नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ ४ गते धुलिखेलमा सम्पन्न भएको छ । जिल्लामा २०२० जनवारी १ देखि डिसेम्बरसम्म एक वर्षको अवधिमा सङ्कलन गरिएको महिला अधिकार…

January 18, 2021  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को वार्षिक सम्पादन भेला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला पुस १९ गते धुलिखेलमा सम्पन्न भएको छ । बागमती प्रदेश भित्रका इन्सेक जिल्ला प्रतिनिधिहरूले जिल्लामा अभिलेख गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्वको सम्पादन…

January 3, 2021  
वार्षिक समीक्षा तथा योजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाको वार्षिक समीक्षा तथा योजना बैठक ०७७ पुस ३ गते धुलिखेलमा सम्पन्न भएको छ । एफएचआईको सहकार्यमा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा सञ्चालन भइरहेको पारस्परिक जवाफदेहिता परियोजनाले चार वर्षमा पारेको प्रभाव र चुनौति विषयमा समीक्षा भएको हो । परियोजनाले विकास निर्माणको सवालमा…

December 19, 2020  
प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का काभ्रे जिल्ला सदस्य रोशी गाउँपालिका– ६ सिपाली निवासी २७ वर्षीय बुद्धलाल लामांलाई प्रहरीले ०७७ मङ्सिर ७ गते बनेपा बसपार्कबाट गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाका इन्स्पेक्टर योगेन्द्र तिमल्सिनाले लामालाई बनेपा आसपासमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको सातौँ पार्टी पुनर्गठन कार्यक्रम…

November 23, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भुम्लु गाउँपालिका– ७ का ३० वर्षीय प्रदीप भुजेललाई प्रहरीले मङ्सिर ५ गते घरछेउमा रहेको गोठबाट गिरफ्तार गरेको छ । मामाघरबाट मङ्सिर ४ गते घर आईरहेको बेला आरोपितले रातमाटे जङ्गलमा शरीरका संवेदनशील अङ्गहरूमा  चक्कु प्राहर गर्नुका सार्थै यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ…

November 23, 2020  
प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी काभ्रे जिल्ला सदस्य ५४ वर्षीय मधुसुधन बजगा‍ईँलाई कात्तिक २६ गते प्रहरीले गिरफ्तार गरेको छ । बजगाईँलाई धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौरस्थित उनकै घरबाट जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारविक्रम थापाले बताउनु भयो । बजगाईँले केही दिन अघि जिल्लाका…

November 12, 2020  
बोक्सी भगाउन भन्दै पन्युँले डामेको घटनाकी आरोपित गिरफ्तार

पाँचखाल नगरपालिका–९ की ३७ वर्षीया शर्मिला बिकलाई बोक्सी भगाउन भन्दै तातो पन्युँले डाँमेको आरोपमा सोही नगरपालिका–१२ की १९ वर्षीया ईश्वरी थापालाई प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरेको छ । उपचारको क्रममा थापाले बोक्सी  भन्दै पुन्युँले डामेको आरोपमा पीडितका भाइ दीपक रसाईलीले इलाका प्रहरी कार्यालय पलाञ्चोक भगवतीस्थानमा कात्तिक १५ गते उजुरी…

November 2, 2020  
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा नागरिक समाजको भूमिका महत्वपूर्णः गैसस महासङ्घ अध्यक्ष

कोभिड–१९ को रोकथाप तथा नियन्त्रणमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने गैसस महासङ्घका अध्यक्ष जीताराम लामाले बताउनु भएको छ । कोभिड–१९ ले पारेको प्रभाव र नागरिक समाज तथा सञ्चार जगतको भूमिकाबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २४ गते काभ्रेमा गरेको भर्चुअल कार्यक्रममा गैसस महासङ्घका केन्द्रीय अध्यक्ष लामाले कोभिड–१९ रोकथाम…

October 10, 2020  
मानव अधिकार तथ्याङ्क प्रलेखिकरणको लागि पुनर्ताजागी कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयद्वारा आयोजित जिल्लामा कार्यरत प्रतिनिधिहरूका लागि मानव अधिकार तथ्याङ्क प्रलेखिकरणका लागि पुनर्ताजागी कार्यक्रम ०७७ असोज १५ गते धुलिखेलमा सम्पन्न भएको छ । कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशनका लागि प्रतिनिधिले पुर्‍याएको योगदानलाई…

October 2, 2020  
बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका–४ स्थित प्रभात पोल्ट्री फारममा काम गर्ने तीन जना पुरुषलाई असोज ३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले असोज ५ गते पत्रकार सम्मेलन गरी जनाएको छ । बलात्कारको आरोपमा गिरफ्तार गरिएकाहरूमा महाभारत गाउँपालिका–१ घर भई २२ वर्षीय विशाल आले र हेटौँडा उपमहानगरपालिका–१२ का…

September 22, 2020