माडीको कुसुमखोला क्षेत्रमा पुनः बसोबास गर्न बनाइएका गोठ तथा टहराहरूमा निकुञ्ज प्रशासनद्वारा आगजनी

माडी नगरपालिका–९ स्थित कुसुमखोला क्षेत्रमा हालै बनेका गोठ तथा टहराहरूमा ०७८ चैत १३ गते दिउँसो चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गरेको छ । मकवानपुर र चितवनका पहाडी क्षेत्रबाट बसाईं सरी माडी नगरपालिका–९ कुसुमखोलामा आएका चेपाङ समुदायलाई माडी नगरपालिकाकै विभिन्न स्थानमा पुनर्स्थापना गर्दै सो क्षेत्रबाट हटाइए पनि पुन बसोबास गर्ने प्रयोजनका…

March 28, 2022  
बलात्कारको कसुरमा सात वर्ष कैद सजायको फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बारा जिल्ला कोल्हवी नगरपालिका–७ का ३० वर्षीय प्रभु चौधरीलाई जिल्ला अदालतले सात वर्ष कैद सजाय र पीडितलाई ५० हजार क्षतीपूर्ति भराउने फैसला गरेको छ । जिल्ला न्यायधीश अवनी मैनाली भट्टराईको इजलासले चैत ७ गते उक्त फैसला गरेको हो । पीडित महिलाले आफूलाई ०७८ असोज…

March 22, 2022  
छात्रालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित शिक्षकविरुद्ध उजुरी

आफैले अध्यापन गराउने विद्यालयकी १५ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका–१ स्थित सोमेश्वर माविका शिक्षकविरुद्ध पीडितका आफन्तले चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । माडी नगरपालिका–५ घर भई सोमेश्वर माविमा कार्यरत शिक्षक ३७ वर्षी सुरज लामिछानेविरुद्ध छात्रालाई दुर्व्यवहार गरेको आरोपमा उजुरी प्राप्त भएकोले गिरफ्तार गरिएको…

March 21, 2022  
यातना दिएको भन्दै पूर्व सैनिक जवानद्वारा सेना अधिकृतहरूविरूद्ध किटानी जाहेरी

भरतपुरस्थित नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत सैनिक जवान लवकुमार गुरूङले आफूलाई बिना कसुर यातना दिएको भन्दै सेनाका अधिकृतहरूविरूद्ध सरकारी वकिलको कार्यालय भरतपुरमा ०७८ फागुन १५ गते किटानी जाहेरी दिनुभएको छ । हतियार चोरी गरेको आरोपमा सेनाले नियन्त्रणमा लिई यातना दिई चोरीको आरोप स्वीकार गर्न लगाएको थियो । तर, जेल बसेको…

February 28, 2022  
चेपाङको बसोवास अधिकार खोसिएको आयोगको भनाई

कालिका नगरपालिका–९ स्थित कोलार गाउँमा चुनढुङ्गा उत्खननबाट अति सीमान्तकृत चेपाङ समुदायको बसोवासको अधिकार हनन भएको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले चासो दिएको छ । आयोगले चुनढुङ्गा खानीको उत्खनन र यसले स्थानीय चेपाङसमुदायको अधिकारमा पारेको प्रभावबारे फागुन १२ गते भरतपुरमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिएको हो । ऐतिहासिक उपरदाङ गढी…

February 24, 2022  
भवितव्य भनिएको फैसलाको पुनरावलोकनमा उच्च अदालतद्वारा जन्मकैद सजायको फैसला

राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको घटनाको कसुरमा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाका हुद्दा चिरणकुमार वुढालाई जिल्ला अदालत चितवनले गरेको फैसलामा पुनरावलोकन हुँदा  उच्च अदालत पाटनको हेटौँडा इजलासले जन्मकैद (२५ वर्ष) सजाय हुने फैसला सुनाएको छ । हेटौँडा अदालतका न्यायधीश चण्डिराज ढकाल र नगेन्द्रलाल कर्णको संयुक्त…

February 22, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–२ का ३६ वर्षीय जीवन पौडेललाई प्रहरीले फागुन ७ गते गिरफ्तार गरेको छ । आरोपितविरुद्ध पीडित परिवारले फागुन ७ गते नै जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले बताउनु भयो । पीडित बालिकालाई फागुन ६ गते बलात्कार गरेको…

February 22, 2022  
बलात्कारको कसुरमा जन्मकैद सजायको फैसला

६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कटारी नगरपालिका–६ घर भइ हाल भरतपुर महानगरपालिका–९ बस्ने ३८ वर्षीय दिपमान सिंह राईलाई जन्मकैद सजाय हुने फैसला गरेको छ । न्यायाधीश केशव अधिकारीको ०७८ माघ १८ गतेको इजलासले राईलाई जन्मकैद सजाय हुने फैसला सुनाएको अदालतका श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिनुभयो । पीडित…

February 2, 2022  
बलात्कारको कसुरमा १० वर्ष कैद सजायको फैसला

३३ वर्षीया शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा कालिका नगरपालिका–६ का ४१ वर्षीय विष्णुप्रसाद दुलाललाई १० वर्ष कैद सजाय हुने फैसला भएको छ । जिल्ला न्यायधीश केशव अधिकारीको इजलासले माघ ११ गते सो फैसला गरेको श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो । पीडितलाई ०७८ असोज १९ गते बलात्कार गरेको भन्दै…

January 25, 2022  
बलात्कारको कसुरमा ११ वर्ष कैद सजयको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले पुस ३० गते भरतपुर महानगरपालिका–२८ का २८ वर्षीय नातेदारलाई ११ वर्ष कैद हुने फैसला सुनाएको छ । न्यायधीश अवनी मैनालीको इजलासले उक्त फैसला सुनाएको हो । पीडितले ०७८ साउन १३ गते बलात्कृत भएको भन्दै हरिजनविरुद्ध साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा…

January 15, 2022