लघुवित्त संस्थाका पीडितहरूको गुनासोः घरबारी बेच्दा पनि ऋण तिरेर सकिएन

लघुवित्त संस्थाहरूले बनाएको समूहमा बसेपछि गरिबहरूलाई फाइदा पुग्छ भनेर सुन्नेहरू मध्ये धेरै जना लघुवित्त संस्थाकै कारण घरबारी बेचेर सडकमा आइपुगेका छन् । सिद्धलेक गाउँपालिका–४ की चमेली मगरले लघुवित्त संस्थामा लिएको ऋण तिर्न दुई रोपनी १२ आना जग्गा बेच्नु भयो तर अझै ऋण चुक्ता भएन । मगरले आफ्नो बारी बेचेर ऋण…

July 27, 2022  
कार्यपालिका सदस्यलाई मार्ने धम्की

गजुरी गाउँ कार्यपालिका सदस्य २६ वर्षीय आयुष चेपाङलाई ०७९ साउन ५ गते मार्ने धम्की दिईएको छ । गजुरी गाउँपालिका माओवादी केन्द्रका पार्टी कमिटी अध्यक्ष सूर्य तामाङले गाउँपालिका कार्यालय भित्र धम्की दिएको पीडित चेपाङले बताउनुभयो । गजुरी गाउँपालिका-५ निवासी चेपाङ गाउँपालिका कार्यालयमा रहेका वडा अध्यक्षलाई भेट्न गएको बेला सिध्याउन सक्ने धम्की…

July 22, 2022  
करारका स्वास्थ्यकर्मीम्याद थप नभएपछि रुबीभ्याली र गजुरी गाउँ पालिकामा स्वास्थ्य सेवा ठप्प

गजुरी र रुबीभ्याली गाउँपालिकामा करारका कार्यरत कर्मचारीको म्याद नयाँ आर्थिक वर्ष सुरु भएसँगै म्याद थप नभएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ । यस अघिको स्थानीय सरकारले करारमा नियुक्त गरेका कर्मचारीको म्याद नवनिर्वाचित जनप्रतिनिधि आएपछि थप हुन सकेको छैन । करारका कर्मचारी मात्र भएका स्वास्थ्य चौकीहरूमा भने सेवा प्रवाह रोकिएको स्थानीयबासिले…

July 18, 2022  
बलात्कार घटनाका पीडित परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग

बलात्कार घटनाका पीडित परिवारलाई इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले ०७९ असार ३० गते रू. ५ हजार आर्थिक सहयोग गर्नु भएको छ । पाँच वर्षीया बालिका बलात्कृत भएपछि न्यायको लागि जिल्ला सदरमुकामसम्म आउन समस्या भएको अवस्थामा पीडितको न्यायको पहलका लागि इन्सेक बागमती प्रदेश कार्यालयको आर्थिक सहयोगमा पीडित परिवारलाई नगद प्रदान गरिएको…

July 14, 2022  
घरेलु हिंसा पीडित घाइते महिलाको इन्सेकको पहलमा उद्धार

घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरीकी ३१ वर्षीया रेखा मुक्तान खत्रीको ०७९ असार १८ गते घाइते अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिको पहलमा उद्धार गरिएको छ । पीडित रेखा पति ३७ वर्षीय तेजबहादुर खत्रीले असार १५ गते साँझ घरमै कुटपिट गर्दा गम्भीर घाइते हुनुभएको थियो । रेखालाई घरायसी विवादमा पतिले कुटपिट गर्दा…

July 3, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीका ४० वर्षीय टङ्कबहादुर विकलाई प्रहरीले ०७९ असार १६ गते गिरफ्तार गरेको छ । पीडितका बाबुआमा मेला गएको बेला एक्लै पारेर बालिकालाई असार १५ गते बलात्कार  गर्नुका साथै बालिकालाई बोकेर आफ्नो घरतर्फ लगेको भन्दै पीडित परिवारले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा…

July 1, 2022  
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवाा केन्द्र (इन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को लागि जिल्लामा स ङ्कलित घटनाको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १३ गते धादिङबेसीमा सम्पन्न भयो । जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २० ओटा घटना अभिलेख गरिएको इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले प्रतवेदन प्रस्तुत…

June 28, 2022  
आमाको नामबाट नागरिकता दिन र बलात्कार घटना उजुरीको हदम्याद हटाउन माग

जिल्लाका मानव अधिकारकर्मीहरूले ०७९ असार १२ गते आमाको नामबाट नागरिकता दिन र बलात्कार घटना उजरीको हदम्याद हटाउन माग प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । महिला मानवअधिकार रक्षकहरूको जिल्ला सञ्जाल, इन्सेक, सहयात्री समाज लगायतका सङ्घसंस्थाहरूले बलात्कार मुद्दामा हदम्याद हटाउनु पर्ने, आमाको नामबाट नागरिकता दिनुपर्ने लगायतका माग सहित…

June 27, 2022  
सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी

निलकण्ठ नगरपालिका–५ निवासी नेपाली कांग्रेस कार्यकर्ता कृष्ण ढुङ्गानाले सुरक्षाको माग गर्दै ०७९ जेठ ३० जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रका कार्यकर्ता राजन श्रेष्ठले जेठ २७ गते टेलिफोन गरेर ज्यान मार्ने धम्की दिएका भन्दै पीडित ढुङ्गानाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर जागेश्वर भण्डारीले बताउनु भयो…

June 14, 2022  
काङ्ग्रेस कार्यकर्ताको आाक्रमणबाट माओवादी कार्यकर्ता घाइते

नीलकण्ठ नगरपालिका- ५ निवासी  नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर कमिटी सदस्य एवम् योङ कम्युनिष्ट लिग नेपालका अध्यक्ष ३० वर्षीय हरि श्रेष्ठ  ०७९ जेठ २७ गते नेपाली काङ्ग्रेसका कार्यकर्ताको आक्रमणमा परि गम्भीर घाइते भएका छन् । नेपाली काङ्ग्रेसका कार्यकर्ता दिनेश थापामगरले धारिलो हतियारले हानेर घाइते पारेर भागेका पीडितले जानकारी दिनुभयो ।…

June 12, 2022