खाद्य अधिकारसम्बन्धी सरोकारवालाहरू बीच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा ०७८ चैत १७ गते भीमेश्वर नगरपालिकामा खाद्य अधिकारसम्बन्धी सरोकारवालाहरू बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रिया कार्यक्रममा खाद्य अधिकारसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाहरूका बारेमा सहभागीहरूलाई इन्सेक सहजकर्ता शुसिला प्रशाईले खासगरी भीमेश्वर नगरपालिकाको खाद्य अधिकारको अवस्थाबारे जानकारी गराउँदै कार्यक्रमको छलफल गराउनुभयो…

April 1, 2022  
शिक्षा र स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा चरिकोटमा शिक्षा र स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक कार्यक्रम सहजकर्ता शुसिला प्रसाईले चैत १० गते भएको शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा शिक्षाको क्षेत्रमा पहिचान भएका समस्याहरू प्रस्तुत गर्नु भएको थियो । सो प्रस्तुतिकरणमा कक्षा ९ र १०…

March 24, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  प्रहरीले ०७८ फागुन ३० गते काठमाडौँ महानगरपालिका-२१ का ३५ वर्षीय सुरज कपालीलाई काठमाडौँबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७७ चैत १६ गते पीडित कै  घरमा एक्लै रहेको बेला बलात्कार गरेको भन्दै आरोपित विरुद्ध पीडितका आफन्तले ०७८ फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए…

March 15, 2022  
पुनर्बहालीको माग गर्दै आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारी ११ दिनदेखि रिले अनशनमा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चरिकोटमा करार सेवाका तीन जना कर्मचारी जानकारी बिना निष्कासन गरेको भन्दै गत ०७८ फागुन १ गतेदेखि रिले अनशनमा रहेका छन् । माघ ५ गतेदेखि विद्युतिय हाजिरीबाट अभिलेख हटाई हाजिर गर्न नदिएको र पुस महिनाको पारिश्रमिक समेत उपलब्ध नगराईएको भन्दै पुनर्बहालीको माग गर्दै अनसनमा बसेको करार सेवामा…

February 23, 2022  
बाल यौन दुरुपयोगको कसुरमा २४ दिन कैद र १० हजार रुपियाँ जरिवाना

भीमेश्वर नगरपालिकाका–५ का ४८ वर्षीय सूर्यबहादुर बुढाथोकीलाई बाल यौन दुरुपयोगको कसुरमा जिल्ला अदालतले २४ दिन कैद सजाय र १० हजार रुपियाँ जरिवाना तथा १० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायधीश कविप्रसाद न्यौपानेको ०७८ फागुन १० गतेको इजलासले बाल यौन दुरुपयोग मुद्दामा कसुर ठहर गर्दै उक्त फैसला…

February 23, 2022  
बन्दका कारण संस्थागत विद्यालयकाे पठनपाठन अवरुद्ध

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्ताव संसदबाट पारित गर्न लागेको भन्दै सोको विरुद्ध नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग, नेकपा एकिकृत समाजवादीको विद्यार्थी सङ्गठन, नेत्रविक्रम चन्दको नेतृत्वको नेकपा लगायत राजनीतिक दल र तीनका भातृ संस्था लगायत पाँच कम्युनिष्ट पार्टीहरूले फागुन ४ गते गरेको नेपाल बन्दको जिल्लामा मिश्रीत…

February 17, 2022  
बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका फरार आरोपित भीमेश्वर नगरपालिका–५ का ५३ वर्षीय रामकृष्ण बस्नेतलाई प्रहरीले माघ ५ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित महिलाले आफूलाई पुस १ गते बलात्कार प्रयास गरेको भन्दै आरोपित बस्नेतविरुद्ध पुस ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य…

January 20, 2022  
गाउँ निकाला गरेको घटनाको कसुरमा दुई वर्ष कैद सजायको फैसला

बिगु गाउँपालिकाका एक दम्पतीलाई कथित बोक्साबोक्सी आरोप लगाउँदै गाउँ निकाला गरेको कसुरमा १३ जनालाई जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको पुस २७ गतेको इजालशले जनही दुई वर्ष कैद र २० हजार जरिवानको फैसला सुनाएको छ । बिगु गाउँपालिका–५ का रत्नबहादुर श्रेष्ठ र पत्नी कृष्णकुमारी श्रेष्ठलाई ०७६ मङ्सिर १ गते बोक्साबोक्सी आरोप लगाउँदै…

January 13, 2022  
खाद्य अधिकारको सवालमा अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कालिञ्चोक गाउँपालिका–९ मा खाद्य अधिकारको सवालमा मङ्सिर २८ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा गाउँपालिमा कार्यरत कृषि प्राविधिक शान्ति खड्काले गाउँपालिकाले कृषिसम्बन्धी कार्यक्रम र नीतिका बारेमा जानकारी गराउँदै कृषिका क्षेत्रमा लगानि बढाउन थप पहल गर्ने बताउनु भयो । उहाँले प्राविधिकको अभाव भएका…

December 15, 2021  
मानव अधिकार अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते जिल्लाको मावन अधिकारको अवस्थाका बारेमा अन्तिरक्रिया कार्यक्रम चरिकोटमा सम्पन्न भएको छ । अनौपारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखा, नेपाल र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आयोजना गरेको मावन अधिकार र शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा…

December 11, 2021