गाउँसभामा झडप हुँदा तीन जना घाइते

रुबीभ्याली गाउँपालिको गाउँसभामा राप्रपा कार्यकर्ता र गाउँसभा सदस्यहरूबीच ०८० असार १० गते रुबीभ्याली गाउँपालिका-३, सेर्तुङमा झडप हुँदा तीन जना सर्वसाधारण घाइते भएका छन् । झडपमा रुबीभ्याली गाउँपालिका-३ का ३८ वर्षीय मिलामा तामाङ, ३० वर्षीय अमुक तामाङ र मुक्रावदेबी माविका शिक्षक ३५ वर्षीय ऋषिराम खनाल घाइते हुनुभएको हो । सबै घाइतेको…

June 26, 2023  
समाचारको प्रभावः नीलकण्ठ नगरपालिकाद्वारा दलित विद्यार्थीहरूलाई छात्रवृत्ति रकम वितरण

नीलकण्ठ नगरपालिकाले १ सय ४४ जना दलित विद्यार्थीहरूलाई प्रति व्यक्ति ६ हजार देखि ८० हजार रुपियाँसम्म छात्रवृत्ति रकम ०८० जेठ ३१ गते वितरण गरेको छ । आर्थिक वर्ष २०७९/८० को दलित छात्रवृत्ति अन्तर्गत ८० हजार रुपियाँ छात्रवृत्ति पाउनेमा रेशु विश्वकर्मा र सुनिल सुनार रहेका छन् । उनीहरू एमबिबिएसका विद्यार्थी हुन्…

June 15, 2023  
समाचारको प्रभावः आमा नभएका बालबालिकालाई स्टेशनरी सामग्री वितरण

गल्छी गाउँपालिका-५ सिरुवानीमा रहेको श्री कालिका आधारभुत विद्यालयका आमा गुमाएका, बुबा नभएका लगायत गरिब तथा दलित ३६ जना विद्यार्थीहरूलाई हाइवे बचत तथा ऋण सहकारी संस्थाद्वारा ०८० जेठ ३० गते स्टेशनरी सामग्री वितरण गरेको छ । अभिभावक गुमाएर अति कष्ट व्यहोरिरहेको अवस्थामा विद्यालयमा अध्यायन गरिरहेका १२ जना सहित ३६ जना विद्यार्थीहरूलाई…

June 15, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले ०८० जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते विवाह गर्ने प्रलोभन दिइ बलात्कार गरेको भन्दै पीडित परिवारले जेठ १४ गते इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिएका थिए । आरोपितविरुद्ध जिल्ला…

May 30, 2023  
चेपाङटारी पहिरो पीडितको आक्रोसः भोट खाने, बस्ने ठाउँ नदिने ?

गजुरी गाउँपालिका-२ चामबास चेपाङटारीका २१ पहिरो पीडितले आस्वसन पाए तर रातह तथा राज्यको तर्फबाट क्षतिपुर्ति नपाएपछि आक्रोसित भएका छन् । ०७५ सालमा गाउँ धाँजा फाटेर बस्न नहुने अवस्था आएको र ०७६ साउनमा परेको अबिरल वर्षका कारण जमिन नै भासिएपछि बस्ती नै जोखिमपूर्ण भएको पहिरोबाट विस्थापित वीरबहादुर लामाले बताउनु भयो ।…

May 26, 2023  
बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजाय फैसला

७० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले ०८० जेठ ९ गते गल्छी गाउँपालिका-५ का ५९ लप्टन भन्ने नेत्रबहादुर तामाङलाई ६ वर्ष कैद सजाय फैसला सुनाएको छ । पीडितलाई १ लाख रुपियाँ क्षतिपुर्ति र पीडित राहत कोषमा १ हजार २ सय रुपियाँ समेत भराउने फैसला भएको…

May 24, 2023  
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितविरुद्ध उजुरी

२० वर्षीया र २१ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा गल्छी गाउँपालिका-८ निबुवाबोटोमा रहेको सानदार होटल एण्ड लजका सञ्चालिका ४७ वर्षीया सरस्वती पनेरु पण्डितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० वैशाख २९ गते उजुरी दर्ता भएको छ । आरोपित सरस्वतीले ललाइ फकाई, धम्की दिएर र प्रलोभनमा पारेर मानव बेचबिखन तथा ओसारपसार…

May 13, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत घर भइ बेनिघाटरोराङ गाउँपालिका–७ मा बस्ने ४० वर्षीय संजिवकुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा ०८० वैशाख २८ गते उजुरी दर्ता भएको छ । पीडित बालिकाको घरमा गएर आरोपितले वैशाख १ गते यौन दुर्व्यवहार गरेपछि पीडित परिवारले उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका…

May 13, 2023  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भारतको विहार घर भइ बेनिघाटरोराङ गाउँपालिका-७ मा बस्ने ४० वर्षीय मनोजकुमार यादवलाई प्रहरीले ०८० वैशाख २७ गते गिरफ्तार गरेको छ । बेनिघाटरोराङ गाउँपालिका-७ मा पसल सञ्चालन गरेका यादवले वैशाख २६ गते महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितले वैशाख २७ गते इलाका प्रहरी कार्यालय…

May 12, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामुखी गाउँपालिका-७ का ३५ वर्षीय डिल्ली प्रसाद कँडेलविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० वैशाख २९ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई विद्यालय क्यान्टिन सञ्चालक कँडेलले वैशाख २७ गते यौन दुर्व्यवहार गरेपछि पीडित परिवारले उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी…

May 12, 2023