले ०८० वैशाख ११ गते गिरफ्तार गरेको छ । आरोपित थापाले ०७९ असोज २३ गते बलात्कार गरेको भन्दै पीडित महिलाले कात्तिक ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको उजुरीपछि फरार रहेका थापालाई पिताको देहान्तपश्चात…

April 25, 2023  
सामुहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१५ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना आरोपितलाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको छ । किस्पाङ गाउँपालिका–५ सुकुटेखोलास्थित गोठमा बालिकालाई वैशाख ३ गते बलात्कार गरेको आरोपमा सोही वडाका १९ वर्षीय निर्मल तामाङ, २० वर्षीय अमृत तामाङ र १७ वर्षीय तीन जना बालकलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला…

April 19, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रसुवा गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २८ वर्षीय ग्याल्सन तामाङलाई प्रहरीले ०८० वैशाख ४ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलाको बालबच्चालाई विदेशका विभिन्न विद्यालयमा छात्रवृत्तिमा पढाउन पठाएर सहयोग गर्ने प्रलोभन देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो…

April 19, 2023  
शिवपुरीमा सार्वजनिक सरोकारको विषयमा अन्तर्क्रिया कार्यक्रम

शिवपुरी गाउँपालिका–७ सुनखानीमा सार्वजनिक सरोकार र महिलामाथि हिंसाको विषयमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाको वडा नं. ७ र ८ मा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भईरहेको छ । सोही परियोजना अन्तर्गत इन्सेकले स्थानीय सरकार र महिलाहरूबीच…

April 13, 2023  
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा शिवपुरी गाउँपालिका–१ तलाखुकी सोनाम भन्ने हेरिङ डोल्मा तामाङलाई प्रहरीले ०७९ चैत २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७३ वैशाख ३ गते ललाई फकाई सिन्धुपाल्चोक राम्चेका ३४ वर्षीय कुमार तामाङसँग भारु पाँच लाखमा खरीद गरी भारतको मुनिरकास्थित जिवि रोडमा…

April 11, 2023  
समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शिवपुरी गाउँपालिका-७ मा समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम ०७९ चैत २७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका वडा नं. ७ र ८ मा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भएको छ । सोही परियोजना…

April 11, 2023  
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बेलकोटगढी नगरपालिका–११ बस्ने ४९ वर्षीय शम्भु कार्कीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ०७९ चैत २० गते उजुरी दर्ता गराएका छन् । पीडितलाई आरोपितले साउन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएका हुन् । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी…

April 4, 2023  
बलात्कार गरेको कसुरमा कैद फैसला

३७ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको कसुरमा नुवाकोट जिल्ला अदालतले चार जनालाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले ०७९ फागुन ३० गते गरेको अन्तिम फैसलामा शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय उमेश पाख्रिन र लिखु गाउँपालिका–२ का सानुकान्छा तामाङलाई जनही ६ वर्ष कैद…

March 15, 2023  
कथित बोक्सीको आरोप तथा आत्महत्या दुरुत्साहन कसुरमा दुई वर्ष दुई महिना कैद सजाय फैसला

तादी गाउँपालिका–१ बस्ने ५५ वर्षीया सन्चमाया तामाङलाई कथित बोक्सीको आरोप तथा आत्महत्या दुरुत्साहन कसुरमा तादी गाउँपालिका–१ उर्लेनीका ४८ वर्षीय लक्षु तामाङ र ५५ वर्षीय सम्बर तामाङलाई नुवाकोट जिल्ला अदालतले जनही दुई वर्ष दुई महिना कैद सजाय हुने फैसला गरेको छ । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले ०७९ फागुन २८ गते…

March 13, 2023