भूकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत ०७५ जेठ २६ गते जिल्लाको सबैभन्दा विकट गाउँपालिका खानीखोलाको तालढुङ्गामा सार्वजनिक सुनुवाइ गरिएको छ । भूकम्पपीडितको अवस्था र पुनःनिर्माण विषयमा गरिएको भएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भूकम्पपछिको अवस्थाका विषयमा जानकारी गराएका थिए । खानीखोला गाउँपालिका उपाध्यक्ष…

June 11, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई वैशाख २६ गते बलात्कार गरेको आरोपमा प्रहरीले चौरीदेउराली गाउँपालिका-६ का २२ वर्षीय कान्छा भनिने रोज मोक्तानलाई जेठ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले जेठ ४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएपछि आरोपितको खोजतलास भइरहेको थियो । पीडित बालिकाको जेठ ४ गते प्रसूति गृह…

May 23, 2018  
नागरिक समाज र सञ्चार जगतबिच सहकार्यमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जेठ ८ गते बनेपामा पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत नागरिक समाज र सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले नागरिक समाज र सञ्चार जगतबिचको सहकार्यमा जोड दिएका छन् । जिल्लामा कार्यरत सञ्चारकर्मी र नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको उक्त अन्तरक्रियामा सहकार्यका विषयवस्तु, समस्या, अवसर…

May 22, 2018  
धुलिखेल कारागारका बन्दीहरू आन्दोलित

धुलिखेल कारागारका बन्दीहरूले नाइके र चौकीदारले बन्दीहरूलाई गरेको शोषण विरुद्ध फागुन २१ गते दिनभर नारा-जुलुस गर्दै उनीहरूलाई कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । कारागारमा रहेका २ सय ४६ बन्दीहरूमध्ये २ सय ३९ जनाको हस्ताक्षर गरेर मूल नाइके दीपक ठकुरी र चौकीदार अर्जुन थापालगायत सात जनालाई कारबाही गर्नका लागि…

March 6, 2018  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

होटल चलाएर बसेकी ३१ वर्षीया महिलालाई फागुन ५ गते दिँउसो बलात्कार प्रयास गरेको आरोपमा ज्वाला दल गणका प्युठ ३४ वर्षीया बासुदेव सापकोटाविरुद्ध फागुन ६ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जबरजस्ती करणी उद्योगको कसुरमा उजुरी दर्ता भएको छ । विरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा दुई महिनाअघि तालिमका लागि आएका पनौती नपा-३…

February 18, 2018  
अपहरण गरी बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

होटल चलाएर बसेकी २१ वर्षीया महिलालाई फागुन १ गते साँझ नमोबुद्ध नपा-१० भकुण्डेबशीबाट अपहरण गरी पनौतीमा ल्याएर बलात्कार गरेको आरोपमा दैलेख जिल्ला चामुण्डा नपा-२ का २१ वर्षीय बमबहादुर विष्टलाई फागुन २ गते बिहान प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा पीडितले आफूलाई अपहरण गरी पनौतीतर्फ लगेको भनेर परिवारलाई फोन गरेपछि…

February 16, 2018  
नागरिक सङ्गठनहरू डरबाट मुक्त हुनुपर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा माघ १६ गते धुलिखेलमा पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्यका अवसर र चुनौती विषयमा एक छलफल कार्यक्रमको आयोजना गरियो । गैसस महासङ्घका केन्द्रीय कोषाध्यक्ष जितराम लामाले पहिले गैससहरू क्षमता विकासको चरणमा भए पनि अबका दिनमा नीति निर्माणका…

January 31, 2018  
बाल अधिकार चेतना समूहका पदाधिकारीको क्षमता अभिबृद्धि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँको आयोजनामा बाल अधिकार चेतना समूहका पदाधिकारीहरूका लागि तिनदिने क्षमता अभिवृद्धि तालिम पुस २४ गतेबाट धुलिखेलमा सुरू भएको छ । धुलिखेलमा आयोजित तालिमको उद्घाटन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बालबालिकाहरूका लागि बालबालिकाहरूले नै सिर्जनात्मक ढङ्गले योजना निमार्ण गर्नुपर्नेमा जोड दिए । उनले इन्सेकद्वारा दोलखा,…

January 9, 2018  
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँको आयोजनामा दुई दिने नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ को वार्षिक सम्पादन भेला पुस २४ गतेबाट धुलिखेलमा सुरू भएको छ । प्रदेश नम्बर २ र ३ का इन्सेक प्रतिनिधिहरूको सहभागिता रहेको भेलामा प्रत्येक जिल्लामा सन् २०१७ मा अभिलेख गरिएका घटना सम्पादन गरिन्छ । भेलामा इन्सेकका…

January 9, 2018  
निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन आयोगको आग्रह

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी मङ्सिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गरेको राससले जनाएको छ । मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी दुईदिवसीय तालिमको आज काभ्रेमा उद्घाटन…

October 10, 2017