मोसो दलेर शिक्षकलाई दुर्व्यवहार
कुम्पुर गाविस-८ स्थित बागबच्छला आधारभूत विद्यालयका शिक्षक ३७ वर्षीय गणेश श्रेष्ठलाई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरूले पुस ११ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । विद्यालयमा हाजिर भएर परीक्षामा गार्ड बसेको बेला सोही विद्यालयका विद्यार्थीहरूले मोसो दलेर जुत्ताको माला लगाएको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला…
मानव अधिकारकर्मीमाथि धम्की दिनेलाई कारबाही गर्न माग
ज्यामरुङ गाविस निवासी दलित सेवा सङ्घका अध्यक्ष ३० वर्षीय श्याम मगरातीलाई धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भिमलाल भट्टराईलाई कारबाही गर्न जिल्लामा क्रियाशील मानव अधिकारकर्मीहरूले पुस ११ गते प्रेस विज्ञप्ति प्रकाशन गरी आग्रह गरेका छन् । जातीय छुवाछुतको घटनामा पीडितको पक्षमा वकालत गरेको, अजित मिजार ढकालको घटनामा दलित आयोगलगायतले…
मानव अधिकार रक्षकलाई खतरा भएको औँल्याउँदै सुरक्षाको माग
मानव अधिकार रक्षकहरू मानव अधिकारका लागि कार्य गर्दा सरकारी र गैरसरकारी निकायबाट हुने डर धम्की लगायतबाट पीडित भएकोले सुरक्षाको माग गरिएको छ । मानव अधिकार रक्षक दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मङ्सिर १८ गते मानव अधिकार सञ्जाल धादिङ्को बैठकमा सहभागी अधिकारकर्मीहरूले मानव अधिकार रक्षकहरूमाथि सुरक्षामा खतरा रहेको औँल्याउँदै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कुम्पुर गाविस-३ का २१ वर्षीय राजन श्रेष्ठलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई कात्तिक १६ गते आरोपित श्रेष्ठले बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर १० गते प्रहरीमा उजुरी दिएको छ । आरोपितको धम्कीका कारण समयमा जाहेरी दिन आउन नसकेको पीडित…
आमाको नाममा नागरिकता बनाउन जिल्ला प्रशासनद्वारा अस्वीकार
नेपालको संविधानमा आमाको नामबाट नागरिकता दिइने कुरा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आमालाई वंशज मान्न इन्कार गर्दै नागरिकता माग गरेकी एक महिलालाई चार महिनादेखि झुलाइरहेको खुलेको छ । 'मेरो वंशज आमा हो । बाबु थाहा छैन । संविधानमा पनि आमाको नामबाट नागरिकता दिन मिल्छ भनेर लेखिएको छ…
पहिलो किस्ताको रकम दिएपछि मात्र छुटेकाको गुनासो सम्बोधन
ज्यामरुङ गाविस सचिव भुवल विकले लाभग्राहीको सूचीमा रहेका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम दिएपछि मात्र छुटेका पीडितहरूको गुनासो सम्बोधन गर्ने बताएका छन् । इन्सेक, गाउँ विकास समिति र सहयात्री समाजको संयुक्त आयोजनामा कात्तिक ३० गते ज्यामरुङ गाविसमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका गाविस सचिवले सो कुरा बताएका हुन् । गाविसमा इन्जीनियरहरूको टोली…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ३ महिना जेल सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै ३० वर्षीय नातेदारलाई जिल्ला अदालत धादिङले कात्तिक २९ गते ८ वर्ष ३ महिना जेल सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई बलात्कार गरेको कसुरमा आठ वर्ष र हाडनाता करणीको आरोपमा तीन महिना थप गरी ८ वर्ष ३ महिना जेल सजायको आदेश गरिएको अदालतले…
अनुसन्धान केन्द्रले बाँडेको धान नफल्दा कृषक पीडित
'खेतबारीको नाममा यति हो । वर्षभरि खाने अन्न यहि खेतको धान हो । अरू केही छैन । गत वर्षहरूमा ३० मुरी धान फल्थ्यो । चार्डपर्वको खर्चसमेत यहि धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुसमात्र फल्यो । अब हामी के खाएर बाँच्ने ?'-नीलकण्ठ नपा-७ तल्लोबेसीका विष्णुप्रसाद…
आयोगद्वारा धादिङ घटनाको स्थलगत अनुगमन सुरु
जिल्ला वन कार्यालयले धादिङस्थित रेडियो धादिङ १०६ मेघाहर्ज र महिला सुरक्षित गृहमा डोजर लगाएर भत्काएको घटनाको उजुरी परेपछि राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन सुरु गरेको छ । सुरक्षित आवास गृहमा रहेका हिंसा प्रभावित महिलालाई जिल्ला वन अधिकृत अफैंले दुर्व्यवहार गरेको र रेडियो धादिङको प्रसारण बन्द गर्ने उद्देश्यले असोज ७…
हिंसापीडित महिला र सञ्चाकर्मीमाथि दुर्व्यवहार गरेको आरोप
नीलकण्ठ नपा-८ पुछारबजारस्थित सुरक्षित आवास गृह (सेफ हाउस) मा राखिएका हिंसा पीडित महिलालाई जिल्ला वन कार्यालय प्रमुखले दुर्व्यवहार गरेको आरोप छ । वन क्षेत्रभित्र सेफ हाउस बनाएको आरोप लागउँदै असोज ७ गते बिहान डोजर लिएर उत्तः सेफ हाउस भत्काउन पुगेका जिल्ला वन कार्यालय धादिङका प्रमुख इमानाथ पौडेलले सुतेको स्थानमै महिलाहरूलाई…